फार्म हाउसमा ज्याकलिनको फिल्म

मुम्बई : कोरोना भाइरसका कारण देश लकडाउनमा छ र सर्वसाधारणदेखि सेलिब्रिटीसम्म घरमा समय बिताइरहेका छन्। यसै क्रममा अभिनेत्री ज्याकलिन फर्नान्डिस सलमान खानको पनवेलस्थित फार्म हाउसमा परिवार तथा साथीभाइसँग समय बिताइरहेकी छन्। ज्याकलिनका धेरै फोटो र भिडियो सलमानको फार्मबाट आउने गरेका छन्।

अहिले ज्याकलिनले सलमानको फार्म हाउसमा आफ्नो दैनिकी समेटेर एउटा सर्ट फिल्म बनाएकी छन्। यसलाई सलमान आफैंले सोसल मिडियामा सेयर गरेका छन्। तीन मिनेट ४८ सेकेन्डको यो भिडियोमा ज्याकलिन घोड सवारी गर्दै, कपडा सुकाउँदै, नरिवलको रूख चढ्दै, किताब पढ्दै गरेको देखिन्छ।

उनको भिडियो फ्यानहरूले निकै मन पराएका छन्। सलमानसँग उनको फार्म हाउसमा ज्याकलिन, युलिया वन्तुर, उनका दुई बहिनी अलविरा र अर्पिता खान पति र बच्चासँगै फसेका छन्। एजेन्सी

सम्वन्धित समाचार

Leave a Comment