अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भीषण पहिरो, १७ घर बगायो

अर्घाखाँची, ९ असोज । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भीषण पहिरो जाँदा १७ घर बगेका छन् ।

शुक्रबार दिउसो शीतगंगा नगरपालिका वडा नं १२ को कोठिया मैदान, जोख्ले गैरा गाउँमा गएको पहिरोले घर बगाएको वडाध्यक्ष बाबुराम गैरेले जानकारी दिनुभयो ।

घरहरु बगेपनि मानवीय क्षति नभएको उहाँले बताउँनु भयो । दिउँसोको समयमा पहिरो आएका कारण भागेर ज्यान जोगाएको वडाध्यक्ष गैरेले जानकारी दिनुभयो ।

यी गाउँका अन्य एकदर्जनभन्दा बढी घरहरु जोखिममा छन् । अहिले पनि पहाडबाट पहिरो झरिरहेको र अझै अरु केही बग्ने अवस्थामा रहको वडाध्यक्ष गैरेले बताउँनु भयो । घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम थालेको पनि उहाँले बताउँनु भयो ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले भिरालो ठाउँ भएकाले उद्धारमा पनि कठिनाई आएको बताउँनु भएको छ ।

सम्वन्धित समाचार

Leave a Comment