थप १८ जनामा कोरोनाभाइरसको संक्रमण, कूल संख्या ३७५ पुग्यो

काठमाडौँ । नेपालमा थप १८ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धुनषा निवासी २ पुरुषहरु, खोटाङ, हलेसी निवासी १ जना पुरुष, बाँकेको नैनापुर निवासी १२ जना पुरुषहरु, दैलेख आठबिस–१ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी एक जना पुरुष रहेका छन् । हालसम्म प्राप्त विवरण अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ सय ७५ पुगेको छ । यसअघि आज ६२ जनामा कोरोनाभाइरसको सक्रमण पुष्टि भएको थियो । सोमबार एकै दिन सर्वाधिक ८०…

पुरा पढ्नुहोस

रुपन्देहीको क्रीमसन हस्पिटलमा कोरोनाको बिरामि भेटिएपछि अस्पताल शिल

बुटवल । गुल्मी मदाने गाउँपालिका का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रीमसन अस्पताल पुर्ण शिल गरिएको छ । अस्पताल शिल गरिएपछि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन अन्य रोगका विरामिहरुलाई निकालिएको छ भने कोरोना पोजेटिभ देखिएको बिरामीलाई कोरोना विशेष अस्पताल लैजाने तयारी भैरहेको छ । उनी जेठ १ गते ज्याण्डिस रोगको उपचारकालागि गुल्मिबाट बुटवल आएका थिए, उनको क्रीमसन अस्पताल मणिग्रामको भेण्टिलेटरमा रहि उपचार गराईरहेका थिए ।

पुरा पढ्नुहोस

रुपन्देहीको क्रीमसन हस्पिटलमा कोरोनाको बिरामि भेटिएपछि अस्पताल शिल

बुटवल । गुल्मी मदाने गाउँपालिका का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रीमसन अस्पताल पुर्ण शिल गरिएको छ । अस्पताल शिल गरिएपछि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन अन्य रोगका विरामिहरुलाई निकालिएको छ भने कोरोना पोजेटिभ देखिएको बिरामीलाई कोरोना विशेष अस्पताल लैजाने तयारी भैरहेको छ । उनी जेठ १ गते ज्याण्डिस रोगको उपचारकालागि गुल्मिबाट बुटवल आएका थिए, उनको क्रीमसन अस्पताल मणिग्रामको भेण्टिलेटरमा रहि उपचार गराईरहेका थिए ।

पुरा पढ्नुहोस

बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा हुरी, बतास र वर्षा हुने

५ जेठ, काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ छ । मौसमविद प्रतिभा मानन्धरले अनलाइनखबरसँग भनिन्, ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउँमा अलिकति छुन्छ होला, तर पश्चिममा यसको असर पर्दैन ।’ उनले थपिन्, ‘धेरैजसो बंगालको खाडीमा बन्ने चक्रवातले नेपालमा खासै असर पार्दैन,असर परिहाल्यो भने पनि पूर्वी नेपालमा मात्र पार्छ ।’ चक्रवातका कारण मंगलबारबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन…

पुरा पढ्नुहोस

वीरगञ्जमा दुई किशोरीसहित ५ जना पक्राउ

५ जेठ, काठमाडौं । वीरगञ्जस्थित आदर्श नगरमा रहेको चित्रलेखा फोटो स्टुडियोबाट संकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा दुई जना किशोरीसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फोटो सञ्चालकसहित तीन जना पुरुष र दुई जना किशोरीलाई सोमबार बेलुकी नियन्त्रणमा लिएको पुष्टि पर्साका डीएसपी वीरेन्द्रबहादुर शाहीले गरे शाहीले अनलाइनखबरसँग भने, ‘निषेधाज्ञाको समयमा फोटो स्टुडियोमा दुई जना किशोरी कसरी ? कहाँबाट ? त्यहाँ आइपुगे भन्नेबारेमा अनुसन्धान भइरहेको छ । अन्य कुरा अनुसन्धान पछि नै खुल्ने छ ।’ निषेधाज्ञाका कारण सबै बजार पसल बन्द रहँदा स्टुडियोमा किशोरीसहित केही मानिस भेटिनु शंकास्पद भएकाले उनीहरुलाई नियन्त्रणमा…

पुरा पढ्नुहोस

सुदुरपश्चिम प्रदेशमा गरिएको आरडीटी टेस्टमा १२ जनामा देखियो कोरोना पोजिटिभ

कैलाली । सुदुरपश्चिम प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना १९ पोजिटिभ देखिएको हो । उनीहरुको स्वाव संकलन गरी पिसिआर विधिबाट जाच गर्ने कार्य भइरहेको जनाएको छ । १८ हजार ८५९ जनामा आरडिटी परिक्षण गर्दा १८ हजार ८४७ जनाको रिपोट नेगेटिभ छ भने १२ जनामा मात्र पोजिटिभ देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले आज गरिएको कोभिड १९ को मिडिया ब्रिफिङ्गमा सो कुरा को जानकारी दिएको हो ।…

पुरा पढ्नुहोस

धनकुटाकी नर्सलाई कसरी सर्‍यो कोरोना ?

