राजा वीरेन्द्रको वंशनाश गरिएको त्यो दिन, १९ वर्ष बिते तर रहस्य अझै इतिहासकै गर्भमा

काठमाडाैँ, १९ जेठ । आजभन्दा ठीक १९ वर्षअघि आजकै दिन नेपालको इतिहासमा कालाे पाेतिएकाे थियाे । त्रासदीमय त्याे घटना ‘कालरात्रि’का रूपमा नेपाली इतिहासमा दर्ज छ । त्याे थियाे- लाेकप्रिय राजा वीरेन्द्र शाहकाे वंशनाश हुनेगरी रचिएकाे दरबार हत्याकाण्ड । १९ वर्ष बिते तर घटनाकाे रहस्य अझै इतिहासकै गर्भमा छ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको त्याे त्रासदीमय घटना २०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी दरबारमा घटाइएकाे थियाे । राजा वीरेन्द्रसहित रानी ऐश्वर्य राज्यलक्ष्मी, छोरा युवराज दीपेन्द्र, छोरा राजकुमार निराजन र छोरी राजकुमारी श्रुति मारिएर…

पुरा पढ्नुहोस

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २१ यात्रु घाइते भएका छन्…

पुरा पढ्नुहोस

क्वारेन्टाइनका सबैलाई निःशुल्क पीसीआर परीक्षण गर्नू : सर्वोच्च

काठमाडौं : सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पिसिआर परीक्षणको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार कोभिड-१९ विरुद्ध प्रत्यक्ष र अग्रिम पङ्क्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स र स्वास्थ्य सेवामा खटिएका कर्मचारीलाई सुरक्षाको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। ‘स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाइकर्मीहरु तथा आम जनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोशाक, वस्तु, उपकरण लगायतका सम्पूर्ण सामग्रीहरु पर्याप्त…

पुरा पढ्नुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग विस्तार, कोरोना सुरक्षाका लागि संरचना तयार गरिदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन सय मिटर धावनमार्ग विस्तार भएको छ। आइतबार सञ्चारमाध्यमलाई स्थलगत अवलोकन गराउँदै विमानस्थलले भौतिक संरचना तथा कोरोना जोखिम नियन्त्रणका लागि अपनाइने नयाँ संरचनाबारे जानकारी दिएको हो। कोरोना संक्रमण फैलिन नदिन सामाजिक दुरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जनाएको छ। विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी सहितको प्राविधिक टोलीले सामाजिक दुरी कायम गर्दै दुवैतर्फका उडानको टर्मिनल भवनमा बनाइएको नयाँ संरचनाबारे जानकारी दिएका हुन्। पुरानो तीन हजार मिटर धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर बनाइएको छ। विस्तारित धावनमार्गमा रनवे र एप्रोच लाइटिङको काम बाँकी छ। कोरोनाका प्रभावले दुई…

पुरा पढ्नुहोस

लकडाउनको समयमा जनकपुरमा तरुण दलको विरोध प्रदर्शन, प्रहरीद्वारा लाठी चार्ज

जनकपुरधाम, १८ जेठ । लकडाउनको समयमा जनकपुरधाममा सरकारको विरोध गर्दै तरुण दलले मसाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरेको छ । तरुण दल जनकपुर नगरकमिटीका युवाहरुले आज स्थानीय सरकार र प्रदेश सरकारले जन–भावना विपरित काम गरेको भन्दै मसाल जुलुस निकालेपछि प्रहरीले लाठीचार्ज गरेको हो । जनकपुरधामको जनक चोकबाट तरुण दलका नगर उपाध्यक्ष राकेश विक्रम साहको नेतृत्वमा निकालिएको मशाल जुलूस भानु चोकमा पु¥याएसँगै धनुषा प्रहरीले लाठी चार्ज गरेको हो । लाठी चार्जबाट तरुणका आधा दर्जन युवाहरु घाइते भएका तरुणदल जनकपुर नगर कमिटीले न्यूज २४ लाई जनाएको छ । जनकपुरधामको लागि आरटी पीसीआर…

