फुटबल अब उस्तै हुने छैन : मेसी

१९ जेठ, काठमाडौं । बार्सिलोना र अर्जेन्टिनाका कप्तान लिओनल मेसीले फुटबल अब उस्तै नहुने बताएका छन् । कोभिड १९ को कारणले धेरैले आफ्ना नजिकका साथी गुमाएकोमा दु:खी हुँदै मेसीले यसको असर आगामी वर्षमा पर्ने विचार व्यक्त गरे । कोरोनाभाइरस महामारीले गर्दा फुटबल जीवन अब फेरि उस्तै नहुने मेसीको धारणा छ । ‘हामीमध्ये धेरै जना अहिले शंकामा छौँ कि यो घटनापछि अबको विश्व कस्तो हुनेछ । एकान्तवास र हामीलाई आश्चर्यमा पार्ने यस अवस्था बाहेक धेरै मानिसले कठिन समयको सामना गर्नुपर्‍यो किनकी यस परिस्थितिले कुनै न कुनै रुपमा उनीहरुलाई असर गर्‍यो ।…

पुरा पढ्नुहोस

डुसेलडोर्फको पोष्टमा ५ गोल हान्दै बायर्नले बनायो १० अंकको अग्रता

१८ जेठ, काठमाडौं । लिग लिडर बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा शानदार जितसहित उपाधि यात्रा थप मजबुत पारेको छ । शनिवार भएको खेलमा फर्चुना डुसेलडोर्फलाई फराकिलो अन्तरले पराजित गरेको बाय्नले दोस्रो थानको बोरुसिया डर्टमण्डमाथि १० अंकको फराकिलो अग्रता बनाएको छ । रोवर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बायर्नले ५–० को जित हासिल गरेको हो । लेवान्डवस्कीले ४३औं र ५०औं मिनेटमा गोल गरे । यस्तै बेन्जामिन पाभार्डले २९औं र अल्फोन्सो डेभिसले५२औं मिनेटमा गोल गरेका थिए । बार्यनले खेलको १५औं मिनेटमा अग्रता लिएको थियो । उक्त गोल भने डुसेलडोर्फका माथिएस जोर्गेनसनले आत्मघाती गरेका…

पुरा पढ्नुहोस

जापानी टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाई गर्ने महिला खेलाडी

१० जेठ काठमाडौं । जापानी युवा टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाइ गर्ने महिला खेलाडी बनेकी छिन् । फोब्र्सका अनुसार २२ वर्षीय ओसाकाले गत वर्ष ३७.४ मिलियन डलर कमाएकी थिइन् । फोब्र्सका अनुसार यसअघि एकै वर्ष धेरै कमाइ गर्ने महिला खेलाडी रसियन टेनिस स्टार मारिया सारापोभा थिइन् । सन् २०१५ मा सरापोभाले २९.७ मिलियन अमेरिकी डलर कमाएकी थिइन् । फोब्र्स म्यागाजिनले खेलाडीले पाउने प्राइज मनि र इन्डोरसमेन्टको आधारमा यो सूची तयार पार्दै आएको छ । ओसाकाले प्राइजमनिबाट ३.४ मिलियन डलर कमाए पनि इन्डोरसमेन्टबाटै ३४ मिलियन डलर कमाएको फोब्र्सले जनाएको छ…

पुरा पढ्नुहोस

यसपालि नेपालको झण्डा सबैभन्दामाथि भयो

१ जेठ, काठमाडौं । २०७५ साल, असार १५ गते । शनिल शाहीलाई दोहोरो दबाब थियो । एकातर्फ बक्सिङ खेल, अर्कोतर्फ स्नातक तहको परीक्षा । स्नातक दोस्रो वर्षको अंग्रेजीको परीक्षाकै दिन लैनचौरमा प्रकाश दाहाल स्मृति बक्सिङको क्वाटरफाइनल खेल थियो । दुई खेल जितेर उनले क्वाटरफाइनलमा स्थान बनाएका थिए । परीक्षा रोज्ने कि खेल ? अंग्रेजी परीक्षा छाडेर बक्सिङ खेल्न हान्निए शनिल । तर, नतिजा सोचेजस्तो आएन । परीक्षा पनि छुट्यो, बक्सिङमा पनि हारे । नक्सालका किशोर शर्मासँग अंकका आधारमा उनी पराजित भएका थिए । घरमा कसैलाई नभनी उनी बक्सिङ खेल्न गएका…

पुरा पढ्नुहोस

अर्जेन्टिनामा रोनाल्डोलाई किन गरिन्छ घृणा ? डिबालाको रमाइलो टिप्पणी

रोम : इटालियन सिरिए क्लब युभेन्ट्सका आक्रामक मिडफिल्डर पाउलो डिबालाले आफ्नै क्लबबाट व्यावसायिक फुटबल खेल्ने पोर्चुगिज स्टार क्रिस्टियोना रोनाल्डोको विषयमा रमाइलो टिप्पणी गरेका छन्। २६ वर्षीय अर्जेन्टिनी खेलाडी डिबालाले अर्जेन्टिनामा रोनाल्डो खासै चर्चित व्यक्तित्व नभएको प्रतिक्रिया दिएका छन्। डिबालालले अर्जेन्टिनामा रोनाल्डो लोकप्रिय नरहेको बताए। उनले लियोनल मेसीको राष्ट्र अर्जेन्टिनामा रोनाल्डोलाई धेरैले घृणा गर्ने गरेको अभिव्यक्ति दिएका छन्। ‘अर्जेन्टिनामा रोनाल्डो खासै लोकप्रिय छैनन्। उनको विषयमा खासै चर्चा पनि हुँदैन। बरु उनलाई अर्जेन्टिनामा घृणा गर्ने गरिन्छ’, डिबालाले भनेका छन्। अहिले विश्वभर मेसी र रोनाल्डोका करोडौं समर्थक छन्। यी दुवैका समर्थकले आआफ्ना खेलाडीलाई…

