रेमिट्यान्स बढ्ने क्रम रोकिएन, साउनमा मात्रै ९२ अर्ब भित्रियो

काठमाडौं । रेमिटेयान्सको आप्रवाह साउन महिनामा समेत अत्यधिक देखिएको छ । जेठ महिनामा ९४ अर्ब ३ करोड र असारमा १ खर्ब १६ करोड रुपैंया भित्रिएको रेमिट्यान्सको आप्रवाह साउन महिनामा समेत उस्तै देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा मात्रै बैधानिक च्यानलबाट ९२ अर्ब ७१ करोड रुपैंया रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको साउन महिनाको तुलनामा २३ प्रतिशत बढी हो । असार महिनामा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको असार महिनाको तुलनामा १० प्रतिशत मात्रै बढी थियो । आर्थिक वर्षको अन्तिम महिना भएकोले असारमा रेमिट्यान्स आप्रवाह तुलनात्मक रुपमा धेरै हुने…

पुरा पढ्नुहोस

अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भीषण पहिरो, १७ घर बगायो

अर्घाखाँची, ९ असोज । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा भीषण पहिरो जाँदा १७ घर बगेका छन् । शुक्रबार दिउसो शीतगंगा नगरपालिका वडा नं १२ को कोठिया मैदान, जोख्ले गैरा गाउँमा गएको पहिरोले घर बगाएको वडाध्यक्ष बाबुराम गैरेले जानकारी दिनुभयो । घरहरु बगेपनि मानवीय क्षति नभएको उहाँले बताउँनु भयो । दिउँसोको समयमा पहिरो आएका कारण भागेर ज्यान जोगाएको वडाध्यक्ष गैरेले जानकारी दिनुभयो । यी गाउँका अन्य एकदर्जनभन्दा बढी घरहरु जोखिममा छन् । अहिले पनि पहाडबाट पहिरो झरिरहेको र अझै अरु केही बग्ने अवस्थामा रहको वडाध्यक्ष गैरेले बताउँनु भयो । घटनास्थलमा प्रहरी पुगेर उद्धारको…

पुरा पढ्नुहोस

बलात्कार आरोपमा लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष पुर्पक्षका लागि जेल चेलान

काठमाडौं। बलात्कार आरोप लागेका रामेछापको लिखु(तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पुर्पक्षका लागि जेल चलान भएका छन्। उनीमाथि शरीर बन्धक, बलात्कार र ठगीको अभियोग लागेको छ। थुनछेकको बहस सकिएपछि शुक्रबार जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। अदालतले बलात्कार अभियोगमा खड्कालाई पुर्पक्षको लागि जेल पठाउने आदेश दिएको हो। अदालतले ठगी मुद्दामा ५० लाख रुपैयाँ र शरीर बन्धक मुद्दामा २ लाख रुपैयाँ धरौटी पनि खड्कासँग माग गरेको छ। खड्काको पक्ष र विपक्षमा शुक्रबार नौ जना वकीलहरूले बहस गरेका थिए। पक्राउ परेको २५ दिनपछि अनुसन्धान सकेर भदौ २३ गते…

पुरा पढ्नुहोस

एकै परिवारका तीन जनामाथि अन्धाधुन्ध धारिलो हतियारले आक्रमण

ताप्लेजुङ / एक युवकको धारिलो हतियारको आक्रमणमा परि गम्भीर घाइते भएका सिरिजंघा गाउँपालिका–८ याम्फुदिनका तीन जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार मध्यरातमा स्थानीय लाक्पा भोटेले घरेलु हतियार बाम्फोकले अन्धाधुन्ध प्रहार गर्दा गम्भीर घाइते बनेका ६० वर्षीया फुटि भोटे, ३६ वर्षीय पाशाङ भोटे र १८ वर्षीय छिरिङ भोटेलाई झण्डै ३८ घण्टा पछि उद्धार गरि आज उपचारार्थ काठमाडौँ लगिएको छ । उनिहरू एकै परिवारका हुन् । टाउको र गर्धनमा गहिरो चोट लागेको उनीहरुको त्रिविवि शिक्षण अस्पतालमा उपचार भैरहेको जनाइएकोे छ । काठमाडौँबाट उडेको हेलिकप्टर मौसम प्रतिकूलहुँदा रुम्जाटार, भोजपुर, संखुवासभा, तेह्रथुम लगायतका…

पुरा पढ्नुहोस

कोठा हेर्न भन्दै पेप्सीकोला पुगेका दुई युवा सिक्री लुटेर फरार

काठमाडौं- कोठा हेर्न भन्दै काठमाडौंको पेप्सीकोलामा पुगेका दुईजना युवा घरधनीकै सुनको सिक्री लुटेर फरार भएका छन् । प्रहरीका अनुसार बिहीबार साँझ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट नजिकै घर भएकी पवित्रा विडारी उप्रेतीको घरमा डेरा बस्ने भन्दै कोठा हेर्न पुगेका दुई युवा सिक्री लुटेर फरार भएका हुन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले कोठा हेर्दै गर्दा घरधनीलाई धम्क्याएर १ तोला सुनको सिक्री लुटेर स्कुटरबाट भागेका थिए। अहिले लुटपाटमा संलग्नहरुको खोजी भइरहेको महाशाखाका प्रमुख एसएसपी थापाले बताए ।

