फ्रेन्च लिग वानमा एम्बाप्पेले जिते गोल्डेन बुट, डि मारिया बने टप क्रियटिभ खेलाडी

काठमाडौं, २७ बैशाख । फ्रेन्च लिग वानमा पिएसजीका स्ट्राइकर किलीयन एम्बाप्पेले लिग वानमा गोल्डे बुट जितेका छन् ।

लिग स्थगित हुँदासम्मको प्रदर्शन र गोल स्कोरको आधारमा एम्बाप्पेलाई गोल्डेन बुट बिजेता घोषणा गरिएको हो । उनले यो सिजनमा १८ गोल गरेका थिए । उनलाई उच्च स्कोररको आधारमा लिग वानको गोल्डेन बुट दिइएको हो । एम्बापेका साथै मोनाकोका स्ट्राइकर विसाम बेन याडरले पनि यो सिजनमा १८ गोल नै गरेका थिए । तर उनले १८ गोलमध्ये ३ गोल पेनाल्टी मार्फत गरेका हुन् । साथै याडरले २५ खेल खेल्दा १८ पुर्याएका थिए ।

उता एम्बाप्पेले भने सबै गोल ओपन गोल गरेर २० खेलमै १८ गोल गरेका हुन् । यसअर्थमा पनि एम्बाप्पेलाइ गोल्डेन बुट दिइएको हो । यसअघिको सिजनमा पनि २९ खेलमा ३३ गोल गरेका एम्बापेलाई नै गोल्डेन बुट बिजेता घोषणा गरिएको थियो ।

यस्तै त्यस्तै लियोनका फरवार्डका मोउसा डेम्बेले १६ गोल गर्दै तेस्रो स्थानमा रहेका छन् । त्यस्तै लिगमा १४ गोल असिस्ट गरेर पिएसजीका अर्जेन्टिनी खेलाडी एन्जल डि मारिया टप क्रियटिभ खेलाडी बनेका छन् ।

सम्वन्धित समाचार

Leave a Comment