जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ राजनैतिक नक्सा

इस्लामाबाद — पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको प्रधानमन्त्री इमरान खानले मंगलबार जानकारी दिएका छन् । पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन् । नयाँ नक्सा जारी भएको जानकारी दिँदै इमरान खानले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनैतिक नक्साले पाकिस्तानी नागरिकको खुसीलाई प्रतिनिधित्व गर्छ । यसले पाकिस्तान र कश्मीरी नागरिकको सैद्धान्तिक विचारधारालाई समर्थन गर्छ ।’ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यो नक्साले भारतले गत अगस्ट ५…

पुरा पढ्नुहोस

‘बाहुबली’ निर्देशक राजामौलीलाई कोरोना संक्रमण

इटहरी / फिल्म ‘बाहुबली’ निर्देशक एसएस राजामौलीलाई कोरोना भाइरसको संक्रमण भएको छ । राजामौलीले ट्वीटरमार्फत आफूसहित आफ्नो परिवार संक्रमित भएको जानकारी दिएका हुन् । राजामौलीले केही दिनअघि सन्चो नभएको कारण गराएको कोरोनाको परीक्षणमा रिपोर्ट पोजेटिभ भएको बताएका छन् । डाक्टरको सल्लाहअनुसार सबै परिवार घरमै क्वारेन्टाइनमा बसेको राजामौलीले जनाएका छन् । साथै, उनले आफ्नो स्वास्थ्यको बारेमा थप जानकारी दिँदै आफू र परिवारमा कुनै पनि लक्षण नदेखेको ट्वीट गरेका छन् । स्वस्थ नै महशूस भएपनि सबै सावधानी र निर्देशनहरूको पालना गर्दै प्लाज्मा दान गर्नका लागि एन्टिबडीहरू विकसित हुने पर्खाइमा रहेको बताएका छन्…

पुरा पढ्नुहोस

यी हुन् सुशान्तका बाबुले सुशान्तकी प्रेमिका रियाविरूद्ध लगाएका गम्भीर ५ आरोप

बलिउड अभिनेता सुशान्त सिंहका बाबु केके सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, उनको परिवार र अन्य ६ जनाको विरूद्धमा बिहार प्रहरीमा एफआइआर दर्ता गराएका छन्। उनले २५ जुलाईमा बिहार पुलिसमा एफआईआर दर्ता गराएका हुन्। सुशान्तले जुन १४ मा आत्महत्या गरेका थिए। एफआईआरमा उनले रियाका विरूद्ध विभिन्न ५ गम्भिर आरोप लगाएका छन्। आरोपमा उनले रियाले ८ जुनमा ब्रेकअप गरेको र सुशान्तको मानसिक स्वास्थ्यको चिकित्सकीय रिपोर्ट सार्वजनिक गर्ने धम्की दिएको उल्लेख छ। योसँगै रियाले सुशान्त घरबाट पैसा र गहना लगेकोसमेत आरोप लगाएका छन्। यी हुन् सुशान्तका बाबुले एफआईआरमा लगाएका पाँच आरोपः लकडाउन सुरू…

पुरा पढ्नुहोस

बिरालोको बच्चामाथि एक हप्तासम्म सामूहिक बलात्कार

एजेन्सी / पाकिस्तानको लाहौरबाट पशु क्रुरताको एउटा यस्तो खबर सार्वजनिक भएको छ जसमा मानवतालाई लज्जित पारिदिएको छ । लाहौरमा १५ वर्षका किशोर र उनका साथीहरुले एक बिरालोमाथि क्रुरतापूर्वक सामूहिक बलात्कार गरेका कारण बिरालोको बच्चाको मृत्यु भएको पशु अधिकार संगठनले जानकारी दिएको छ । पशु अधिकार संगठन जेएफके एनिमल रेस्क्यू सेल्टरले घटनाको जानकारी आफ्नो फेसबुक ह्यान्डलमा साझा गर्दै किशोरहरुको जघन्य अपराधबारे जानकारी दिए । पशु अधिकारका लागि काम गर्ने संगठनको फेसबुक पोस्ट अनुसार बिरालोको बच्चालाई किशोरका परिवारले खरिद गरेका थिए । जब उनीहरुले बिरालोको बच्चालाई घर लिएर आए तब उनका साथीहरुले…

पुरा पढ्नुहोस

डार्बिनमा हरि रिजालको भब्य बिदाइ

सामाजिक एबम परोपकारी व्यक्तित्त्व हरि रिजाललाई डार्बिन स्थिति बिबिध संघ संस्था र व्यक्तित्वहरु ले यहाँको समुदायमा उँहाको योगदानको कदर गर्दै बिदाइ गरेका छन् । ११ बर्षको डार्बिन बसाइ पछि रिजाल सपरिवार गोल्ड कोष्ट बसाइ सराइ संगै उँहाका अबका दिन हरु सुखद रहुन भन्ने कामना सहित बिगत एक महिना देखि बिबिध कार्यक्रम सहित उँहाको बिदाइ कार्यक्रम भएको डार्बिनबाट कृष्ण रानाभाटले बताए। बिगतमा यहाँको बिबिध सामाजिक संस्थामा सक्रिय रही एनआरएनए एनटि राज्य कार्यसमितिको संयोजकको रुपमामा रिजालले सफल कार्य सम्पादन गरेको बिदाइ कार्यक्रममा धेरैले स्मरण गरे। एनआरएनए एनटि राज्य कार्यसमितिको संयोजक रहँदा रिजाल…

