दार्चुला अस्पतालको मुहार फेर्दै छन् यी ‘कलिला’ डाक्टर

डाक्टर गजेन्द्र दुवाल जिल्ला अस्पतालको प्रमुख भएर दार्चुला पुग्दा त्यहाँ पुरानो भवन र केही स्वास्थ्यकर्मी बाहेक केही थिएन। उनी आफैं पनि वीरअस्पतालको जुनियर डाक्टरबाट एकैचोटी दार्चुलाको सिनियर डाक्टरमा फेरिनु परेको थियो। उनी सरकारी जागिरको पहिलो नियुक्ति लिएर त्यहाँ पुगेका थिए। अछामको साँफेबगर नगरपालिका–६ घर भएका डाक्टर दुवाललाई दुर्गमका असुविधाको हेक्का भने सानैदेखि थियो। स्कुल पढ्न पनि उनी डेढ घण्टाको उकालोओरालो हिँडेर जान्थे। मध्यम पारिवारिक अवस्थामा हुर्केका भएर दुवाल प्लस टु पढाइका लागि काठमाडौं जान पाएका थिए। पढाइमा पनि अब्बल भएकाले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा डाक्टरी पढ्न नाम निकाले। २०६७ सालमा दुवालले…

पुरा पढ्नुहोस

चिकित्सकमाथि हातपान गर्नेलाई कारबाहीकाे माग

१७ जेठ, काठमाडौं । नेपाल सोसाइटी अफ इमर्जेन्सी फिजीसियन (एनएसईपी) ले चिकित्सकमाथि हातपात गर्नेहरूलाई तुरुन्त कारबाही गर्न माग गरेको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा ६४ वर्षीय बिरामीको मृत्यु भएको घट्नालाई लिएर हातपात गर्नेलाई एनएसईपीले शनिबार विज्ञप्तिमार्फत कारबाहीे माग गरेको हो । ‘नोवेल कोरोना भाइरसको महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै इमर्जेन्सीमा अहोरात्र खटिने चिकित्सकमाथि भएको निन्दनीय कार्यप्रति घोर भत्सर्ना गर्दछौं’ एनएसईपीका उपाध्यक्ष डा. अजय सिं थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस घट्नामा संलग्न दोषी उपर कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।’

पुरा पढ्नुहोस

अस्पतालले भर्ना लिन नमानेपछि झापाका २७ संक्रमित रातभर गेटबाहिर

बिर्तामोड, १७ जेठ । शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ । अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु शुक्रबार रातभर अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । पुष्टिलगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका हुन् । उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक…

पुरा पढ्नुहोस

यस्ता छन् योग गर्नुका फाइदाहरु

काठमाडौं, जेठ २६ । रोग लाग्नै नदिन के गर्नु पर्ला ? सही खानपान, आराम तथा सन्तुलित र स्वस्थ जीवनशैलीले हामीलाई चुस्त राख्ने गर्दछ । हिजोआज सबै उमेर समूह तथा वर्गका मानिसहरुले स्वस्थ रहन विभिन्न उपायहरु अपनाउने गरेका छन् । हुन त रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु श्रेयष्कर हो । त्यसका लागि योग सबैको निम्ती सहयोगी बन्न सक्छ । नियमित योग गर्नुका निकै फाइदाहरु छन् । तीमध्ये केही यहाँ उल्लेख गरिएको छः शरीरको लचिलोपनाः तपाइको शरीरलाई रबर जस्तै लचिलो बनाउन योगले मद्दत गर्दछ । चाहे तपाई नाच्न होस् वा…

पुरा पढ्नुहोस

बजारमा औषधि अभाव हुँदैन, अझैं तीन/चार महिनाका लागि मौज्दात छ : औषधि व्यवस्था विभाग

काठमाडौं, ११ जेठ । सरकारले बन्दाबन्दी गरेको दुई महिना बिते पनि अहिलेसम्म जटिल प्रकृतिका रोगका र सामान्य समस्याका औषधिको अभाव देखिएको छैन । केही महिनाका लागि औषधि मौज्दात रहेको र अहिले नियमित उत्पादन भइरहेकाले अभाव नहुने देखिएको छ । औषधि व्यवस्था विभागले बन्दाबन्दी शुरु हुनासाथ पाँच ६ महिनाका लागि औषधि रहेको जनाएको थियो । त्यही आधारमा बन्दाबन्दी आज दुई महिना बितेकाले अझै तीन चार महिनाका लागि औषधि बाँकी रहेको औषधि व्यवस्था विभागले जनाएको छ । त्यसो त भारतबाट आउने औषधि पनि आइरहेको छ भने स्वदेशी उत्पादकले पनि उत्पादन गरिरहेका छन्…

पुरा पढ्नुहोस

दादले सतायो ? त्यसो भए सरी प्रयोग गर्नुहोस कागती !

