‘अमेरिकन आइडल’को उत्कृष्ट ५ मा नेपालका दिवेश

अमेरिकामा जारी गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल अन्तिम ५ मा पुगेका छन्।

कार्यक्रममा उनी आर्थर गनको नामबाट प्रतिष्पर्धा गरिरहेका छन्।

नेपाली समय अनुसार सोमबार बिहान ५: ४५ देखि सुरू भएको आइडलको फिनाले हाल जारी छ।

२२ वर्षिय दिवेशले उत्कृष्ट ५ को दौडमा गेभिन डिग्रको ‘आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति राखेका थिए।

दिवेशसँगै उत्कृष्ट ५ मा फ्रान्सिस्को मार्टिन, डिलन जेम्स, जस्ट स्याम र जोनि वेस्ट छन्।

आइडल छनौटका लागि एक घण्टाका लागि खोलिएको भोटिङ् अहिले बन्द भएको छ। केही समयपछि आउने अन्तिम नतिजाले दिवेशको आइडल भाग्य फैसला गर्नेछ।

सम्वन्धित समाचार

Leave a Comment