पुरा पढ्नुहोस

जब मास्कको अण्डरवेयर मात्र लगाएर निस्किए…

एजेन्सी — लण्डन सहरमा कोरोना संक्रमणको बढ्दो कहरका बीच एकजना व्यक्ति मास्कको पेन्टी लगाएर यताउता घुमिरहेको देखियो । जिउमा अरु लुगा नलगाएका र मास्कको अण्डरवेयरले गोप्य अंग छोपेका ती युवकलाई देख्ने मानिसहरु ट्वाँ पर्नु स्वभाविकै थियो । बेलायतको राजधानी लण्डन सहरको सडकमा घुमिरहेका ती युवक धेरै जना महिलाहरुको नजिकबाट समेत हिँडिरहे । आसपासमा रहेका मानिसहरुले उनको तस्वीरु समेत खिचिरहेका देखिन्थे । कोरोना भाइरस संक्रमणको बढ्दो प्रभावलाई मध्यनजर गर्दै अक्सफोर्ड लगायत लण्डनका विभिन्न इलाकामा अहिले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू भएको छ । सुपर मार्केटहरुमा समेत मानिसहरु अनिवार्य रुपमा मास्क…

पुरा पढ्नुहोस

चिनियाँ वाणिज्य दूतावासको ढोका फोरेरै अमेरिकी अधिकारीले छापा मारे

वासिङटन : अमेरिकाको हस्टनस्थित चिनियाँ वाणिज्य दूतावासको कार्यालयमा अमेरिकी अधिकारीहरुको समूहले जबर्जस्ती ढोका खोलेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाणिज्य दूतावास बन्द गर्ने आदेश दिएपछि दूतावासको कार्यालयमा यस्तो दृश्य देखिएको हो । शुक्रबार साँझ ती अधिकारीहरुले दूतावासको पछाडिपट्टीको ढोका खोल्दै गरेको दृश्य सामाजिक सञ्जालमा समेत छाएको छ । तर अमेरिकी अधिकारी र दूतावासका अधिकारीहरुले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । चिनियाँ अधिकारीहरुले शुक्रबार दूतावास छाडेको केही घण्टामै अमेरिकी अधिकारीहरुले कार्यालयको ढोका खोलिदिएका हुन् । यस्तै घटनास्थलमा ट्रम्पको आदेश आउनुअघि नै आगो बलिरहेको दृश्य समेत देखिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्…

पुरा पढ्नुहोस

चीनद्वारा महत्वाकाँक्षी मंगल यान प्रक्षेपण

वेनचाङ / अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मंगलग्रहको अध्ययनका लागि आगामी जुलाई ३० मा अर्को अन्तरिक्ष यान प्रक्षेपण गर्ने योजना बनाएको छ । दुबै मुलुकबीच अथाह खगोलीय पिण्डहरुको खोजीमा अहिले प्रतिस्पर्धाकै स्थिति उत्पन्न भएको छ । चीनले आफ्नो मंगल अभियानलाई तियानवेन–१ (“स्वर्गको जिज्ञासा”) राखेको छ । चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । प्रक्षेपण सफलतापूर्वक सम्पन्न भएको भन्दै इन्जिनियर र अरु कर्मचारीले खुशीयाली…

पुरा पढ्नुहोस

सडकमा निर्वस्त्र उभिएर प्रदर्शन गर्ने ‘नेकेड एथेना’

हावामा टियर ग्यासको धुवाँ रिङमिगिएको थियो। प्रदर्शनकारीहरू धुवाँ छल्न बीच सडकबाट लाखापाखा लागेका थिए। त्यही बेला एक युवती धुवाँको बादल चिर्दै सडकमा देखापरिन् र सुम्सुम्ती प्रहरीतर्फ बढिन्। छरिएका प्रदर्शनकारी हेरेका हेर्‍यै भए। अलि पर उभिएका प्रहरीले पनि केही कारबाही गर्न सकेनन्। यो अमेरिकाको पश्चिम तटीय सहर पोर्टल्यान्डमा शनिबार राति भएको प्रदर्शनको दृश्य हो। बीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीले आफ्नो साहसका कारण मात्र सबैको ध्यान तानेकी थिइनन्। उनले सबैलाई चकित पार्नुको अर्को कारण पनि थियो। ती युवती बिल्कुलै नग्न अवस्थामा थिइन्। उनले शिरमा कालो टोपी र मुखमा…

पुरा पढ्नुहोस

शाहरुख खानले आफ्नो घरलाई किन प्लाष्टिकले ढाके ?

मुम्बईमा कोरोनाभाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको जकडमा आइरहेका छन् । केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् । बच्चन परिवारका सदस्य अहिले अस्पतालमा भर्ना छन् र आफ्नो उपचार गरिरहेका छन् । यसैबीच नायक शाहरुख खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेका छन् । स्मरण रहोस्, शाहरुख खान आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका छन्…

पुरा पढ्नुहोस