पुरा पढ्नुहोस

तङ्ग्रिने आशामा सोमपाल

काठमाडौँ — खेलाडीको खेलजीवन छोटो हुन्छ । अझ क्रिकेट खेलाडीमा तीव्र बलरको खेलजीवन निकै कम समयको हुन्छ । नेपालका तीव्र बलर सोमपाल कामी यसको अपवाद रहे । ६ वर्षअघिदेखि राष्ट्रिय टोलीबाट खेल्न थालेयता उनले निरन्तर नेपालको नयाँ बल आक्रमणको नेतृत्व गर्दै आएका थिए । सन् २०१४ को ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानविरुद्ध प्रतिघण्टा १४०.८ को गतिमा बल फालेर सनसनी मच्चाएका उनै सोमपाल अहिले चोटले थलिएका छन् । फरक चोटले थलिएका उनलाई अब कहिले मैदान फर्कन्छु भन्ने थाहा छैन । कोरोना भाइरस (कोभिड–१९) को महामारीमाथि मानवीय जितको आशामा जस्तै उनी पनि आफ्नो चोट…

पुरा पढ्नुहोस

फ्रेन्च लिग वानमा एम्बाप्पेले जिते गोल्डेन बुट, डि मारिया बने टप क्रियटिभ खेलाडी

काठमाडौं, २७ बैशाख । फ्रेन्च लिग वानमा पिएसजीका स्ट्राइकर किलीयन एम्बाप्पेले लिग वानमा गोल्डे बुट जितेका छन् । लिग स्थगित हुँदासम्मको प्रदर्शन र गोल स्कोरको आधारमा एम्बाप्पेलाई गोल्डेन बुट बिजेता घोषणा गरिएको हो । उनले यो सिजनमा १८ गोल गरेका थिए । उनलाई उच्च स्कोररको आधारमा लिग वानको गोल्डेन बुट दिइएको हो । एम्बापेका साथै मोनाकोका स्ट्राइकर विसाम बेन याडरले पनि यो सिजनमा १८ गोल नै गरेका थिए । तर उनले १८ गोलमध्ये ३ गोल पेनाल्टी मार्फत गरेका हुन् । साथै याडरले २५ खेल खेल्दा १८ पुर्याएका थिए । उता…

पुरा पढ्नुहोस

अब एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइने

फिफाले एक फुटबल खेलमा पाँच जना खेलाडी सब्स्टिच्युट (प्रतिस्थापन) गर्ने नियम बनाएको छ। फिफाको नियम बनाउने निकाय अन्तर्राष्ट्रिय फुटबल एसोसिएन बोर्डले प्रस्तावित पाँच खेलाडी परिवर्तन गर्न पाइने नियमलाई अनुमोदन गरेको हो। फिफाले कोरोनाभाइरसका कारण संसारभर फुटबल लिग स्थगित भएको अवस्थामा सिजनका बाँकी खेल छोटो अवधिमा सक्नका लागि एक खेलमा पाँच खेलाडी सब्स्टिच्युट गर्न सकिने नियम बनाएको हो। तर एक टिमले खेलाडी परिवर्तन गर्न तीन वटा अवसर मात्र पाउनेछ भने हाफ टाइममा पनि खेलाडी परिवर्तन हुन सक्नेछन्। त्यसैले पाँच खेलाडी नै परिवर्तन गर्नु परेमा एक टिमले कम्तिमा एकै पटकमा दुई खेलाडी…

पुरा पढ्नुहोस

‘एउटै व्यक्तिसँग दुई पटक विवाह गर्दा यस्तै हुन्छ’

जिदानको बारेमा मिडोको टिप्पणी कायरो : इजिप्टको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी अहमद होसामले रियल म्याड्रिडबाट कहिल्यै पनि व्यावसायिक फुटबल खेलेनन्। तर, विश्व फुटबलमा ‘मिडो’ को उपनामले चर्चित ३७ वर्षीय यी स्ट्राइकर आफू भने स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडका ठूला समर्थक हुन्। यो कुरालाई उनै आफैं पनि स्विकार गर्छन्। पछिल्लो समय रियल म्याड्रिडले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेको छैन। रियल म्याड्रिडको खस्कँदो प्रदर्शनले मिडोलाई समेत दुःख लागेको छ। त्यसैले रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानको बारेमा मिडोले गजबको प्रतिक्रिया दिएका छन्। उनले प्रशिक्षक जिदानकै कारण रियल म्याड्रिडको प्रदर्शन खस्कँदै गएको आरोप पनि…

पुरा पढ्नुहोस

एन्फालाई फिफाको पाँच लाख अमेरिकी डलर

काठमाडौं : विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पाँच लाख अमेरिकी डलर सहयोग गरेको छ। कोरोना भाइरसका कारण खेलकुदमा पैदा भएको आर्थिक संकटलाई टार्न फिफाले एन्फालाई उक्त रकम सहयोग गर्ने भएको हो। फिफाले एन्फासँगै विश्वभर फिफामा आबद्ध दुई सय ११ सदस्य राष्ट्रलाई आर्थिक सहयोगको घोषणा गरेको हो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फिफा राहत कोषबाट सम्पूर्ण सदस्य राष्ट्रलाई एक सय ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेका छन्। फिफाले पहिलो चरणमा कोरोनाबाट अति प्रभावित देशको फुटबल संघलाई सहयोग प्रदान गर्नेछ। फिफाले उक्त सहयोग रकम विभिन्न…

पुरा पढ्नुहोस