राहतको विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, डेढ दर्जन घाइते

सिरहा : सिरहाको नरहा गाउँपालिका-१ देवीपुरमा कोरोना प्रभावितहरुलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा शुक्रबार वडा कार्यालयमै कुटाकुट भएको छ। त्यस कुटाकुटमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका डेढ दर्जन बढी घाइते भएका छन्। उनीहरुको उपचारको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ। नेकपाका स्थानीय नेता कार्यकर्ताहरु दुखी चौधरी, चुमन चौधरी, शिवकुमार चौधरी, अजय चौधरी, गुणे चौधरी र कुलदेव चौधरी घाइते भएका छन्। त्यस्तै कांग्रेसका रामजीवन राय, रामचन्द्र यादव, अधिकलाल यादव, रामऔतार मण्डल, फौदार मण्डल, संजय यादव, राजीव मण्डल, नन्दु मण्डललगायत घाइते भएका छन्। उनीहरुलाई ढुंगा र लाठी प्रहारबाट शरिरको विभिन्न…

पुरा पढ्नुहोस

निद्रा हरायो, रोगको जोखिम बढ्यो !

तपाईं कतिबजे सुत्नका लागि ओछ्यानमा जानुहुन्छ ? जवाफ- ९, १० वा ११ । जब ओछ्यानमा पल्टनुहुन्छ, निद्रा आउँछ ? जवाफ- कहाँ आउँछ ? केही समय त यताउता छटपटिएर बित्छ । ओछ्यानमा पल्टनसाथ झ्याप्प निद्रा लाग्दैन । मनमा के-के कुरा खेल्छ । मनमा कुरा खेल्दाखेल्दै कहिले काहीँ औडाह हुन्छ । बेचैन हुन्छ । त्यसपछि त निद्रा गायब । मन बहलाउन यसो पुस्तक हेर्‍यो । टेलिभिजन हेर्‍यो । मोबाइलमा फेसबुक चलायो । समय बित्छ । निद्रा आउँदैन । घडी हेर्दा आतेस बढ्छ, ‘अहो, रात छिप्पिन लाग्यो ।’ एकछिन आँखा चिम्लिएर निदाउने प्रयास…

पुरा पढ्नुहोस

सांसद विकास कोष खारेज गर, कोरोना कोषमा लगानी बढाउ: कांग्रेस

नेपाली कांग्रेसले सांसद विकास कोष खारेज गरेर कोरोना कोषमा लगानी बढाउन सरकारलाई आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेसबुक लाइभमार्फत सांसद विकास कोषमा जाने रकम कटाैती गरी कोरोना कोषमा लैजान आग्रह गरे। त्यस्तै विदेशमा अलपत्र परेकालाई तत्काल स्वदेश ल्याएर उनीहरुलाई क्वारेन्टाइनमा राख्न र पिसिआरमार्फत कोरोना परीक्षण गर्न उनले आग्रह गरेका छन्। हिजो तिनै नेपालीले पठाएको रेमिट्यान्सले मुलुक धानिएको बताउँदै उनले अब राज्यले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको बताए। राज्यले अलपत्र परेकालाई ल्याउने क्वारेन्टाइनमा व्यवस्थित तरिकाले राख्ने, पिसिआरबाट परीक्षण गर्ने, कोरोना देखिएकालाई आइसोलेसनमा राखेर उपचार गर्ने, नदेखिएकालाई सम्बद्ध स्थानीय…

पुरा पढ्नुहोस

थप ९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

९ जेठ, काठमाडौं । थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिम्रौनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै, सप्तरीको बलान-बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका-९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो…

पुरा पढ्नुहोस

गेष्ट हाउसमा जुवा खेल्ने पाँचजना २ लाखसहित पक्राउ

९ जेठ, जनकपुरधाम । गेष्ट हाउसभित्र जुवा खेल्ने ५ जनालाई शुक्रबार जनकपुरधामबाट पक्राउ गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी बाटिका गेष्ट हाउसमा जुवा खेलिरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । पक्राउ पर्नेमा जनकपुरधाम ८ बस्ने ५५ वर्षीय बिल्टु बरही, वडानम्बर १३ बस्ने ३५ वर्षीय मोस्तकिङ राईन, ४७ वर्षीय जसिन कवाडी र ३४ वर्षीय रमेश साहु तथा धनुषाकै मिथिला बिहारी नगरपालिका ७ बस्ने ५६ वर्षीय किशोरी साह छन् । उनीहरुको साथबाट २ लाख ७ हजार ५२५ समेत बरामद भएको धनुषा प्रहरीका प्रबक्ता एवम् डीएसपी रामेश्वर…

