नवाजुद्दीन सिद्दीकीसँग सम्बन्धविच्छेद माग्नुको कारणबारे बोल्दै श्रीमती भन्छिन्, ‘म सधैं एक्लो महसुस गर्थेँ, आत्मसम्मान गुमेको थियो’

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीसँग सम्बन्धविच्छेद माग गरिरहेकी उनकी श्रीमतीले अब आफ्नो वास्तविक नाम अञ्जना किशोर पाण्डेसहित अघि बढ्ने निर्णय गरेको बताएकी छिन् । भारतीय सञ्चारमाध्यमसँगको एक कुराकानीमा उनले भनिन्, ‘म पुनः आफ्नो वास्तविक पहिचान अञ्जना किशोर पाण्डेमा आइपुगेकी छु । ’ दोस्रो विवाहको कुनै इच्छा छैनः अञ्जनालाई विश्वास गर्ने हो भने उनी अघि त बढ्न चाहन्छिन् तर दोस्रो विवाहको कुनै इच्छा छैन । उनी भन्छिन्, ‘मलाई दोस्रो विवाह गर्न आवश्यक छैन । ’ यद्यपि, अञ्जना छोराछोरीको कस्टडी उनैले पाउनुपर्ने कुरामा आशावादी छिन् । उनी भन्छिन्, ‘मैले उनीहरुलाई हुर्काएकी छु र…

पुरा पढ्नुहोस

नेपाली युवा दिवेश अमेरिकन आइडलको उपविजेता

अमेरिका : विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन्। उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्। नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो। पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका हुन्। गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो। उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट…

पुरा पढ्नुहोस

‘अमेरिकन आइडल’को उत्कृष्ट ५ मा नेपालका दिवेश

अमेरिकामा जारी गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल अन्तिम ५ मा पुगेका छन्। कार्यक्रममा उनी आर्थर गनको नामबाट प्रतिष्पर्धा गरिरहेका छन्। नेपाली समय अनुसार सोमबार बिहान ५: ४५ देखि सुरू भएको आइडलको फिनाले हाल जारी छ। २२ वर्षिय दिवेशले उत्कृष्ट ५ को दौडमा गेभिन डिग्रको ‘आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति राखेका थिए। दिवेशसँगै उत्कृष्ट ५ मा फ्रान्सिस्को मार्टिन, डिलन जेम्स, जस्ट स्याम र जोनि वेस्ट छन्। आइडल छनौटका लागि एक घण्टाका लागि खोलिएको भोटिङ् अहिले बन्द भएको छ।…

पुरा पढ्नुहोस

फार्म हाउसमा ज्याकलिनको फिल्म

मुम्बई : कोरोना भाइरसका कारण देश लकडाउनमा छ र सर्वसाधारणदेखि सेलिब्रिटीसम्म घरमा समय बिताइरहेका छन्। यसै क्रममा अभिनेत्री ज्याकलिन फर्नान्डिस सलमान खानको पनवेलस्थित फार्म हाउसमा परिवार तथा साथीभाइसँग समय बिताइरहेकी छन्। ज्याकलिनका धेरै फोटो र भिडियो सलमानको फार्मबाट आउने गरेका छन्। अहिले ज्याकलिनले सलमानको फार्म हाउसमा आफ्नो दैनिकी समेटेर एउटा सर्ट फिल्म बनाएकी छन्। यसलाई सलमान आफैंले सोसल मिडियामा सेयर गरेका छन्। तीन मिनेट ४८ सेकेन्डको यो भिडियोमा ज्याकलिन घोड सवारी गर्दै, कपडा सुकाउँदै, नरिवलको रूख चढ्दै, किताब पढ्दै गरेको देखिन्छ। उनको भिडियो फ्यानहरूले निकै मन पराएका छन्। सलमानसँग उनको…

पुरा पढ्नुहोस

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानमा महाशाखाले देशभर हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशका पहाडी भू–भागमा सामान्य र तराईका भू–भागमा आंशिकदेखी सामान्य बदली रहेको महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी पहाडी भूभागका एक दुइ…

पुरा पढ्नुहोस