आत्महत्या गर्नुअघि चिकित्सकले सुसाइड नोटमा नेताको नाम लेखेपछि…

नयाँदिल्ली : भारतमा गत महिना आत्महत्या गरेका चिकित्सकले ‘सुसाइड नोट’मा राजधानी दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका विधायकको नाम उल्लेख गरेको भेटिएपछि प्रहरीले ती विधायकलाई पक्राउ पुर्जी जारी गरेको छ । आम आदमीका नेता प्रकाश जरवाललाई पक्राउ पुर्जी जारी गरिएको हो । प्रकाशसँगै उनका सहयोगी कपिल नगरमाथि पनि पक्राउ पुर्जी जारी गरिएको छ । बिहीबार दिल्ली प्रहरीले प्रकाशका बाबु र भाइबारे सोधेको थियो । ५४ वर्षीय चिकित्सक दक्षिणी दिल्लीस्थित आफ्नै निवासमा गत अप्रिल १८ मा मृत अवस्थामा भेटिएका थिए । सुसाइड नोटमा नेताको नाम भेटिएपछि चिकित्सकका छोराले उनीविरुद्ध किटानी जाहेरी…

पुरा पढ्नुहोस

प्रहरीलाई मुक्का हान्ने चिनिया नागरिक भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ !

काठमाडौं, २७ बैशाख । शुक्रबार नेपाल सरकारले घोषणा गरेको लकडाउनको उलंघन गर्दै सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनका क्रममा प्रहरी नियन्त्रणमा परेका चिनिया नागरिकहरुमध्ये एक जना नेपालस्थित भिभो मोबाइलका कन्ट्री म्यानेजर रहेका खुलासा भएको छ । ३२ वर्षीय गेभिन नाम गरेका ती व्यक्तिसहित करिब ५० जना चिनिया नागरिकहरुले सिंहदरबारको मुलगेट अगाडि आफ्नो देश फर्कन पाउनु पर्ने भन्दै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहारसमेत गरेका थिए । दर्शनका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि भिभो मोबाइलका ‘कन्ट्री म्यानेजर’ गेभिनसहित चार चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ । प्रदर्शनका क्रममा ‘कन्ट्री म्यानेजर’ गेभिनले एकजना प्रहरी…

पुरा पढ्नुहोस

माइतीघरमा नारा : सरकार ! सीमा मिचियो कि बेचियो ?

काठमाडौं : भारतले लिपुलेक-कालापानी क्षेत्रमा सडक बनाएको विरोधमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन्। शनिबार उनीहरुले माइतीघर मण्डलामा विरोधमा प्रदर्शन गरेका हुन्। ‘सरकार… सीमा मिचियो ! कि बेचियो थाहा चाहियो’ भन्ने नारा लेखिएका कालो ब्यानर बोकेर उनीहरुले प्रदर्शन गरेका थिए।‘नेपाल सरकार सीमा जोड, भारत सरकार सीमा छोड’ भन्ने कालोपट्टि बाँधेका थिए। प्रदर्शनमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नारा लगाएका थिए। लकडाउन र सरकारको विरोध गरेका उनीहरुलाई प्रहरीले केही बेरमै पक्राउ गरेको थियो। भारतले शुक्रबार मात्रै नेपाली पक्षसँग सल्लाह नै नगरी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल…

पुरा पढ्नुहोस

जेठ ५ पछि ठाउँ हेरी लकडाउन खुकुलो हुनसक्छ : विष्णु रिमाल

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जेठ ५ गतेपछि लकडाउन खुकुलो बन्न सक्ने बताएका छन्। शनिबार सेतोपाटीसँग कुराकानी गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले लकडाउन बढ्ने/नबढ्ने कुरा संक्रमण कसरी फैलिन्छ भन्नेले निर्धारण गर्ने समेत बताए। ‘यसमा धेरै मूल्यांकन भइरहेको छ मैले धेरै कुरा भन्ने भन्दा पनि उच्चस्तरीय समन्वय समितिले यस विषयमा अलि बढी गृहकार्य गर्छ। विज्ञ र चिकित्सकहरूले के भन्छन् भन्ने छ,’उनले भने,’संक्रामक रोगहरूसँग सम्बन्धित विज्ञहरूले के भन्नुहुन्छ त्यसकै आधारमा अगाडि बढ्ने र मन्त्रिपरिषदले निर्णय गर्ने हो। आजको स्थिति हेर्दा काठमाडौंमा उच्च सतर्कताकासाथ खुकुलो गर्न सकिने देखिन्छ।’ उनले काठमाडौं जस्तै…