५ जेठ, विराटनगर । आइतबार कोरोना संक्रमण पुष्टि भएकी नर्सको संक्रमण स्रोत पहिचान गर्न मुश्किल परेको छ । जिल्ला अस्पताल धनकुटामा कार्यरत ३४ वर्षकी नर्समा अस्पतालबाट बाहिर नगएकाले संक्रमण स्रोत पहिचान गर्न मुश्किल भएको मेडिकल सुपरिटेन्डेन्ट पुजन विश्वकर्माले बताए । ‘सेवाग्राहीबाटै स¥यो कि भन्ने आशंका छ’ उनले भने । उनका अनुसार अस्पतालमा दैनिक एक सय हाराहारी सेवाग्राही आउँछन्, त्यसैले सेवाग्राहीको पहिचान गर्न पनि समस्या भएको छ । संक्रमित महिलाका श्रीमान मोरङको विराटचोकमा बस्छन् । ५ वर्षका छोरासहित नर्स धनकुटामा बस्थिन् । ‘अस्पताल आउने सेवाग्राहीले खुलेर लक्षण भन्दैनन्’ मेडिकल सुपरिटेन्डेन्ट बिक…

पुरा पढ्नुहोस

गोठमा बसेर मकै गोड्दै ‘नेपथ्य’ का रकस्टार

कोरोना आतंक हुन्थेन भने अमृत गुरुङ जापानको फुकुओका र नागोयाकामा दुई कन्सर्ट सिध्याएर भर्खर त्रिभुवन विमानस्थल ओर्लिएका हुन्थे। त्यसपछि अमेरिकाको कन्सर्ट र नेपाल यात्राको तयारी अघि बढ्न सक्थ्यो। यी पछिल्ला कार्यक्रमको मिति तय हुन मात्र बाँकी थियो। ‘नेपथ्य ब्यान्ड’ का यी ‘फ्रन्ट म्यान’ मञ्चबाट भीडमा लहर फैलाउन र भीडबाट प्राप्त प्रतिक्रियालाई तत्कालै थप ऊर्जामा परिणत गर्न खप्पिस छन्। यिनको कन्सर्टमा ढेस्सिएर नाच्ने, गाउने, चिच्याउने अनि उफ्रिने दर्शकको तरंगले सिंगो हल उत्तेजित हुन्छ। छाती ढक्क फुल्ने गरी राष्ट्रिय झन्डा फहरिएका हुन्छन्। हललाई जतिसुकै वातानुकूलित बनाए पनि मानिसहरूको शरीरबाट निस्कने बाफ रंगीचंगी…

पुरा पढ्नुहोस

आइसोलेसनमा एक युवाको मृत्यु

रोल्पा : रोल्पा नगरपालिका-१ सानो लिबाङका एक युवाको अस्पतालको आइसोलेसनमै रहेको वेला सोमबार दिउँसो मृत्यु भएको छ। लामो समयदेखि मृगौला रोगबाट प्रभावित युवक काठमाडौंको टिचिङ अस्पतालमा उपचार गरि फर्किएका हुन्। २२ वर्षीय युवक मृगौलाको डाइलासिस गराएर गृह जिल्ला फर्काइएको पारिवारिक स्रोतले जनाएको छ। टिचिङ अस्पतालबाट फर्काएका युवकलाई आइतबार राती साढे १० बजे रोल्पा अस्पताल रेउघामा विरामी युवकलाई भर्ना गरिएको थियो। घरमा भन्दा गृह जिल्लाकै अस्पतालमा हेरचाह र उपचार सहज होस् भनेर परिवारले युवकलाई घर नलगेर अस्पताल पुर्‍याएका थिए। युवकलाई आइसोलेसनमा राखिएको थियो। आईसोलेसनमै रहेको वेला युवकको मृत्यु भएको अस्पतालकी डा.…

पुरा पढ्नुहोस

लिम्पियाधुरासहितको नक्सा जारी गर्ने निर्णयमा यसरी पुग्यो सरकार

काठमाडौं । ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गरिनेछ’, राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते शुक्रबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बाचनका क्रममा भनिन्, ‘तदनुरूप नै छुटेको भूमिसमेत समावेश गरि नेपालको नक्सा जारी गरिनेछ।’ राष्ट्रपतिले नीति तथा कार्यक्रमार्फत घोषणा गरेको ४ दिनमै सरकारले लिम्पियाधुरासहितको नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको हो । सोमबारको मन्त्रिपरिषद्ले नक्सा पारित गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए । भूमि व्यवस्था, सहकारी…

पुरा पढ्नुहोस