बालुवाटारको सन्देश बोकेर कोटेश्वर पुगे प्रदीप ज्ञवाली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेसँगै नेताहरुको कोठे बैठक र दौडधुप तीव्र बनेको छ । आइतबार दिनभरजसो नेताहरु गुटगत छलफल र भेलामा व्यस्त बने । बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आफु निकटका नेताहरुसँग छलफल गरे भने कोटेश्वरमा वरिष्ठ नेता माधव कुमार नेपाल समुहले छुट्टै छलफल गर्यो । बालुवाटारमा अध्यक्ष ओलीले आफु निकटका नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र मुख्यमन्त्री समेत रहेका शंकर पोखरेलसँग एक घण्टा छलफल गरे । उक्त छलफलमा पार्टीका नेताहरुले स्थायी समिति बैठक बोलाएकाले बैठक डाक्ने या नडाक्ने, डाके कसरी…

पुरा पढ्नुहोस

कोरोनाको विभत्स दृश्य : न्युयोर्कवासीका १० हजार बढी शवहरु मृत टापुको एउटै खाल्डोमा

काठमाडौं, १४ वैशाख । अमेरिकाको न्यूयोर्कमा कोरोना भाइरसको संक्रमणबाट धेरै जनाको ज्यान गएको छ । अहिले न्यूयोर्क कोरोनाका इपी सेन्टर नै बनेको छ । कोरोनाबाट ज्यान गुमाएका दश हजार शवहरु न्यूयोर्कको मृत टापुमा गाडिने भएको छ । उक्त मृत टापुमा लिइएको क्षेत्रफल सामान्य नम्बरको संख्या दश गुणा हुन्छ । अमेरिका कोरोना भाइरसविरुद्धको युद्धको अवस्था गम्भीर छ । शवहरुलाई हास्माटमा ल्याण्डस्केपर्सले पाइन कफिनको तीन वटा चिहानमा गाड्छन् । उक्त एक खाडलको एक सय ५० ट्रेन्च हुन्छ । द हार्ट आइल्याण्ड प्रोजेक्टका अध्यक्ष मेलिन्ड हन्टले उक्त स्थानमा गाडेका शवहरुको सूचीबद्ध गर्नेछन् ।…

पुरा पढ्नुहोस

कोरोना विरुद्धको लडाई जनताको नेतृत्वमा छः भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोनाभाइरस विरुद्धको लडाई भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन् । लडाईमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार बताएका छन् । आमनागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरुले चक्काको काम गरिरहेको उनको भनाई छ । प्रधानमन्त्री मोदीले भने, ‘हरेक नागरिक यस लडाईमा कोरोनाभाइरस विरुद्धको लडाकू हुनु भएको छ ।’ उनले मासिक रुपमा सहभागिता जनाउने कार्यक्रम ‘मन की बात’ मा बोल्दै मोदीले विशाल भारतमा यस्तो लडाई धेरै कठिन भएको पनि उल्लेख गरे । कोरोनाभाइरससँगै आफूहरु…

पुरा पढ्नुहोस

राहतमा कमिसनको लोभ : एउटै चामलमा फरक-फरक बिल

नगरपालिकाका कर्मचारीले कमिसनको लोभमा हतारहतार खरिद र भुक्तानी गरेको आरोप दैलेख — नारायण नगरपालिकाले राहत वितरणका लागि खरिद गरेको खाद्यान्न सामग्रीमा पसलपिच्छे फरकफरक रकम भुक्तानी गरेको पाइएको छ। नगरपालिकाले ११ वटै वडाका ९ सय ५४ विपन्न घरधुरीमा खाद्यान्न वितरण गरेको थियो। दैलेखको नारायण नगरपालिकाले राहतका लागि फरकफरक मूल्यमा खरिद गरेको खाद्यान्नको बिल। तस्बिर : कान्तिपुर विभिन्न वडामा वितरण गरिएको माला ब्रान्डको चामलमा पसलहरुले फरकफरक बिल पेस गरेका छन्। राहत वितरणका लागि चामल र अन्य खाद्यान्न सदरमुकामका मुख्य बजारबाटै खरिद गरिएको थियो। प्रतिकिलो ४१ देखि ५० रुपैयाँमा चामल खरिद गरी भुक्तानी…

पुरा पढ्नुहोस

अध्यादेश प्रकरण : प्रदेश–२ मा नेकपाको ताज खोसियो !

काठमाडौँ — पार्टीभित्रसमेत छलफल नगरी प्रधानमन्त्रीले ‘गुप्त’ योजनासहित अचानक ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले नेकपाको आन्तरिक जीवनमा भाँडभैलो मात्र भएको छैन्, यसैकारण उसको प्रदेश–२ सभामा रहेको प्रमुख शक्तिको हैसियतसमेत गुमेको छ । हुन त प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी र राजपा विभाजन गर्ने उदेश्यले दल विभाजनसम्बन्धी लचिलो अध्यादेश ल्याएको बताएका थिए । तर, अध्यादेश आएलगत्तै समाजवादी विभाजनको प्रयास त तुहियो नै, बरु समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भयो । नतिजा प्रदेश–२ मा नेकपाले पहिलो शक्तिको ताज गुमायो । १ सय ७ सीट रहेको प्रदेशसभामा ३२ सीट पाएको नेकपा…

