करुणाजी, मलाई यौनमा रुची छैन, किन होला ?

करुणाजी, नमस्कार । हामीजस्ता समस्यामा परेका मानिसका लागि तपाईका हरेक सल्लाह औषधि सरह छन् । त्यसका लागि म र मेरा केही साथीहरु तपाइलाई हार्दिक धन्यवाद भन्न चाहन्छौं । म यहाँ आफ्ना केही समस्या राख्न चाहन्छु । यो मेरो मात्र होइन, अरुको पनि समस्या होला भन्ने मलाई लाग्छ । झण्डै २५ वर्षअघिको प्रसँग हो । म भर्खरै एसएलसी पास गरेकी कोमल कन्या थिएँ । आफ्नो इच्छा बेगर परिवारको दबाबमा मैले विवाह गर्नुपर्यो । अहिले म ४४ वर्षकी भएँ । केही कुरामा कहिलेकाहीँ पतीपत्नीवीच ठाकठुक परे पनि हाम्रो वैवाहिक जीवनलाई खराब भनिहाल्न…

पुरा पढ्नुहोस

सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै मनमोहन अस्पताललाई कारवाही

काठमाडौँ / वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा सेवाग्राहीसँग बढी शुल्क लिएको भन्दै ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई कारवाही गरेको छ । अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अस्पतालले रु नौ सयमा हुनुपर्ने सेवाको रु एक हजार छ सय लिएको भेटेपछि कारवाही गरिएको हो । लकडाउनका कारण अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको भन्दै स्वास्थ्यकर्मीका साथमा अनुगमन गर्दै आएको छ । विभागले सोमबार नर्भिक इन्टरनेशनल…

पुरा पढ्नुहोस

बर्दियाका कोरोना संक्रमितलाई दाङमा उपचार गर्न अवरोध (विज्ञप्तिसहित)

काठमाडौं –बर्दिया जिल्लाका कोरोना संक्रमितलाई दाङमा उपचार गर्न नदिने एक गाउँपालिकाले जनाएको छ । ङको शान्तिनगर गाउँपालिकाको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालसम्म कोरोनाको कुनै संक्रमण नदेखिएको दाङमा तेस्रो जिल्लाबाट कोरोना संक्रमित बिरामीलाई ल्याइए खतरा हुने जनाएको छ । विज्ञप्तिमा बेलझुण्डीस्थित कोरोना विशेष अस्प्तालमा उपचार गराउन ल्याउनु भनेको जिल्लामा कोरोना भाइरस निम्त्याउनु भएको भन्दै चिराघाट गाउँपालिकाले यस्ता कार्यलाई गम्भीरतापूर्वक लिइदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । यस्तो कार्यलाई उचित समयमै रोकी दाङ जिल्लालाई सम्भावित जोखिमबाट रोक्न समेत आग्रह गरिएको छ । बर्दियामा सोमबार कोरोना संक्रमित भएका बिरामीलाई बेलझुण्डीमा लैजाने…

पुरा पढ्नुहोस

साउदी अरबमा कोरोना संक्रमित नेपालीको सख्या ६ सय ७४ पुग्यो

युएई । खाडी मुलुक मध्य साउदी अरबमा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । ११ जना महिला र अन्य पुरुष नेपाली कोरोना संक्रमित भएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।दूतावासका अनुसार यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो । सबैभन्दा बढी साउदी अरबको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, पश्चिम क्षेत्र मक्का, मदिना, जेद्दा र जजानमा १ सय ४८ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीहरु संक्रमित भएका नेपाली दूतावास…

पुरा पढ्नुहोस

सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न माग

नेपाल पत्रकार महासंघ बागमती प्रदेशले पत्रकारहरु कोरोना भाइरस (कोभिड १९) को जोखिममा रहेको भन्दै उनीहरुमा पीसीआर प्रविधिबाट कोरोना परीक्षणको व्यवस्था गर्न माग गरेको छ । ‘मंगलबार आम नगरिकसँगै सञ्चारकर्मीलाई पनि कोरोना संक्रमण भएको खबरले पत्रकार महासंघ बागमती प्रदेश समिति चिन्तित र दुःखीत भएको छ । उच्च जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यप्रति गम्भीर हुन तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ । यस्तो विषम् परिस्थितीमा जोखिमा रहेका सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन समेत विज्ञप्तिमार्फत माग गरिएको छ। मंगलबार प्रदेश नम्बर २ को पर्सामा २…

