बाबुराम बने जसपा संघीय परिषद् अध्यक्ष

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष बनेका छन्। जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाबुरामलाई संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिएको हो। बैठकले केन्द्रीय समिति संघीय परिषद्प्रति उत्तरदायी हुनेछ भन्ने विधान पनि पारित गरेको छ। त्यसैगरी जसपाले सांसद रेशम चौधरीलाई रिहाईका लागि अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। मंगलबार केही महत्वपूर्ण निर्णय गर्दै कार्यकारिणी समितिको बैठक सकिएको हो। थप निर्णयको जिम्मा ५ शीर्ष नेतालाई दिइएको छ। सोमबार र मंगलबार दुई दिन चलेको बैठकले करिब ११ सय सदस्यीय संघीय परिषद र ८०१ सदस्यीय केन्द्रीय समिति गठन…

पुरा पढ्नुहोस

दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली

प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन् । ‘एउटै पार्टीका नेताहरुलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो । समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ । उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन । यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने । ‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै…

पुरा पढ्नुहोस

ओलीले बालुवाटार बोलाउँदा प्रचण्डले भने– म आउँदिनँ

१ कात्तिक, काठमाडौं । प्रदेश सरकारका देखिएको विवाद समाधानका लागि कर्णालीका नेकपा नेताहरु तीन दिनदेखि काठमाडौंमा छन् । विहीबार र शुक्रबार दुईदिन कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका उनीहरु शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । कर्णालीका पदाधिकारीसँगको छलफलमा सहभागी हुन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पनि शनिबार बालुवाटार बोलाएका थिए । तर, प्रचण्डले प्रधानमन्त्रीलाई ‘तपाई आफैं छलफल गर्नोस्’ भनेर सुझाएको स्रोतले अनलाइनखबरलाई बतायो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि चर्किएको विवाद समाधान गर्न कर्णालीका नेकपा पदाधिकारीहरुलाई…

पुरा पढ्नुहोस

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं- प्रधानमन्‍त्री केपी ओलीले मन्‍त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो मन्त्रिपरिषद् बैठक आज साँझ बस्‍ने भएको छ । प्रधानमन्‍त्री ओलीले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्।= प्रधानमन्‍त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेका थिए। हेरफेरमा तीनजना नयाँ मन्‍त्रीहरू थपिएका थिए भने दुईजनाको जिम्मेवारी परिवर्तन गरिएको थियो।

पुरा पढ्नुहोस

प्रधानमन्त्रीले मनपरी गरेको माधव नेपाल पक्षको आरोप

२८ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पक्षका तीन नेतालाई मन्त्री बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र हल्लीखल्ली मच्चिएको छ । प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावलाई पूृर्णतः बेवास्ता गरेर मनपरी ढंगबाट अघि बढेको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएको छ । प्रधानमन्त्रीले बुधबार अपरान्ह मन्त्रिपरिषद पुनर्गठन गरेर राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भइसक्दा पनि झलनाथ खनाल, माधवकुमार नेपाललगायत सचिवालयका नेताहरुले यसबारे सुइँकोसम्म पाएका थिएनन् । जबकि विगतको स्थायी कमिटी बैठक र त्यसबाट गठित कार्यदलको सुझावमा पार्टीको सहमतिमा सरकार सञ्चालन गर्ने भनिएको माधव नेपाल पक्षका एक स्थायी…

पुरा पढ्नुहोस

मन्त्रिमण्डल हेरफेरमा प्रचण्डको असन्तुष्टि

मन्त्रिमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड असन्तुष्ट बनेका छन् । स्थायी कमिटी र सचिवालयको स्पिरिटअनुसार पुनर्गठन नभएको भन्दै प्रचण्ड असन्तुष्ट बनेको प्रचण्डनिकट स्रोतले बताएको छ । ‘प्रधानमन्त्रीले जसरी पुनर्गठन गर्नुभएको छ, त्यो स्थायी कमिटी र सचिवालय बैठकको निर्णयअनुसार भएन,’ प्रचण्डनिकट स्रोतले भन्यो । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बुधवार बिहान करीब ३ घण्टा भेटवार्ता भएको थियो । भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनको बारेमा छलफल नभएको स्रोतले दाबी गर्यो । गत भदौ २६ गते सम्पन्न नेकपाको पाचौं स्थायी कमिटी…

पुरा पढ्नुहोस

कर्णाली विवादमा मुछिएका नेताहरूलाई ओली प्रचण्डले काठमाडौँ बोलाए

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ‘छापामार’ शैलीमा गत आइतवार अविश्वासको प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिको तत्कालीन व्यवस्थापन भएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरूलाई मन्त्री दिने भनिएपछि समस्याको तत्कालीन हल भएको हो । यससँगै विवादमा मुछिएका नेताहरूलाई केन्द्रका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले काठमाडौँ झिकाउने भएका छन् । मंगलवार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच यसविषयमा छलफल भएको थियो । छलफलमा अस्थीरता निम्त्याउने गरी कर्णालीमा भइरहेको राजनीतिक घटनाक्रमका बारेमा थप बुझ्न मुख्यमन्त्री शाही, यमलाल कँडेल, चन्द्रबहादुर शाही, पूर्व सचेतक गुलाबजंग…

पुरा पढ्नुहोस

नेम्वाङको टेलिफोनपछि कर्णालीमा मन्त्रीको राजीनामा रोकियो

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका यमलाल कँडेललाई थप कदम नचाल्न नेकपा नेता सुवास नेम्वाङले सुझाव दिएका छन् । पार्टीको प्रतिनिधिसभाका संसदीय दलका उपनेता नेम्वाङलाई मंगलबार बिहान कँडेलले टेलिफोन गरेर अब चाल्नुपर्ने प्रक्रियाबारे सुझाव मागेका थिए । तर, नेम्वाङले पार्टीका दुई अध्यक्ष छलफलमा जुटकाले प्रधानमन्त्रीको निर्देशन नआएसम्म कुनै प्रक्रिया अगाडि नबढाउन सुझाव दिएका छन् । त्यसअगाडि त्यहाँका मन्त्रीहरुले नेम्वाङसँग टेलिफोन सम्वाद गरेका थिए । ‘मैले राजीनामा नदिनुहोस् भनेको छु, राजीनामाले समस्या झनै बढाएर लैजान्छ’, नेम्वाङले भने । नेम्वाङको टेलिफोनपछि कर्णालीमा…

पुरा पढ्नुहोस

कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, मन्त्रिपरिषद् पुनर्गठन हुने

२७ असोज, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो । यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् । संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय…

पुरा पढ्नुहोस

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाकै १८ सां‌सदले दर्ता गराए ‘अविश्वासको प्रस्ताव’

सुर्खेत, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ । मुख्यमन्त्री शाहीविरूद्ध उहाँकाे आफ्नै पार्टी सत्तारुढ दल नेकपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । आइतबार मुख्यमन्त्रीविरूद्धकाे अविश्वास प्रस्ताव नेकपाकै कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएकाे र त्यसलगत्तै सांसदहरुको टोलीले प्रदेशसभा सचिवालयमा पुगेर प्रस्ताव दर्ता गराएकाे जनाइएकाे छ । नेकपाका १८ जना सांसदहरुले आइतबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । दलभित्रका सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएको संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले…

पुरा पढ्नुहोस