सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने शिक्षा मन्त्रालयको कार्यक्रम होइन : शिक्षामन्त्री

काठमाडौँ — बजेट बक्तब्यमा उल्लेखित सामुदायिक विद्यालयको पूर्वाधारसहितका सामग्री र शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी निजी विद्यालयलाई दिने कार्यक्रम शिक्षा मन्त्रालयको नभएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । अर्थमन्त्री युवराज खतिवडाले संसद्‌मा प्रस्तुत गरेको बजेटको बुँदा नम्बर १६६ मा उक्त कार्यक्रम थियो । शिक्षामन्त्रीले आइतबार विज्ञप्ति प्रकाशित गरेर उक्त कार्यक्रम शिक्षा मन्त्रालयले प्रस्ताव नगरेको प्रस्ट्याएका हुन् । सरकारले निजी विद्यालयलाई सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने जिम्मा दिएर निजीकरणलाई प्रशय दिएको भनेर चौतर्फी विरोध भएको थियो । नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सदस्य नारायणकाजी श्रेष्ठले समेत आपत्ति जनाएका थिए । नेकपाका अन्य…

पुरा पढ्नुहोस

पढाइलाई निरन्तरता दिन वैकल्पिक उपाय अपनाउँदै सरकार

काठमाडौँ : लकडाउनका कारण लामो समयदेखि स्थगित भएको पढाइलाई निरन्तरता दिन सरकारले वैकल्पिक उपाय अपनाउने जनाएको छ । शिक्षा मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै ‘वैकल्पिक प्रणालीबाट विदार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७’ जारी गरेको जनाएको छ । उक्त निर्देशिकालाई असार १ गतेदेखि प्रदेश र स्थानीय तहका सबै निकायले लागू गराउनु पर्नेछ । विभिन्न तहका विद्यार्थीहरुको स्थगित परीक्षा खुलाउने बारे भने शिक्षा मन्त्रालयले निकट भविष्यमा निर्णय लिने जनाएको छ । यसवाहेक अनौपचारिक शिक्षा पद्धति जस्तै अनुभव, ज्ञान सीपलाई योग्यता प्रमाणपत्र दिने प्रक्रियालाई तिव्रता साथ अघि बढाउने पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख…

पुरा पढ्नुहोस

सामुदायिक विद्यालय सुधार्ने जिम्मा निजीले लिन सक्दैन-एनप्याब्सन

१६ जेठ, काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन)ले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले निजी विद्यालयहरूलाई निरास बनाएको प्रतिक्रिया दिएको छ । कोभिड-१९ महामारीका बेला निजी विद्यालयले कम्तिमा एउटा सामुदायिक विद्यालयलाई शैक्षिक पूर्वाधार सामग्रीसहित शैक्षिक गुणस्तर सुधार गर्न सम्भव नभएको एनप्याब्सनद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको अवस्थामा निजी विद्यालयलाई सहयोग गर्न लगाउनु भनेको जोगीको घरमा सन्यासी पाहुना भने जस्तै हो ।’ सहुलियतपूर्ण कर्जाका लागि वित्तीय संस्थासँग समन्वय गर्ने अपेक्षा गरेका बेला सरकारले उल्टै थप जिम्मेवारी दिन लागेको एनप्याब्सनका अध्यक्ष ऋतुराज…

पुरा पढ्नुहोस

लकडाउनमा शैक्षिक क्षेत्र : पर्ख र हेरकै अवस्था कहिलेसम्म ?

काठमाडौं – कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले देशभरका विद्यार्थी विद्यालय जान पाएका छैनन् । कोरोना प्रभाव लम्बिँदै जाने हो भने वैकल्पिक अध्ययन अध्यापन पद्धति अवलम्बन गर्नु जरुरी भए पनि त्यसप्रति सरोकार निकाय मौन छन् भने तत्कालीन र दीर्घकालीन रणनीतिमा बहससमेत हुन सकेको छैन । यो जटिल अवस्थामा शिक्षा क्षेत्र ‘पर्ख र हेरकै अवस्थामा रहेकोप्रति अभिभावकले गुनासो गर्न थालेका छन् । अभिभावकको भनाइ छ, “बालबालिकाको अध्ययन गर्ने बानी नै छुट्न लागिसक्यो, सम्बद्ध निकाय भने पर्ख र हेरकै अवस्थामा छ ।” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता…