पुरा पढ्नुहोस

मोदीको पुत्ला जलाउने एक दर्जन पक्राउ

३० वैशाख, जनकपुरधाम । नेपाली भूमि मिचेर सडक बनाइएको बिरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने एक दर्जन विद्यार्थी नेतालाई मंगलबार जनकपुरधामबाट प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय रमानन्द चोकमा मोदीको पुत्ला जलाउने क्रममा मंगलबार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वव्यूका नेताहरुले पुत्ला दहन गर्नै लाग्दा प्रहरीले हस्तक्षेप गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । विद्यार्थी नेता आनन्द झा, रिक्की यादव, राजन झा, आरपी यादवसहितकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, धनुषा लगेको छ ।

पुरा पढ्नुहोस

पुनः थप १७ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ८ पुग्यो

काठमाडौं, ३० बैशाख । आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । योसंगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै संक्रमितको संख्या २ सय ८ पुगेको छ ।

पुरा पढ्नुहोस

निको भए रुपन्देहीका पहिलो संक्रमित

रूपन्देहीका पहिलो संक्रमित कोटहिमाई गाउँपालिका वडा नम्बर १ पुर्निहवाका २५ वर्षीय युवाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालद्वारा रामनगरस्थित बुटवल धागो कारखानामा संचालित आइसोलेसन अस्पतालमा राखिएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराईले तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिए। आइसोलेसन अस्पतालभित्रै स्पिकरमा गीत बजाएर नाचेको भिडियो सार्वजनिक भएपछि उनी चर्चित भएका थिए। उनको गत शुक्रबार र सोमबार गरिएको दुबै स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।

पुरा पढ्नुहोस

जेठ १ देखि एक जिल्लाबाट अर्को जिल्लामा जाने पास खारेज

सरकारले जेठ १ देखि आवातजावतलाई थप कडाइ गर्ने भएको छ। गृह मन्त्रालयले सम्बन्धित निकायलाई थप कडाइ गर्न निर्देशन दिएको छ। गएको तीन दिनमा लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो। ‘जेठ १ देखि यसअघि दिएको पास खारेज गरिएको छ’, गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अर्यालले सेतोपाटीसँग भने,‘ एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिएको पास खारेज गरिएको हो। यदि कोही बाहिर जान चाहे भने पनि मनासिब कारण देखाएर दुबै जिल्लाको अनुमति लिइनुपर्ने उनले बताए। सरकारी कर्मचारीले सम्बन्धित मन्त्रालयको सचिवले जारी गरेको पासको आधार हिँड्डुल गर्न सक्नेछन्। ती पास पनि…

पुरा पढ्नुहोस

काठमाडौंबाट प्यूठान आएका ११ जनामा आरडीटी पोजिटिभ

प्यूठान : प्यूठानका ११ जनाको र्‍यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) परीक्षण पोजिटिभ देखिएको छ । प्यूठान नगरपालिकाको मरन्ठानामा रहेको क्वारेन्टाइनमा बसेका ८ जना पुरुष र ३ जना महिलाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको प्यूठान नगरपालिका नगरप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिए । उनका अनुसार ती सबैजना काठमाडौंबाट आएका हुन् । उनीहरु प्यूठान नगरपालिकाका स्थानीय हुन्।उनीहरुको स्वाब पीसीआर परीक्षणका लागि भैरहवा पठाउने तयारी भइरहेको कक्षपतीले जानकारी दिए । यसअघि दुईजना युवा आरडीटी पोजिटिभ देखिए पनि उनीहरुमा संक्रमण देखिएको छैन।

पुरा पढ्नुहोस