पुरा पढ्नुहोस

दिल्लीबाट आएका ज्वरोका विरामीलाई अस्पतालले घर फर्काएपछि…

इनरुवा, ९ बैशाख । भारतको दिल्लीबाट फर्किएका सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ७ का एक पुरुषलाई बसोबासको व्यवस्था मिलाउन वडा कार्यालयलाई समस्या परेको छ । अन्दाजी २४ वर्षका ती व्यक्तिलाई वडा कार्यालयको समन्वयमा नेपाल भारत सीमाको जोगबनीबाट ल्याइएको थियो । ज्वरो आएको हुँदा परिवारको आग्रहमा जोगबनीबाट एम्बुलेन्समा राखी इनरुवा अस्पताल पुर्याईएका बिरामीलाई स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमा राख्न भनि फर्काएकाले समस्या उत्पन्न भएको वडा अध्यक्ष किशोर सिङले बताउनुभयो । सिङका अनुसार अस्पतालबाट घर फर्काइएका व्यक्तिको सम्वन्धमा छिमेकी वडावासीहरुले बिरोध जनाएपछि पुनः एम्बुलेन्समा इनरुवा लगिएको थियो । प्रहरी प्रशासनले बिरामीलाई घरमै राख्न भन्दै…

पुरा पढ्नुहोस

अब १० करोड भन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्ष कैद सजाय

काठमाडौं, ७ जेठ । राष्ट्रिय समाभाको विधायन व्यवस्थापन समितिले भ्रष्टाचारमा संलग्न हुने व्यक्तिलाई अधिकतम १४ वर्ष कैद सजाय गर्ने सहमति जुटाएको छ । समितिले जति धेरै रकम भ्रष्टाचार गरे पनि १० वर्षमात्रै कैद सजाय हुने प्रचलित कानुनी व्यवस्थालाई उल्ट्याएर १० करोड भन्दा बढी जतिसुकै भ्रष्टाचार गरे पनि १४ वर्ष कैद सजाय गर्ने सहमति जुटाएका हो । त्यस्तै, शुक्रबार बसेको समिति बैठकमा जुटेको सहमतिअनुसार १ करोडदेखि १० करोड रुपैयाँसम्म भ्रष्टाचार गरेमा ८ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनेछ । ५० लाखदेखि १ करोड रुपैयाँसम्म भ्रष्टाचार गरेलाई ६ वर्षदेखि ८ वर्षसम्म र…

पुरा पढ्नुहोस

पाकिस्तानमा ९९ यात्रु बोकेको जहाज दुर्घटना

इस्लामाबाद : पाकिस्तानमा यहाँको राष्ट्रिय कम्पनी पिआईएको जहाज दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ९९ यात्रुसहित लाहोरबाट कराँचीका लागि उडेको विमान शुक्रबार दुर्घटना भएको हो । दुर्घटनापछि घटनास्थलबाट धुवाँ उडेको स्थानीय मिडियाले जनाएका छन् । यद्यपि घटनाको पूर्ण विवरण आइसकेको छैन । पाकिस्तानमा कोरोनाभाइरस विरुद्ध लकडाउन खोलिएलगत्तै यो ठूलो दुर्घटना हो । कराँचीमा अवतरण हुनुभन्दा केही पहिले रिहाइशी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । पाकिस्तानमा यसअघि २८ जुलाई २०१० मा विमान दुर्घटना हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो ।

पुरा पढ्नुहोस

कर्णालीका पहिलो संक्रमित भन्छन्–‘मलाई कोरोना भएको विश्‍वासै लागेको छैन’

दैलेख — फागुन पहिलो साता रोजगारका लागि भारतको आग्रा पुगेका उनी एक महिना पनि राम्रोसँग काम गर्न नपाइ नेपाल फर्कनुपर्ने बाध्यतामा परे । विश्वभर फैलिएको कोराना रोगले गर्दा काम गर्ने कम्पनी पनि बन्द भएपछि उनीसँग घर फर्किनुको विकल्प पनि थिएन । कर्णालीका पहिलो कोरोना संक्रमितलाई राखिएको दैलेख सदरमुकाम सरस्वती मावि । स्थानीय सरकारले विद्यालयमा आइसोलेसन बेड बनाएको छ । तस्बिर सौजन्य : अमर सुनार आठबीस नगरपालिका–१ का ३५ वर्षीय ती व्यक्ति अन्य ४७ जनासहित चैत ११ गते आग्राबाट हिँडेर नेपाल–भारत सीमास्थित वनबासा १४ पुगेका थिए । यता नेपालमा पनि आवतजावत…

पुरा पढ्नुहोस

थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप १९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या पाँच सय नाघेको हो। सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको हो । त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष…

पुरा पढ्नुहोस