अध्यादेशले कसरी आफैं दबाबमा परे प्रधानमन्त्री ओली ?

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने आश्वसन दिए । अध्यक्ष दाहालले अध्यादेश फिर्ता लिन र स्थायी कमिटी सदस्यहरुको माग बमोजिम बैठक बोलाउन ओलीलाई सुझाव दिएका थिए । त्यही भेटमा ओलीले अध्यादेश फिर्ता लिन आफू सकारात्मक भएको बताएका थिए । केपी शर्मा ओली । फाइल तस्बिर दाहालसँगको भेटपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले बालुवाटार बोलाएका थिए। केही ढिला गरी पुगेका नेपालले पनि अध्यादेश फिर्ता लिन सुझाव दिएको उनी निकट एक नेताले बताए। संविधानको धारा…

पुरा पढ्नुहोस

उत्तर कोरियाली नेता किम जोङ जीवन मरणको दोसाधमा

काठमाडौ । विश्व अहिले कोरोना महामारीको चपेटमा परेको छ । तर, उत्तर कोरियाले त्यहाँ एकजना पनि कोरोना संक्रमित नभएको बताएको छ । यो बीचमा खबर आएको छ कि उत्तर कोरियाली तानाशाह ३६ वर्षीय किम जोङ उनको जिन्दगी जोखिममा रहेको छ । अमेरिकी अधिकारीका अनुसार किमको स्वास्थ्य एक अप्ररेशन पछि खराब भयो । यो भनिन्छ कि किम १५ अप्रिलमा उनको हजुरबाको कार्यक्रममा भाग लिएनन् । यस पछि, उनको स्वास्थ्य को बारे मा अनेक टिप्पणीहरु सुरु भएका थिए । उनको आणविक कार्यक्रमले अमेरिकालाई चिन्तित बनाएको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जा–इनको…

पुरा पढ्नुहोस

भोजपुरका एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं : भोजपुरका एक जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए । बिहीबारसम्ममा १० जना डिस्चार्ज भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । यसअघि बिहीबार नै १४ वर्षीय बालक र ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको पुष्टि भएको थियो । बिहीबार ललितपुरको पाटन अस्पतालमा…

पुरा पढ्नुहोस

घरमै बसेर रमजान मनाउन मुस्लिम समुदायलाई आग्रह

काठमाडौं : मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान मनाउँदा घरमै बसेर मनाउन आह्वान गरिएको छ । चर्चित गजल गायकद्वय उस्ताज अहमद हुुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गरेका हुन् । कोरोनाभाइरसको सङ्क्रमण फैलिने खतरा र बन्दाबन्दीको कार्यान्वयन गर्नुपर्ने पक्षलाई ध्यान दिँदैै घरमै रमजान मनाउनु उपयुक्त हुने उनीहरुको भनाइ छ । भारतमा देशव्यापी बन्दाबन्दी लागु भइरहेको छ भने दैनिक दर्जनौँमा कोरोनाभाइरसको सङ्क्रमण देखिँदै गएको छ । उनीहरुले आफैँले बनाएको भिडियो सन्देश मार्फत् लकडाउनको उल्लङ्घन नगरी घरमै बस्न र घरमै रमजान मनाउन आग्रह गरिएको छ । मुस्लीम धर्माबलम्बीहरुले एक महिनासम्म…

पुरा पढ्नुहोस

यसरी लेखियो ‘शोले’ मा गब्बर सिंहको डायलग

जावेद अख्तर भारतका चर्चित कवि, गीतकार तथा फिल्म लेखक हुन्। उनले सलीम खानसँग मिलेर लेखेका ‘शोले,’ ‘जञ्जीर’, ‘दीवार’, ‘त्रिशूल’ लगायतलाई हिन्दी फिल्मकै उत्कृष्टमा गणना गरिन्छ। भारतमा फिल्मको पोस्टरमै लेखकको नाम राख्ने चलन ‘सलीम–जावेद’ बाट सुरू भएको थियो। उनीहरूपछि धेरै समय यो चलनले निरन्तरता पाएन। यिनै जावेद अख्तरसँग लामो अन्तर्वार्ता गरी भारतीय फिल्म उद्योगका बायोग्राफर तथा वृत्तचित्र निर्माता नसरीन मुन्नी कबीरले ‘टकिङ फिल्मस्’ भन्ने किताब लेखेका छन्। सन् १९९९ मा प्रकाशित उक्त किताबमा उल्लिखित ‘शोले’ फिल्मसम्बन्धी अंश हामीले यहाँ अनुवाद गरेका छौं। के ‘शोले’ कुनै फिल्ममा आधारित छ? या कुनै किताब?…

