दाङमा सयौं भारतीय मजदुर लकडाउनबीच सडकमा ,देश फकाईदिन माग

दाङ, ६ जेठ । दाङका इट्टा भट्टाहरुमा काम गर्ने भारतीय मजदुरले देश फर्किन पाउनु पर्ने माग गर्दै लकडाउनको समयमा घोराही क्षेत्रमा प्रर्दशन गरेका छन्। घोराही उपमहानगरपालिका वडा नं. १२ बडरास्थित इट्टा भट्टाबाट मंगलबाार बिहान सयौं भारतीय नागरिक देश फर्किन पाउनु पर्ने माग गर्दै प्रर्दशनमा उत्रिएका हुन्। घोराही – १० नारायणपुर बजार क्षेत्रमा उनीहरुले नाराबाजी गरेका छन्। दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार घर फर्किन पाउनु पर्ने माग गर्दै इट्टाभट्टामा काम गर्ने भारतीय मजदुर नाराबाजी गरी सडकमा उत्रिएका हुन्। प्रदर्शनमा उत्रिएकालाई आज सम्झाई बुझाई गरेर पठाइएको उहाँले जानकारी दिनुभयो…

पुरा पढ्नुहोस

चन्द्रागिरि नगरपालिकामा ९ जनामा देखियो कोरोनाको एन्टिबडी

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा १ सय १३ जनामा गरिएको आरडिटी परीक्षणमा ९ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। मंगलबार गरिएको परीक्षणमा वडा-१२ का २ जना, वडा-१३ का ४ जना र वडा-१४ का ३ जनामा कोरोनाको एन्टिबडी देखिएको चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए। ‘अब उनीहरूको पिसिआर विधिबाट पनि परीक्षण गरिने छ,’ उनले भने। उनीहरूलाई अहिले क्वारेन्टाइनमा राखिएको उनले बताए। चन्द्रागिरि नगरपालिकामा संक्रमित भेटिएपछि नगरपालिकाले परीक्षण सुरू गरेको हो। लकडाउन जारी भएपछि विदेश/भारत र तराईलगायत संक्रमित स्थानबाट नगरपालिका आएकाहरूको परीक्षण गरिएको हो। हालसम्म चन्द्रागिरिमा पाँच जनामा कोरोना संक्रमण भेटिएको छ। उनीहरू…

पुरा पढ्नुहोस

धनकुटा जिल्ला अस्पतालका प्रहरीसहित ५ जनामा देखियो कोरोना

धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकी चार जना संक्रमितमध्ये एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन्। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पताल श्रोतले जनाएको हो। यसअघि पनि सोही अस्पतालकी एक जना नर्सलाई संक्रमण देखिएको थियो। त्यसपछि उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ। मंगलबार नै २७ जना संक्रमित थपिएका हुन्।

पुरा पढ्नुहोस

शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने, एक जनाको १५ हजार !

काठमाडौं – अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिइने भएको हो । लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने छन् । अहिले एक जनालाई परीक्षण गराउन करिब रु १५ हजार लाग्ने गर्दछ । मन्त्रालयका…

पुरा पढ्नुहोस

नौतनवाबाट ४ सय ३७ नेपालीलाई ल्याइयो

भैरहवा — भारतको नौतनवास्थित विभिन्न क्वारेन्टाइनमा दुई साताको बसाई पूरा गरेका नेपालीलाई स्वदेश ल्याउने क्रम जारी छ । मंगलबार साँझ ४ सय ३७ जना नेपालीलाई सुनौली नाका हुँदै स्वदेश ल्याइएको छ । नेपाल ल्याएर उनीहरुलाई सिद्धार्थनगर नगरपालिका, बुटवल नगरपालिका, रोहिणी गाउँपालिका लगायतका रुपन्देहीको क्‍वारेन्टाइनमा राखिएको छ । नवलपरासीका ३ जनालाई भने एम्बुलेन्सबाट भैरहवाबाट त्यसतर्फ पठाइएको छ । नौतनवाका विभिन्न क्‍वारेन्टाइनमा अझै साढे १ हजारको हाराहारीमा नेपाली छन् । भारतमा अलपत्रमा परेका मजदुरलाई गन्तव्यसम्म पुऱ्याउनका लागि भारत सरकारले रेल सेवा सञ्चालन गरेपछि सुनौली नाका हुँदै स्वदेश आउने नेपाली यात्रुको चाप बढ्न…

