आँधिखोला गाउँपालिकाले सलह कीराकाे प्रतिकिलो ३०० रुपैयाँ दिने

काठमाडौं, १६ असार । शनिबारदेखि नेपाल पसेकाे सलहकाे फाैज नियन्त्रण गर्न अहिले विभिन्न तहका सरकारले विभिन्न निर्णय गरिरहेका छन् । यसै क्रममा स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह कीरा समातेर जिउँदाे वा मृत ल्याएमा प्रतिकिलो ३०० रुपैयाँ दिने घोषणा गरेको छ ।

भारतका सीमावर्ती क्षेत्रबाट तराइँका जिल्ला हुँदै पहाडी जिल्ला पाल्पा पुगेकाे कीरा पाल्पाबाट स्याङ्जा समेत प्रवेश गरिसकेको छ । स्थानीय कृषकहरूमा हाैसला बढाउन गाउँपालिकाले सलह काे मूल्य ताेकेकाे हाे ।

आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा सलहको झुण्ड देखिएको गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले जनाए । उनले एक सूचना जारी गर्दै सलह ल्याउनेलाइ प्रतिकिलो ३०० का हिसाबले तत्कालै नगद दिने निर्णय भएकाे समेत जनाएका छन् ।

साथै कीराबाट बालीमा हुने क्षति कम गर्न आगो बाल्ने, धुँवा लगाउने, थाल वा ड्रम, स्पीकर बजाएर ठूलाे ध्वनि निकाल्ने लगायत विधि अपनाएर सलह भगाउन स्थानीयमा अनुरोध गरिएकाे छ ।

सम्वन्धित समाचार

Leave a Comment