पुरा पढ्नुहोस

अपहरण शैलीमा सांसदलाई होटलमा थुन्नेलाई कारवाही गर : भीम रावल

काठमाडौं : नेकपाका नेता भीम रावलले अध्यादेश प्रकरणलाई लिएर फेरि कडा टिप्पणी गरेका छन् । आफ्नै पार्टीका कार्यकारी नेतृत्वप्रति लक्षित गर्दै उनले टिप्पणी गरेका हुन् । नेता रावलले सिद्धान्त, आदर्श, मुल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहोरी आहाल बनाइ बदनाम गर्ने विगत दोहोरिएको बताए । समाजवादी पार्टीका सांसदलाई नेकपाका नेताहरुले ‘अपहरण’ गरी काठमाडौं ल्याएको समाचार आएपछि नेता रावलले त्यसमा असन्तुष्टि व्यक्त गरेका हुन् । नेता रावलले लेखेका छन्, ‘सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर, अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई…

पुरा पढ्नुहोस

कतारको जेलमा रहेका १७ नेपालीलाई आममाफी

काठमाडौं : कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । उक्त घोषणासँगै १७ नेपालीले आममाफी पाएका हुन्। आममाफीपछि कतारको बन्दी गृहमा रहेका उनीहरु रिहाइ हुनेछन् । लागू औषध कारोवारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरी दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक÷एक नेपाली रिहा हुनेछन् । यो घोषणा लगत्तै प्रधानमन्त्री…

पुरा पढ्नुहोस

क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन् मृत शिशु

रामहरि श्रेष्ठ ओखलढुंगा । उदयपुरको त्रियुगा नगरपालिका २ बाट एक युवती गत चैत्र ९ गते ओखलढुंगा आइपुगिन् । मोलुङ गाउँपालिकाकी ती युवती ९ गते बेलुकाबाटै रामपुरमा रहेको महिला क्वारेन्टाइनमा बस्न थालिन् । उमेर १६ वर्ष बताउने ती युवती क्वारेन्टाइनमा बस्न आउँदा अनुहारमा मलिनता र बिरामी जस्तो देखिन्थिन् । उनलाई क्वारेन्टाइनमा खटिने महिला स्वास्थ्यर्मीले आराम गर्न भनेपछि त्यो रात उनले क्वारेन्टाइनमै आराम गरेर बिताइन् । भोलिपल्ट दिउँसो उनलाई एक्कासी पेट दुख्न थाल्यो । एकैछिनमा शरीरबाट रगत बग्न थाल्यो र त्यहाँ खटिएका स्वास्थाकर्मीहरुले गाडीमार्फत अस्पताल पठाउने तयारी गर्दागर्दै शौचालयमा गएर उनले मृत…

पुरा पढ्नुहोस

१५ वर्षिय बालिकाको आत्महत्या, सुसाइट नोट भेटिएपछि परिवारमाथि शंका

माेरङ / सुसाइट नोट लेखेर आत्महत्या गरेकी मोरङको मिक्लाजुङ्ग गाउँपालिका – ४ सखेवास्थित एक बालिकाका परिवारले आत्महत्या गराउन बाध्य बनाउनेलाई कारवाहीको माग गरेका छन् । गत शनिबार सखेवाकी १५ वर्षिय मन्जु नेम्वाङ्ग लिम्बुले सुसाइट नोट लेखेर आत्महत्या गरेकी थिईन । मृतका परिवारले सत्यतथ्य छानविन गरि आत्महत्या गराउन बाध्य बनाउनेहरूलाई कारवाहीको माग गरेका हुन् । मृतककी दिदी कविताले बहिनीले सुसाइट नोटमा नाम किटान गरि आत्महत्या गरिएको उल्लेख गरेको हुनाले प्रहरीले निष्पक्ष छानविन गरि दोषीलाई कारवाही गराउनुपर्ने बताइन् । इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रमुख प्रहरी निरिक्षक सुवास राईलाई भेटर उनले कारवाहीको माग…

पुरा पढ्नुहोस

ओली एण्ड एसोसिएट्सद्वारा कोरोना भाईरसका कारण प्रभावित बिद्यार्थीलाई सहयोग घोषणा

सिड्नी, अस्ट्रेलिया र नेपालमा बिद्यार्थीहरुको लागि शैक्षिक परामर्श, माईग्रेसन, आयकर र सुपरएनुएसन सम्बन्धी सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसबाट प्रभावित बिद्यार्थीलाई सहयोगको घोषणा गरेको छ । ब्यवसायिक सामाजिक दायित्व पूरा गर्दै ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसका कारण प्रभावित बिद्यार्थीलाई प्रतिव्यक्ति ५० डलर बराबरको आधारभुत ग्रोसरी सहयोग गर्ने घोषणा गरेको हो । यो सहयोग रकम पाउन ओली एण्ड एशोसिएट्सबाट अष्ट्रेलिया आएकै विद्यार्थी हुनुपर्ने छैन । प्रवन्ध निर्देशक भवानी ओलीका अनुसार कम्पनीले कोरोना भाईरसको संक्रमणको अवस्थालाई हेरेर बिद्यार्थीहरुलाई आगामी दिनहरुमा थप सहयोगहरू घोषणा गर्दै जानेछ । हाललाई अस्ट्रेलियाका बिभिन्न…

पुरा पढ्नुहोस