कोरोना संक्रमितको संख्या २६७ पुग्यो, शुक्रबार १८ जना थपिए

२ जेठ, काठमाडौं । नेपालमा शुक्रबार एकै दिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । शुक्रबार बिहान र साँझ ९/९ जना गरी १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शुक्रबार बिहान मकवानपुर र बाँके तथा साँझ काठमाडौं, वीरगञ्ज र दाङमा नयाँ कोरोना संक्रमितको पुष्टि भएको हो । बिहान मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका हुन् । बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५,…

पुरा पढ्नुहोस

काठमाडौंमा अलपत्र परेका ३ सय ६२ जना धनकुटा पुगे

धनकुटा : लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका ३ सय ६२ जना धनकुटेलीको उद्धार भएको छ। धनकुटाका सात स्थानीय तह तथा धनकुटा-काठमाडौं कोरोना विपद् सहयोग समितिको समन्वयमा उनीहरुलाई ८ वटा बसमा राखेर बिहीबार राति जिल्ला ल्याइएको हो। उनीहरुलाई बिहीबार भेडेटार भन्दा मुनि छोटीमोरङ (धरानतर्फ) सम्म ल्याएर गाडी भित्रै राखिएको थियो। शुक्रबार स्वास्थ्य परीक्षण प्रश्चात सम्बन्धित स्थानीय तहका प्रतिनिधिले आ-आफ्नो पालिकाका व्यक्ति बुझेका छन्। उपचार, अध्ययन तथा रोजगारीको शिलशिलामा काठमाडौंमा रहेका उनीहरुलाई ल्याउन धनकुटाका स्थानीय तह मार्फत पहल गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयाराम श्रेष्ठले बताए। उनका अनुसार अलपत्र परेका…

पुरा पढ्नुहोस

कोरियामा निको भइन् १०४ वर्षीया कोरोना संक्रमित

–जीवन खत्री सउल । दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट आज डिस्चार्ज भएकी हुन् । उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुन् । सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी चोईलाई एक हप्ताअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसपछि उनलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई शुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने…

पुरा पढ्नुहोस

काठमाडौं महानगरका ३१ सरसफाई कर्मचारीमा एन्टिबडी पोजिटिभ, सबैलाई क्वारेन्टाइनमा राखियो

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाका सरसफाई गर्ने ३१ जना कर्मचारीहरुमा आरडीटी परीक्षण गर्दा कोरोना भाइरसको एन्टिबडी पोजिटिभ पाइएको छ । महागनरपालिकाका अनुसार शुक्रबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा ३१ जनाको एन्टिबडी पोजिटिभ देखिएको हो । महानगरपालिकाका अनुसार १५ जना महिला र १६ जना पुरुषमा एन्टिबडी पोजिटिभ देखिएको हो, जसमा चालकहरु समेत रहेका छन् । यकिन गर्नका लागि उनीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी गराइएको छ । शुक्रबार टेकु अस्पतालमा महानगरपालिकाका सरसफाईमा खटिने ६ सय ६४ जना कर्मचारी आरडीटी परीक्षण र २ सय ६८ जना कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको…

पुरा पढ्नुहोस

भारतबाट नेपाल भित्रिएका ३ जनामा आरडिटी पोजेटिभ

बाँके । बाँकेको नेपालगञ्जस्थित जमुनाह सीमा नाकाबाट गए राति प्रवेश गरेका तीन जनामा आरडिटी पोजेटिभ देखिएको छ । जमुनाहा नाकाबाट भित्रिएका विभिन्न जिल्लाका ४६६ जनामा आरडिटी गर्दा सुर्खेत, कालीकोट र नुवाकोट जिल्लाका तीनमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार आरडिटी पोजेटिभ देखिएका तीनै जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरी आजै भेरी अस्पतालको प्रयोगशालामा पु¥याइएको छ । सीमावर्ती भारतीय शहरमा रहेको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई नेपालगञ्ज ल्याइएको छ । गए राति प्रवेश गरेका ६८७ नागरिकमध्ये बाँके र बर्दियाका २२१ लाई…