पुरा पढ्नुहोस

डब्लुएचओको चेतावनी- विश्वव्यापी मानसिक स्वास्थ्य समस्या आउन सक्छ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसका कारण विश्वभरका लाखौं मानिसहरूमा मानसिक स्वास्थ्य समस्या आउन सक्ने चेतावनी दिएको छ। आइसोलेसन, गरिबी र भविष्यप्रतिको अनिश्चितताले मानिसहरूमा मानसिक समस्या थपिन सक्ने डब्लुएचओको मानसिक स्वास्थ्य विभाग प्रमुख डेभोरा केस्टेलको भनाइ छ। ‘आइसोलेसन, डर, अनिश्चितता र आर्थिक उतारचढाव यी सबैले मनोवैज्ञानिक पीडा सिर्जना गर्छन्,’ उनले भनिन्। संयुक्त राष्ट्रसंघले तयार पारेको कोभिड-१९ का बेला मानसिक स्वास्थ्यसम्बन्धी निर्देशिका बिहीबार सार्वजनिक गर्दै केस्टेलले गम्भीर मानसिक समस्याका बिरामी बढ्ने सम्भावना भएकाले संसारभरि सरकारहरूले कोरोना महामारीसँग लड्दा यो मुद्दालाई पनि पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिइन्। ‘मानसिक स्वास्थ्य र…

पुरा पढ्नुहोस

इन्टरनेट न ल्यापटप : अनलाइन शिक्षाको गफ !

वैशाख १८ गते पोखरा महानगरपालिकाको शिक्षा समितिले त्यहाँका निजी विद्यालयहरूलाई लक्ष्य गर्दै सूचना प्रकाशित ग¥यो– ‘अनलाइन कक्षा तत्काल बन्द गर्नू।’ महानगरको शैक्षिक प्रशासन महाशाखाले एक पत्र लेख्दै निजी विद्यालयले आफूखुशी सञ्चालन गरेका अनलाइन कक्षा बन्द गर्न निर्देशन दियो। निजी विद्यालयले अनुमति र पूर्वाधारबिनै अनलाइन कक्षा सञ्चालन गरेको, यसले समाजमा थप विकृति निम्त्याएको र यसको पहुँचमा नरहेका विद्यार्थी तथा अविभावकलाई मानसिक दबाब परेकाले त्यस्ता कक्षा बन्द गराउनुपर्ने उजुरी महानगरमा परेपछि महाशाखाले सो निर्देशन दिएको थियो। यसलाई शिक्षाविद् विद्यानाथ कोइराला ‘डिजिडल डिभाइड’ले उत्पन्न गरेको समस्या मान्छन्। ‘पोखरामा अनलाइन कक्षा बन्द गर्नुको एउटै…

पुरा पढ्नुहोस

अब कक्षा एकदेखि नै संस्कृत पढाइ हुने

काठमाडौं : सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ । यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ । यो पाठ्यक्रम विज्ञको सहयोगमा बनाएर केन्द्रले स्वीकृति दिएको हो । स्थानीय पाठ्यक्रमको रुपमा इच्छुक स्कुलले सोही पाठ्यक्रमलाई आधार मानेर संस्कृतको पढाइ सञ्चालन गर्न सक्ने केन्द्रले जनाएको छ । संस्कृत विषयको नाम अस्माकम संस्कृत (हाम्रो संस्कृत) दिइएको छ । यसअघि कक्षा चारदेखि ८…

पुरा पढ्नुहोस

एसईई परीक्षा नलिइकनै प्रमाणपत्र दिन प्याब्सनको प्रस्ताव

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले यसवर्षको एसईई परीक्षा लिन सम्भव नदेखिएको भन्दै विद्यार्थीहरुले गरेका आन्तरिक मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । कोरानाभाइरसको त्रासका कारण गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा हालसम्म पनि हुन नसकेपछि व्याब्सनले यस्तो प्रस्ताव गरेको हो । ‘परीक्षा लिन सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागू हुनेगरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुन्छ’ प्याब्सनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस कार्यका…

पुरा पढ्नुहोस

सरकारले विद्यालयलाई भन्यो – अनलाइन कक्षाका नाममा शुल्क नलिनू

२२ वैशाख, काठमाडौं । सरकारले विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले सरकारले अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन नपाइने निर्णय गरेको हो । माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित रहेको र यस विषयमा कुनै थप निर्णय नभएको पनि मन्त्रालयले सोमबार जारी सूचनामा जनाएको छ । सहसचिव दीपक सुवेदीले जारी गरेको…

पुरा पढ्नुहोस

लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई !

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसईई गर्ने गरी सरकारलाई सुझाव दिएको छ । कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई सुझाव बुझाएको हो । २५ वैशाखभित्र कक्षा एकदेखि ९ को नतिजा प्रकाशन गर्ने, २५ वैशाखपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने सुझाव दिइएको हो । विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझावसहितको प्रतिवेदन शिक्षामन्त्रीलाई बुझाइएको छ । प्रतिवेदन उच्चस्तरीय समितिमा र क्याबिनेटमा…

पुरा पढ्नुहोस