पुरा पढ्नुहोस

लिपुलेकमा भारतले सडक खनेपछि स्थानीय प्रशासन नै चकित

दार्चुला, २७ वैशाख । भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीयस्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रबार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि यहाँका सरकारी निकायलगायत स्थानीय चकित भएका हुन् । गत फागुन पहिलो साता स्थलगत रिपोर्टिङमा जाँदा भारतीय पक्षले नेपाली भूमि प्रयोग गरेर व्यास गाउँपालिका १ र २ वडाको सीमाको पारितर्फ धमाधम सडक बनाइरहेको थियो । माल्पा र बुदीको बीचमा कडा चट्टानी भूभागमा सडकको यता र उता ६ ठाउँबाट मेसिनले कटिङ भइरहेको थियो । लिपुलेकबाट बुदीसम्म एक वर्षअघि नै…

पुरा पढ्नुहोस

ट्रम्पले ह्वाइट हाउसमा बोलाए हिन्दू पुजारी, संस्कृतमा गरियो शान्तिपाठ

एजेन्सी । अमेरिकामा कोभिड–१९ महामारी फैलिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर शान्ति, सुरक्षा र भलाईका लागि शान्ति पाठ गराएका छन् । नेशनल डे अफ प्रेयर सर्भिसका अवसरमा पुजारी हरिश ब्रम्हभट्टले शान्ति पाठ गरेका हुन् । ब्रम्हभट्ट न्यु जर्सींस्थित स्वामी नारायण मन्दिरका पुजारी हुन् । ‘कोभिड १९ को यो समस्याग्रस्त घडी, सामाजिक दूरी र लकडाउनको अवस्थामा मानिसले अशान्त वा त्रास महसुस गर्नु अस्वभाविक होइन । शान्ति पाठ धन, सफलता, प्रसिद्धी वा स्वर्गका लागि गरिने प्रार्थना होइन,’ ब्रम्हभट्टले भने,‘यो शान्तिका लागि सुन्दर हिन्दू प्रार्थना हो । यो यजुर्वेदबाट आएको प्रार्थना हो…

पुरा पढ्नुहोस

क्वारेन्टाइनमा जुम्ल्याहा शिशुको जन्म

दाङ / तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्नुभएका एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् । तुलसीपुर – १३ फूलबारी निवासी अनिता यादवले शुक्रबार राति ९ बजे जुम्ल्याहा बालिकालाई जन्म दिएकी हुन् । भारतको बलरामपुर माइती जानुभएकी यादवलाई घर फर्किनेक्रममा तुलसीपुरस्थित क्वारेन्टाइनमा रहेका बेला व्यथा लागेको थियो । सुत्केरी हुने समय नजिकिएपछि एक्लै पैदल यात्रा गरेर भारतबाट फर्किनुभएका यादव गत बुधबार घर फर्किएकी थिइन् । उनलाइ बिहीबारदेखि क्वारेन्टाइनमा राखिएको थियो । लकडाउनका कारण सवारी साधन नचलेपछि लामो दूरीको यात्रा पार गरेर यादव तुलसीपुर अाएकी हुन् । “एम्बुलेन्समा आउन पैसा थिएन, घर जान…

पुरा पढ्नुहोस

काठमाडौंका यी क्षेत्रमा आइतबार र सोमबार बत्ती नहुने

काठमाडौंका केही स्थानमा दुई दिन विद्युत आपूर्ति रोकिने भएको छ। कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तारको लागि स्यूचाटार–स्वयम्भू फिडरबाट वितरित एच टी लाइनको जम्पर छुटाएर सितापाइला गोल्छा चोकसँगैको सेक्सनलाइजर स्विच काटेर काम गर्नुपर्ने भएकोले ती स्थानको लाइन काटिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। आइतबार र सोमबार बुढाथोकी कोल्ड स्टोर ,मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सट डाउन हुने प्राधिकरणले जनाएको छ।

पुरा पढ्नुहोस

उदयपुरमा थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ११०

उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

पुरा पढ्नुहोस

कोरोना संक्रमितको संख्या १०९ : आइसोलेसनमा १४१ को उपचार हुँदै

काठमाडौं : शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ। जसमध्ये ७८ पुरुष र ३१ महिला छन्। संक्रमितमध्ये ३१ जना निको भएर डिस्चार्ज भएका छन्। ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ सात जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २ र प्रदेश…

पुरा पढ्नुहोस