इन्टरलाई पराजित गर्दै नापोली फाइनलमा, उपाधिका लागि युभेन्ट्ससँग भिड्ने

इन्टर मिलानलाई समग्रमा २-१ गोलले पराजित गर्दै नापोली कोप्पा इटालियाको फाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको सेमिफाइनलको दोस्रो लेग १-१ गोलको बराबरीमा सकिए पनि नापोलीले पहिलो लेगमा हात पारेको १-० को जितको फाइदा उठायो।

शनिबार अग्रता भने इन्टरले लियो। उसका लागि इरिक्सनले दोस्रो मिनेटमै गोल गरेका थिए।

तर नापोलीका लागि मार्टिन्सले ४१ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।

अब उपाधिका लागि नापोलीले युभेन्ट्ससँग खेल्नेछ। फाइनल आगामी बुधबार रोममा दर्शकबिनाको रंगशालामा हुनेछ।

सम्वन्धित समाचार

Leave a Comment