धेरैले आफ्नो छालामा चिलाउने ‘दाद’ आएको भन्छन् । त्यसलाई दाद भनिए पनि त्यो ‘फंगल इन्फेक्सन’ अर्थात् छालामा ढुसी पर्नु हो । गर्मी मौसममा फंगल इन्फेक्सन बढी हुन्छ । ढुसी कस्तो ठाउँमा पर्छ र कसरी पर्छ? धेरैलाई थाहा भएकै कुरा हो । बासी खानामा, ओसिलो ठाउँमा ढुसी पर्ने हो। प्रायः घर वा कोठाको कुनातिर ढुसी परेको देखिन्छ । मान्छेमा पनि यही नियम लागू हुने हो । यसलाई मेडिकल भाषामा ‘डम्र्याटोफाइसिस’ भनिन्छ । खासगरी, छालाको सतहमा रहेका मृत कोषमा ढुसी पलाउँछ । त्यसैले यसलाई ‘सुपरफिसियल फंगस’ पनि भनिन्छ । आफू सफासुग्घर रहँदारहँदै…

पुरा पढ्नुहोस

कोरोना भाइरसको जोखिमलाई ध्यान दिदै मोरङका सबै डेन्टल सेवा वन्द

विराटनगर, ८ वैशाख । नेपाल डेन्टल एसोसिएसन मोरङ्ग शाखा दन्त चिकित्सक र विरामी दुबैको स्वास्थ्यलाई ध्यानमा राख्दै सम्पूर्ण दन्त चिकित्सक, डेन्टल क्लिनिक र डेन्टल अस्पतालहरुमा एक हप्ताको लागि उपचार बन्द गर्ने निर्णय गरेको छ । विश्वभरी संक्रमण फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको र संक्रमण फैलिने मुख्य माध्यम नाक तथा मुखबाट निस्किने ड्रपलेट्स एरोसोलस् भएकाले कुनै पनि दन्त उपचारको क्रममा यस्ता मुखबाट निस्किने ड्रपलेट्स एरोसोलस्हरु फैलिने सम्भावना उच्च भएकाले केहि समयका लागि सेवा बन्द गर्नु पर्ने भएको एसोसिएसनका अध्यक्ष डा. अमित प्रताप शाहले जानकारी दिनुभयो । देशै…

पुरा पढ्नुहोस

कोरोना भाइरसको जोखिमलाई ध्यान दिदै मोरङका सबै डेन्टल सेवा वन्द

विराटनगर, ८ वैशाख । नेपाल डेन्टल एसोसिएसन मोरङ्ग शाखा दन्त चिकित्सक र विरामी दुबैको स्वास्थ्यलाई ध्यानमा राख्दै सम्पूर्ण दन्त चिकित्सक, डेन्टल क्लिनिक र डेन्टल अस्पतालहरुमा एक हप्ताको लागि उपचार बन्द गर्ने निर्णय गरेको छ । विश्वभरी संक्रमण फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको र संक्रमण फैलिने मुख्य माध्यम नाक तथा मुखबाट निस्किने ड्रपलेट्स एरोसोलस् भएकाले कुनै पनि दन्त उपचारको क्रममा यस्ता मुखबाट निस्किने ड्रपलेट्स एरोसोलस्हरु फैलिने सम्भावना उच्च भएकाले केहि समयका लागि सेवा बन्द गर्नु पर्ने भएको एसोसिएसनका अध्यक्ष डा. अमित प्रताप शाहले जानकारी दिनुभयो । देशै…

पुरा पढ्नुहोस

त्यो कुन रोग हो जसले शिल्पा शेट्टीको पटकपटक गर्भपतन गरायो ?

बलिउड अभिनेत्री शिल्पा शेट्टीले यसै वर्ष फेब्रुअरीमा सरोगेसीमार्फत् एक छोरीलाई जन्म दिएकी छिन् । उनकी छोरीको नाम समिषा हो र उनको जेठो छोराको नाम वियान हो । हालै इन्टरनेशनल मदर्स डेको मौकामा शिल्पाले आफ्नो सरोगेसी अघि गर्भधारणको समस्याबारे बताएकी छिन् । उनले एक वेबसाइटलाई दिएको अन्तरवार्तामा आफूले थुप्रै वर्षदेखि गर्भधारणको कोसिस गरेको र एक रोगका कारण पटक–पटक गर्भपतनबाट गुज्रनु परेको खुलासा गरिन् । शिल्पा शेट्टीले भनिन्, ‘वियानपछि हामी लामो समयदेखि अर्को एक सन्तानको चाहनामा थियौं । तर मलाई विभिन्न स्वास्थ्य समस्या भयो । मलाई एक अटो इम्यून डिजीज एप्ला ९ब्एीब्०…

पुरा पढ्नुहोस

सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै मनमोहन अस्पताललाई कारवाही

काठमाडौँ / वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ । अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अस्पतालले रु नौ सयमा हुनुपर्ने सेवाको रु एक हजार छ सय लिएको भेटेपछि कारवाही गरिएको हो । लकडाउनका कारण अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको भन्दै स्वास्थ्यकर्मीका साथमा अनुगमन गर्दै आएको छ । विभागले सोमबार नर्भिक इन्टरनेशनल…

पुरा पढ्नुहोस