पुरा पढ्नुहोस

सुनकोशीमा बेपत्ता दुवै युवाको शव फेला

सिन्धुली / सिन्धुलीमा आइतबार सुनकोशी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएका दुई युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार बेपत्ता भएका सुर्खेतको पञ्चकोटी नगरपालिका–७ घर भएका १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय विश्वजनक बुढाक्षेत्रीको शव फेला परेको हो । दुवैजनाको शव आज खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । सुनकोशीमा बेपत्ता भएका दिनेशको फिक्कल गाउँपालिका–५ नारिम खोलाको दोभानमा र जनकको शव फिक्कल गाउँपालिका–५ पञ्चकन्यास्थित सुनकोशी नदीको किनारमा फेला परेको हो । शव फेला परेपछि मुचुल्काका…

पुरा पढ्नुहोस

कोरोना भाइरस खोपको पहिलो मानवीय परीक्षण सकारात्मक, बढायो रोग प्रतिरोधक क्षमता

कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले रोग प्रतिरोधक क्षमता वृद्धि गरेको उत्पादक कम्पनीले जनाएको छ। पहिलो चरणमा आठ जना स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सोमबार सार्वजनिक गर्दै उत्पादक कम्पनी मोडर्नाले भनेको छ, ‘आठ जना स्वस्थ स्वयंसेवीहरूमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ।’ कम्पनीले गत मार्च महिनाबाट खोपको मानवीय परीक्षण सुरू गरेको थियो। परीक्षण क्रममा आठ जना स्वस्थ स्वयंसेवीलाई दुईचोटि खोप लगाइएको कम्पनीले जनाएको छ। यो खोप लगाएपछि रगतमा रोगसँग लड्ने ‘एन्टिबडी’ विकास भएको थियो। उक्त एन्टिबडीको प्रयोगशाला परीक्षण गर्दा त्यसले शरीरभित्र…

पुरा पढ्नुहोस

३०५ आइसोलेसन बेड थप्दै प्रदेश २ सरकार

६ जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले थप ३०५ आइसोलेसन बेड तयार गर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्न सक्ने औंल्याउँदै सरकारले आइसोलेसन बेड थप्ने निर्णय गरेको हो । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवम् समन्वय समितिको मंगलबार बसेको बैठकले आइसोलेसन बेड थप्ने निर्णय गरेको सरकारका प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । सिरहा अस्पतालमा ५० बेड, सिरहा अस्पताल मातहतमा रहने गरी महेन्द्र गेनाइ अस्पतालमा ३० बेड, रौतहटको गौर अस्पतालको मातहतमा रहने गरी गौर नरसिंह इनस्टिच्युटमा ३० बेड,…

पुरा पढ्नुहोस

क्रिमसन अस्पतालका २८ जनाको स्वाब संकलन

६ जेठ, बुटवल । गुल्मी मदानेका कोरोना संक्रमित उपचाररत रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालका २८ जनाको आरटी-पीसीआर टेस्टका लागि मंगलबार स्वाब संकलन गरिएको छ । जेठ १ गतेदेखि उक्त अस्पतालमा उपचाररत ४१ वर्षीय पुरुषमा सोमबार कोरोना पोजेटिभ देखिएपछि मंगलबार अस्पतालका चिकित्सक, नर्ससहित उपचारमा संलग्न कर्मचारी र बिरामीका आफन्त तीनजना गरी २८ जनाको स्वाब संकलन गरिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका स्वास्थ्यकर्मीको टोली अस्पतालमै आएर २८ जनाको स्वाबको नमूना संकलन गरेर लगेको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘आज २८ जनाको स्वाब…

पुरा पढ्नुहोस

क्रिमसन अस्पतालका २८ जनाको स्वाब संकलन

६ जेठ, बुटवल । गुल्मी मदानेका कोरोना संक्रमित उपचाररत रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालका २८ जनाको आरटी-पीसीआर टेस्टका लागि मंगलबार स्वाब संकलन गरिएको छ । जेठ १ गतेदेखि उक्त अस्पतालमा उपचाररत ४१ वर्षीय पुरुषमा सोमबार कोरोना पोजेटिभ देखिएपछि मंगलबार अस्पतालका चिकित्सक, नर्ससहित उपचारमा संलग्न कर्मचारी र बिरामीका आफन्त तीनजना गरी २८ जनाको स्वाब संकलन गरिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका स्वास्थ्यकर्मीको टोली अस्पतालमै आएर २८ जनाको स्वाबको नमूना संकलन गरेर लगेको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए । ‘आज २८ जनाको स्वाब…

पुरा पढ्नुहोस