पुरा पढ्नुहोस

ईपीएस प्रणालीबाट कोरिया जान अनुमति दिने सरकारको निर्णय

काठमाडौं : सरकारले कोरियन भाषा परीक्षा ईपीएस पास भएर छनोट भएका श्रमिकलाई लकडाउनकै अवधिमा कोरिया जान दिने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने तयारीमा रहेका युवालाई दुई देशको सल्लाह र सहमतिमा कोरिया जान दिने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए। ‘ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने श्रमिकलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लानका लागि अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ’, प्रवक्ता खतिवडाले भने। वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय सँगै सरकारले वैशाख २५…

पुरा पढ्नुहोस

एकताको लागि स्विजरल्याण्डको हिमालमा नेपाली झण्डा चम्काइँदै

स्विजरल्याण्ड : कोरोना भाइरस महामारीविरुद्ध विश्व एकताको सन्देश फैलाउन स्विजरल्याण्डको हिमालमा नेपालको राष्ट्रिय झण्डा पनि चम्काइएको छ । स्विजरल्याण्डको जेर्मातस्थित मात्तरहर्नमा चम्किलो बत्तीहरुबीच विभिन्न देशका झण्डा चम्काउने गरिएको छ । सोही बत्तीमा नेपाली झण्डा यही अप्रिल २५ देखि चम्काउन थालिएको हो । नेपाल जस्तै पाकिस्तान, इरान लगायत देशका झण्डा पनि यहाँ चम्काइएको छ । यसरी गत मार्च २४ देखि विभिन्न देशका झण्डा तेजिलो बत्तीमा चम्काउने गरिएको हो । कोरोना महामारीविरुद्ध संघर्षरत मानिसहरुप्रति ऐकवद्धता दर्शाउन र महामारीमा सहायता गर्नेहरुप्रति सद्भाव व्यक्त गर्न यस्तो गरिएको बताइएको छ । जेर्मातको मात्तरहर्न स्विजरल्याण्डको सुन्दर…

पुरा पढ्नुहोस

‘सरकारले ल्यायो कोरोना ट्रेसिङ एप’

विभिन्न इन्नोभेसन र प्रविधिलाई एकिकृत गरेर अघि बढाउन आवश्यक रहेको विज्ञहरुको जोड काठमाडौं– कोरोना नियन्त्रण र रोकथाममा प्रविधिको क्षेत्रबाट उल्लेख्य प्रयास भइरहेको भन्दै सरकारले सबैलाई एकिकृत गरेर प्रभावकारितामा जोड दिन आवश्यक रहेको बताएका छन । शनिवार नेपाल सरकारका प्रतिनिधिहरु सहित विभिन्न विज्ञहरुसँग भएको छलफलमा इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउनु जरुरी हुने कुरामा जोड दिइएको छ । पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा आयोजना भएको वृहत छलफल कार्यक्रममा नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले धेरै युवा, स्टार्टअप र सस्थाहरुले नयाँ इन्नोभेसन, एप्लिकेशन, रोबोट, भेन्टिलेटर लगायतका प्रविधिहरुको विकासमा काम गरिरहेको हुदा, यसलाई…

पुरा पढ्नुहोस

ट्रकको पछाडि लेखिएको सिर्जना

माथिको रचना कुनै एक ट्रकको पछाडि भेटिएको हो । माया, प्रेम, हास्यविनोददेखि दार्शनिक लय पक्रिएका यस्ता रचना प्रायस् सवारी साधनमा पढ्न पाइन्छ । यात्राको दौरानमा सवारीको पछिल्लो भागमा लेखिएका यस्ता सिर्जनाले हामीलाई रोमाञ्चकसँगै गम्भीर पनि बनाउने गर्छ । तर, अब सवारी साधनका पछाडि लेखिएका यस्ता सामग्री पढ्न नपाइने भएको छ । यसअघि नै ट्रकलगायतमा सवारीमा लेखिएका घत लाग्दा हरफ अब मेटिनेछन् भने नयाँ सवारीले पुरानो सवारी साधनको सिको गरेमा कारबाहीको भागिदार बन्नुपर्नेछ । सवारीसाधनहरूको नियमक निकाय यातायात व्यवस्था विभागले सवारी साधनले वर्षौंदेखि लेख्दै आइरहेका यस्ता सामग्रीहरू हटाउन लागेको हो ।…

पुरा पढ्नुहोस

लकडाउनबारे निर्णय गर्न २ बजे बाेलाइएकाे मन्त्रिपरिषद बैठक ५ बजे बस्ने

काठमाडौँ । लकडाउनबारे निर्णय गर्न २ बजे बाेलाइएकाे मन्त्रिपरिषद बैठक एकाएक स्थगित भएको छ । २ बजेका लागि बोलाइएको मन्त्रिपरिषद बैठक ५ बजे बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले गर्दा बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम सिससएमसी सँग छलफल गर्ने भएपछि मन्त्रिपरिषद बैठकको समय ५ बजेसम्म सारीएको हो । आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ। शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो। यसअघि सरकारले घोषणा…

पुरा पढ्नुहोस