पुरा पढ्नुहोस

चन्द्रागिरीमा पाँच जनालाई कोरोना संक्रमण देखिएपछि कडाइ, औषधि पसल मात्रै खुल्ने

काठमाडौं : काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरी नगरपालिकाले पाँच जनामा कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएपछि लकडाउनलाई कडाइ गर्न लागेको छ। नगरपालिकाले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ४८५ लाई गरेको पिसिआर परीक्षणमा पाँच जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएपछि लकडाउनलाई कडाइ गर्न लागेको हो। परीक्षण गरिएका ४८५ मध्ये ७२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ। पोजिटिभ रिपोर्ट आएकामध्ये वडा नं ९ मच्छेगाउँका एक, वडा नं १ दहचोकका एक, वडा नं १२ बलम्बुका एक र दुई सशस्त्र प्रहरी बलमा कार्यरत व्यक्ति रहेका छन्। सशस्त्रका दुईमध्ये एकजना अस्पतालमा कार्यरत र अर्को एकजना भक्तपुरको…

पुरा पढ्नुहोस

कैलालीका एम्वुलेन्स चालकहरु सम्मानित

कैलाली, २ जेठ । कोभिड १९ को जोखिमपूर्ण समयमा अग्रपंक्तिमा रहेर सेवा गरिरहेका कैलालीका एम्वुलेन्स चालकहरुलाई कैलाली उद्योग वाणिज्य संघले स्वास्थ्य सामग्री बितरण गर्दै सम्मान गरेको छ । क्यानाडामा रहेका नरबहादुर टण्डनको आर्थिक सहयोगमा एम्वुलेन्स चालकहरुलाई स्वास्थ सामग्री बितरण गरिएको हो । सामाजिक दूरीलाई कायम राख्दै शुक्रवार उद्योग वाणिज्य संघको सभा हलमा गरिएको चालक सम्मान तथा प्रोत्साहन कार्यक्रममा कैलालीको ३२ जना एम्बुलेन्स चालकलाई सम्मान गरिएको हो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले विरामीलाई अस्पतालसम्म पुर्याउन एम्वुलेन्स चालकहरुले पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै उनीहरुलाई खादासहित सम्मान गर्दै स्वास्थ्य सामग्री…

पुरा पढ्नुहोस

बेलायतमा कोरोना संक्रमणबाट ६३ जना नेपालीको निधन

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६३ पुगेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारी अनुसार शुक्रबार बिहानसामको तथ्याँक अनुसार बेलायतमा ६३ जना नेपालीहरुको कोरोनाका कारण निधन भएको पुष्टी भैसकेको हो । मृत्यु हुनेहरुमा ५२ जना पुरुष र ११ जना महिला रहेका छन् । सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु रहेका छन् । अहिलेसम्म ५२ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ । हालसम्म बेलायतको सबैभन्दा कम…

पुरा पढ्नुहोस

लुकीछिपी आवतजावत नरोकिएपछि दशगजा क्षेत्रमा घेराबेरा लगाइँदै

महोत्तरी, २ जेठ । लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो । सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य काठ ठड्याइएर घेराबेरा लगाइन थालिएको छ । जिल्लाका मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित छ स्थानीय तहको सीमा भारतसँग जोडिएको छ…

पुरा पढ्नुहोस

कोरोनाभाइरस भ्याक्सिनः अक्सफोर्ड युनिभर्सिटीले पायो ठूलो सफलता

अमेरिका र बेलायतका केही अनुसन्धानकर्ताले ‘अक्सफोर्ड युनिभर्सिटीमा कोरोनाभाइरसको जुन भ्याक्सिनमाथि काम भइरहेको छ, त्यसको सुरुवाती निष्कर्ष आशाजनक भएको’ बताएका छन् । अनुसन्धानकर्ताले ६ बाँदरको एक समूहमा यो भ्याक्सिनको परीक्षण गरेको र यसले काम गरिरहेको निष्कर्ष निकाले । अब यो भ्याक्सिनको ट्रायल मानिसमाथि चलिरहेको बताइएको छ । साथै केही अन्य वैज्ञानिकमार्फत् भविष्यमा यसको रिभ्यू गरिने पनि जानकारी दिइएको छ । बेलायतको औषधी निर्माता AZN.L ले अघिल्लो महिना आफूले अक्सफोर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका अनुसन्धानकर्तासँग मिलेर कोरोनाभाइरसको भ्याक्सिनमाथि काम सुरु गरेको जानकारी दिएको थियो । बाँदरमा ट्रायलः अनुसन्धानकर्ताले आफ्नो रिपोर्टमा ६…

पुरा पढ्नुहोस