बुटवल लुम्बिनी अस्पतालमा, बुधबार २३४ जनाको स्वाव संकलन,

बुटवल । कोरोना भाइरसको महामारी फैलिएदेखि नै सबैभन्दा ठूलो संख्यामा बुटवल उपमहानगरबाट समुदास्तरमा स्वाव संकलन गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले रुपन्देहीलाई समुदाय स्तरमा कोरोना परीक्षण गर्नुपर्ने जिल्लामा वर्गीकरण गरेलगत्तै उपमहानगरबाट ठूलो संख्यामा स्वाव संकलन गरिएको हो । उपमहानगरको लुम्बिनी प्रादेशीक अस्पतालमा गरिएको स्वाव संकलनमा आज २ सय ३४ जनाको स्वाव संकलन गरिएको थियो । समुदायमा परीक्षण गर्ने निर्णय अनुसार आज विविध पेशा व्यवसायका व्यक्तिहरुको स्वाव संकलन गरिएको थियो । बुधबार संकलन गरिएको स्वावको रिपोर्टले रुपन्देही र बुटवलको वुटवलको अवस्थावारे जानकारी हुने विश्वास लिईएको छ । कोरोना समुदायमा छ या…

पुरा पढ्नुहोस

पोखरामा पनि प्रहरी जवानमा कोरोना पुष्टि

पोखरामा पनि प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत पोखरा ३ नदिपुरमा अस्थाई प्रहरी बिटमा खटिएका प्रहरीलाई कोरोना पुष्टि भएको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि फ्रन्टलाइनमा खटिएका प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य फ्रन्टलाइनरहरुको पनि स्वाब जाँच थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवाह हमालले जानकारी दिए । संक्रमित प्रहरी जवानमा कुनै ट्राभल हिस्ट्री भने नरहेको डिएसपी हमालले बताए । ‘एकदमै अनड्युटी फ्रन्टलाइनर हुनुहुन्छ । कहि कतै जानु भएको थिएन,’ उनले भने । संक्रमण पुष्टि भएका प्रहरीलाई उपचारको लागि पोखरा स्वास्थ्य…

पुरा पढ्नुहोस

सर्वोच्च अदालतका कार्यरत सवारी चालकमा कोरोना पुष्टि

काठमाडौं : सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोरोना भाइरस कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार आइतबार १८१ जना कर्मचारीमा पिसिआर परीक्षणका गर्न लगिएको थियो। त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो। सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ।

पुरा पढ्नुहोस

प्रदेश ५ मा बुधबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

२१ साउन, बुटवल । प्रदेश ५ मा बुधबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पाँच जिल्लाका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार कपिलवस्तुका १३, बाँकेका १३, प्युठानका ५, रुपन्देहीका ३ र दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९५ पुगेको छ । प्रदेश ५ मा हालसम्म ४ हजार ८८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्…

पुरा पढ्नुहोस

रुपन्देहीको देवदहमा थप एकजनामा कोरोना संक्रमण

साउन २१ । रुपन्देहीको देवदहमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित व्यक्ति देवदह–१० का २६ बर्षिय भारतिय सेनामा कार्यरत पुरुष भएको देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिनु भयो । उनि भारतबाट आएर होम क्वारेनटाइनमा वस्दै आएका थिए । यो संगै देवदहमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । उनिहरु मध्ये ९ जना उपचारपछि घर फर्केका छन भने संक्रमित ४ जना मध्ये लक्षण देखिएका दुई जनाको कोरोना अस्पतालमा उपचार भइरहेको छ भने अन्य…

पुरा पढ्नुहोस

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार मृतकको संख्या ६० पुगेको हो। पर्सामा कोरोनाका कारणले थप दुईजनाको मृत्यु भएको हो। वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बुधबार बिहान वीरगन्ज १५ का ४६ वर्षीय पुरुषको मृत्यु भएको हो। उनमा साउन १९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै गत सोमबार राति उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमै मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया युवतीमा भने मङगलबार…

पुरा पढ्नुहोस

पछिल्लो २४ घण्टामा ३ सय ८१ संक्रमित थपिए, संक्रमितको संख्या २१ हजार ३ सय ९० पुग्यो

काठमाडौं, २१ साउन । मुलुकमा थप ३ सय ८१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ८१ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

पुरा पढ्नुहोस

कोरोना भाइरसको त्रास सम्भवत अब धेरै रहने छैन

काठमाडाैं। कोरोना भाइरसको त्रास सम्भवतः अब धेरै रहने छैन । यसलाई रोक्ने सम्भावित खोपहरू विश्वभर विकसित भइरहेका छन् । रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका लागि प्रक्रिया पूरा गर्ने तयारीमा रहेको जनाएको छ । रुसी वैज्ञानिकहरूले उक्त खोपको प्रारम्भिक परीक्षण पूरा भइसकेको र यसका परिणामहरू सफल आएका बताएका छन् । यो खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए इनकोडिङमार्फत आवश्यक प्रतिरक्षा कोषिका उत्पादन गरी उपचारमा सहयोग गर्छ । गत साता अक्सफोर्ड युनिभर्सिटीकी प्राध्यापक सेरा गिल्बर्ट विश्वभर निकै चर्चामा रहिन् ।…

पुरा पढ्नुहोस

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं २० साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।अख्तियारको अप्रेसनका लागि खोटाङ गई फर्किएका एक प्रहरी अधिकारीमा कोरोना संक्रमण भएपछि उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । थप संक्रमितको कन्याक ट्रेसिङ सुरु गरिएको अख्तियार स्रोतको भनाइ छ ।

पुरा पढ्नुहोस

देवदहको खैरेनीमा रहेको बैंकका कर्मचारीमा कोरोना संक्रमण, बैंक शिल

बुटवल । रुपन्देहीको देवदह खैरेनीमा रहेको गरिमा विकास बैंकका एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परिक्षणकामा उनका कोरोना संक्रमणको पुष्टि भएको हो । उक्त बैंककी शाखा प्रमुख कबिता शर्माका अनुसार उनी ५ दिनदेखि रुघा र ज्वरो आएपछि बिदामा रहेकी थिइन् । बैंकको लोन शाखामा कार्यरत उनी आफैँ सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा गएर कोरोना परीक्षण गरेकी थिइन् ।यसैबिच बैंक कर्मचारीमा कोरोना संक्रमण देखा परेपछि उक्त बैँक शिल गरिएको नगर प्रमुख हिरा बहादुर खत्रीले बताए ।

पुरा पढ्नुहोस