जापानमा हुने किक बक्सिङमा ‘हिमाली चितुवा’ अविरल पुनः भिड्दै

काठमाडौं, २३ भदौ । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को भिडन्तमा सहभागी जनाउने भएका छन् ।

किक बक्सिङ खेल मार्फत जापानमा नेपाल र नेपालीको शान बनेर नेपाली झण्डा फहराउँदै आएका जुझारु युवा खेलाडी अबिरल घिमिरेका आगामी भिडन्तका लागि तयारी भइसकेको हो ।

जापानको टोकियो स्थित टोकियो टावरमा हुने चर्चित हिट ४७ खेल आगामी सेप्टेम्बर १३ तारिख अर्थात भदौ २८ गते जापानका चर्चित खेलाडीसंग हुदैछ ।

७० केजी तौल समुहको हिट ४३ टाइटल उपाधिका लागि हुने आयोजकले बताएको छ । दर्जनौं पटक नकआउट हान्दै सफलता चुमेका २० बर्षीय घिमिरेले भने, “फेरि एक पटक जापानीज खेलाडीलाई हराएर नेपालको झण्डा फहराउने लक्ष्य छ ।

जापानी खेलाडी थातुयासंग हुने खेल १३ सेप्टेम्बर ३ वजे हुनेछ । कोरोना संक्रमनका कारण थोरै दर्शकमात्र प्रवेश गराउने अविरल घिमिरेका प्रशिक्षक एवं उनका बाबू देव घिमिरेले बताए ।

१ मान, २ मान र ५ मान जापानी यन टिकट दर रहेको प्रतियोगितामा अन्य तौल समुहका उपाधिका लागि पनि भिडन्त हुनेछ ।

हरेक राउण्ड तीन मिनेटको हुनेछ भने पाँच राउन्ड सम्म खेलाडीहरूले प्रतिस्पर्धा गर्ने प्रशिक्षक घिमिरेले बताए । नकाउट खेल भएका कारण प्रतिद्वन्द्वीले बिचैमा नकआउट हानेर हराउन सके स्वतः बिजयी हुने छ, देव घिमिरे भने ।

अविरलको विगतको प्रतियोगिताहरू हेर्न जापानमा रहेका नेपालीको उल्लेख्य सहभागीता हुने गरेको थियो तर यो बर्ष भने कोरोना संक्रमणका कारण कम दर्शक प्रवेश गराईने भएको छ ।

जापानमा रही बक्सिङको विशेष प्रशिक्षणमा रहेका घिमिरे काठमाडौँका चन्द्रागिरी नगरपालिका निवासी हुन् । अविरल नेपालका किक बक्सिङ कराँतेका चर्चित खेलाडी देव घिमिरेका पुत्र हुन् ।

आफ्नै पिताको निगरानी र प्रशिक्षणमा उनले अभ्यास गर्दै आएका छन् । उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँग हालसम्म भएका १२ वटा अन्तर्राष्ट्रिय भिडन्तमा जित आफ्नो पक्षमा ल्याउन सफल भएका छन् ।

सम्वन्धित समाचार

Leave a Comment