पुरा पढ्नुहोस

कस्ता कस्ता नागरिक तत्काल स्वदेश फर्किन पाउँछन्, सरकारले तय गर्‍यो प्राथमिकता

सरकारले भारतबाहेकका मुलुकबाट स्वदेश आउन चाहने नेपालीहरूका लागि प्राथमिकता तोकेको छ। नेपाल फर्किन चाहने सबैलाई एकैचोटि ल्याउन नसकिने भएकाले प्राथमिकता तोकिएको हो। कोभिड-१९ जोखिम व्यवस्थापन समिति (सिसिएमसी) ले भारतबाहेकका देशबाट १० लाख नेपाली फर्किन चाहने अनुमान गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार भने तत्काल फर्किन चाहनेहरू ६ लाख छन्। बढीमा २५ हजारलाई मात्र पहिलो चरणमा फर्काउन सकिने परराष्ट्रमन्त्रीले सार्वजनिक रूपमै बताउँदै आएका छन्। परराष्ट्र स्रोतका अनुसार मध्यपूर्वबाट नेपाल फर्किन चाहनेको संख्या ठूलो छ। होटल क्षेत्रमा काम गर्नेहरूले ठूलो मात्रामा रोजगारी गुमाएको परराष्ट्रको तथ्यांकमा छ। कतिपय नेपाली अब विदेश नबसी नेपालमै आएर…

पुरा पढ्नुहोस

‘जनता त दिनदहाडै मरिरहेको छ, यहाँ भाषण गरिरहेको छ- मर्न दिँदैन, भनेर’

काठमाडौं, १८ जेठ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले बजेटले जनतामा उत्साह पैदा नगरेको बताउनुभयाे । आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सरकारले बजेटमार्फत् संघीयतालाई कमजोर पार्न खोजेको समेत आरोप लगाउनुभयो उहाँले परम्परागत बजेट भएको र राज्यको चरित्रअनुसारको बजेट भएको टिप्पणी पनि गर्नुभयाे । ‘यो बजेट त राज्यधारी जो छन् उनीहरूको पक्षपोषण गर्न ल्याइएको बजेट हो । राज्यविहीन राष्ट्रियताहरूलाई सिमान्तिकृत गर्ने कमजोर गर्ने प्रकारको बजेट आएको छ,’ उहाँले भन्नुभयाे । नेता महताेले राज्यको चरित्र धनीलाई धनी बनाउने, शक्तिमा रहेकाको महिमागान गर्ने र कमजोर वर्ग तथा…

पुरा पढ्नुहोस

सत्तारूढ दलभित्रै बजेटबारे समझदारी छैन : प्रकाशमान सिंह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले बजेटको विषयमा सत्तारूढ दल नेकपाभित्रै समझदारी नभएको बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद सिंहले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा समेत रहेको प्रशारण लाइनको काम स्थगन गर्ने सत्तारूढ नेकपाको निर्णयमाथि प्रश्न उठाएका हुन्। सरकारले ल्याएको बजेटमा परेको ४ सय केभी अन्तरदेशिय प्रसारण लाइनको काम रोक्ने निर्णयले बजेटको विश्वसनियतामा प्रश्न उठाएको सिंहले बताए। लप्सीफेदी-रातामाटे-हेटौंडा र लप्सीफेदी-रातामाटे-दमौली-बुटवल प्रशारण लाइन बनाउने विषय सरकारले बजेट र नीति तथा कार्यक्रममा समेटेको थियो। यी एमसिसीभित्र परेका आयोजना हुन्। तर नेकपाको सचिवालय बैठकले एमसिसी संसदमा प्रस्तुत गर्ने…

पुरा पढ्नुहोस

सिद्धबाबा सुरुङमार्ग निर्माण यसै बर्षबाट सुरु हुने

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सिद्धबाबा सुरुङ मार्ग लगायतका सुरुङमार्ग बनाउन सुरु गर्ने  बताएका हुन् । सुरुङमार्गहरूको निर्माणका लागि ६ अर्ब ४२ करोड बजेट छु्ट्याएको छ । सिद्धबाबा, टोखा–छहरे लगायतका नयाँ सुरुङमार्ग निर्माण गर्ने योजना सहित सरकारले बजेट विनियोजन गरेको हो ।

पुरा पढ्नुहोस

१३ वर्षीया बालिकामा डेङ्गु सङ्क्रमण, सङ्क्रमितको संख्या १० पुग्यो

हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् । बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए । उनका अनुसार बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ । सङ्क्रमित बिरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए…

पुरा पढ्नुहोस