पुरा पढ्नुहोस

दाउन्नेमा पहिरोमा परेर एक जनाको मृत्यु, सात जना घाइते

नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा खसेको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । उक्त पहिरोमा परी अन्य ७ जना घाइते भएका छन् । बिहीबार साँझ विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोले ना ५ ख ७९४० नम्बरको बस पुरेको थियो । लेदोसहित खसेको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षीय हरिषचन्द केसीको मृत्यु भएको हो । उनको बिहीबार राति उपचारका क्रममा चितवनमा रहेको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका…

पुरा पढ्नुहोस

फेरि सुरु भयो निषेधाज्ञा ,बारबर्दिया नगरपालिकामा आज देखि पाँच दिनका लागि निषेधाज्ञा

असोज ०९,बाँके संबाददाता बर्दियामा पुन: निषेधाज्ञा गरिने भएको छ। बर्दियाको बारबर्दिया नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण दर तिब्र रूपमा फैलिएको भन्दै नगरपालिकाले सङ्क्रमण फैलन नदिनका लागि भन्दै पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। निषेधाज्ञा आज शुक्रबार राति १२ बजे देखि १४ गते बुधबार राति १२ बजेसम्मका लागी निषेधाज्ञा गर्ने निर्णय गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए। नगरपालिका भित्र कोरोना सङ्क्रमण दर कम गर्न र पुन: निषेधाज्ञा गर्नुपरेको नगरप्रमुख थारुले बताए।

पुरा पढ्नुहोस

दोस्रो व्यक्ति एचआईभी सङ्क्रमणमुक्त भएको चिकित्सकको दाबी

लन्डनमा बस्ने एक पुरुष एचआईभी अर्थात् ह्युमन इम्युनो भाइरसको सङ्क्रमणबाट मुक्त हुने विश्वका दोस्रो व्यक्ति बनेको चिकित्सकहरूले बताएका छन्। एयाडम क्यास्टिलेजोलाई ३० महिनाअघि एन्टी रेट्रोभाइरल भनिने भाइरसको सङ्क्रमण स्थिर राख्ने औषधि दिन बन्द गरिएको थियो। उनलाई एचआईभीविरुद्धको औषधिले नभई उनलाई लागेको एक प्रकारको क्यान्सरबाट प्राप्त गरिएको स्टेम सेल कोष प्रयोग गरी गरिएको उपचारद्वारा निको तुल्याइएको द ल्यान्सेट एचआईभी जर्नलमा उल्लेख गरिएको छ। त्यस्ता कोषमा एक प्रकारको असाधारण आनुवंशिक गुण हुन्छ जसले क्यास्टिलेजो जस्ता मानिसलाई एचआईभीविरुद्ध सुरक्षा प्रदान गर्दछ। त्यसअघि सन् २०११ मा टिमोथी ब्राउन एचआईभी सङ्क्रमण मुक्त हुने पहिलो व्यक्ति…

पुरा पढ्नुहोस

आजको राशिफल / वि.सं. २०७७ आश्विन ०९ (सेप्टेम्बर २५ तारिख) शुक्रबार

वि.सं. २०७७ आश्विन ०९ गते शुक्रबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५४ बजे र सूर्यास्त : साँझ ०५:५६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५८ बजे र सूर्यास्त : साँझ ०६:०१ बजे, आश्विन शुक्लपक्षको नवमी तिथि, बेलुका १०:३७ बजेसम्म, त्यसपछि दशमी तिथि, पूर्वाषाढा नक्षत्र, मध्यरात्रीपूर्व ११:१५ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, मध्यरात्रीपछि…

पुरा पढ्नुहोस

केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो २ हजार रन पुर्‍याउने खेलाडी

इण्डियन प्रिमियर लिग अन्तर्गत किंग्स ११ पञ्जाव र रोयल च्यालेन्जर बेङ्ग्लोरबीच प्रतिस्पर्धा जारी छ। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबका लागि कप्तान केएल राहुलले ब्याटिङमा कीर्तिमान कायम गरेका छन्। उनले सचिन तेन्दुलकरको आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाएको रेकर्ड तोडेका हुन्। तेन्दुल्करले यो रेकर्ड ६३ इन्निङसमा पुरा गरेका थिए भने राहुलले यो ६०औं इन्निङमा पुरा गरे। छिटो २ हजार रन बनाउने खेलाडीको सूचिको तेस्रो स्थानमा गौतम गम्भीर र चौथो स्थानमा सुरेश रैना छन्। उनीहरुले क्रमश ६८ र ६९ इन्निङस्मा २ हजार रन पुरा गरेका थिए। यो सँगै राहुल आईपीएलमा २ हजार रन…

पुरा पढ्नुहोस