कसैले चित्त नबुझाएपनि संसदबाट पारित भएको बजेटप्रति समाजको ठूलो हिस्सा अझै असन्तुष्ट

काठमाडौं, २९ जेठ । संसदले आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित गरेको छ । विपक्षीको स्वभाविक ‘धर्म’बीच सत्तारुढ दलकै सांसद र मन्त्रीसम्मले असन्तुष्टि जनाए पनि बजेट हुबहु पारित भयो । जति नै चर्को आलोचना र विवाद हुँदा पनि सितिमिति संशोधन नहुने भएकाले बजेटबारे सदनमा हुने बहसलाई ‘कर्मकाण्डी’ मानिन्छ । आउँदो आर्थिक वर्षका लागि लक्षित त्यो ‘कर्मकाण्ड’ पूरा हुँदा ‘विज्ञ’ अर्थमन्त्रीको आलोचनाको ग्राफ भने ह्वात्तै बढेको छ । अर्थमन्त्री डा। युवराज खतिवडालाई कोविड–१९ को कहरले पनि यसपटक परम्परागत अबधारणाबाट बाहिर निस्किएर बजेट बनाउने अबसर दिएको थियो । तर, सकिएको राष्ट्रियसभाको कार्यकाल…

पुरा पढ्नुहोस

पूर्व सांसदको पनि हैकम चल्छ नदीजन्य पदार्थको दोहनमा !

कपिलवस्तु, २९, जेठ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ६ भग्लापुरमा २ वटा वाटो निर्माणमा पूर्व सांसदले मनपरि चलिरहेको छ । पूर्व सांसद विश्रामप्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनु पर्ने भन्दै सोझै नदीबाट नदीजन्य पदार्थ निकासी गर्दै आएका छन् । स्थानीय ट्याक्टरको प्रयोग गरी नगरका केहि जनप्रतिनिधिहरुलाई सांसदको हैकम चलाउदै मिलेमत्तोमा सिफारिस बनाउदै मनपरि गरेको पाईएको छ । अहिले ठेक्का नै नलागेको संरक्षित ठाउँबाट मनपरि तरिकाले नदिजन्य पदार्थ निकासी भैरहेको छ । सड्क निर्माणमा ७० र ३० को योजना रहेको र ३० प्रतिशत…

पुरा पढ्नुहोस

संखुवासभामा भान्जी बलात्कार गरेको आरोपमा मामा पक्राउ

संखुवासभा / खाँदबारी नगरपालिका घर भएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जबरजस्ती करणी गरेको आरोपमा २६ बर्से युवालाई खाँदबारीबाट समातिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। उक्त किशोरी र पीडकबीच मामाभान्जीको सम्बन्ध रहेको प्रहरीले जनाएको छ। ती युवाले पटक पटक किशोरीलाई जबर्जस्तीकरणी गर्दै आएका खुलेको छ।साल्पासिलिछो गाउँपालिका मामाघर गएको अवस्थामा ती युवाले पटक पटक जबरजस्ती करणी गरेका पीडितका आफन्तले उजुरी दिएका राईले बताए। खाँदबारीबाट पक्राउ परेका उनलाई बिहीबार नै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको राईले बताए। ती किशोरीको…

पुरा पढ्नुहोस

नाकामा मृत्यु भएका युवा कोरोना संक्रमित भएको पुष्टि

भैरहवा — घर फर्किने क्रममा बुधबार बिहान भारतको सुनौलीमा मृत्यु भएका नेपाली युवक कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतको मुम्बइमा रोजगारी गरी घर फर्केका नवलपरासीको सुस्ता गाउँपालिकास्थित कुडिया (साविक कुडिया गाविस–८) का ३५ वर्षीय ती नागरिकको बुधबार बिहान दशगजा सिमाना नजिकै बसिरहेको बेला अचानक मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनको मृत्युपश्चात् भारतीय स्वास्थ्यकर्मीद्वारा कोरोना परीक्षण गर्दा पोजिटिभ आएको जानकारी भारतीय प्रहरीले दिएको बताए । उनका अनुसार कोरोना परीक्षण रिपोर्ट आएपछि उनको अन्त्येष्टि भारततर्फ नै गरिने भएको छ । उनीसँगै यात्रा गरेका…

पुरा पढ्नुहोस

प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन कांग्रेसले असार २ गते देशरभरबाटै ज्ञापनपत्र दिने

काठमाडौँ — कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउन असार २ गते देशरभरबाटै ज्ञापनपत्र दिने भएको छ । केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार प्रधानमन्त्री ओलीलाई ज्ञापन बुझाइएपछि दोस्रो चरणमा असार २ गते संघ, प्रदेश, जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका तर्फबाट ज्ञापन बुझाउने कार्यक्रम कांग्रेसले ल्याएको हो । पार्टी केन्द्रीय कार्यालयद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार संघीय संसद्का तर्फबाट पार्टी संसदीय दलका नेता या प्रमुख सचेतकमार्फत, प्रदेशमा प्रदेश संसदीय दलका नेताले मुख्यमन्त्रीमार्फत, जिल्लामा जिल्ला सभापतिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत र विदेशस्थित जनसम्पर्क…

पुरा पढ्नुहोस

‘सरकारले विदेशमा रहेका श्रमिकको उद्धार गर्न लागेको कि व्यापार ?’

मलेसिया । कोरोना महामारीका कारण मलेसियामा समस्यामा परेका नेपाली नागरिकको उद्दारका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको २–२ वटा चार्टर उडान तालिका तय गरिएको छ । क्वाललम्पुरस्थित नेपाली दूतावासका अनुसार आगामी जुन १५, १८, २० र २१ तारिखका लागि उडान तालिका तय भएको हो । दूतावासले नेपाल फर्किन चाहनेहरुले भरेको फारमअनुसार प्राथमिकताका आधारमा नेपाल फर्किन पाउनेको सूची सार्वजनिक गर्ने जनाएको छ । दूतावासले सूची सार्वजनिक गरेपछि एयरलाइन्स कम्पनीहरुलाई सम्पर्क गरी टिकट खरिद गर्नुपर्नेछ । मलेसियादेखि नेपालसम्मको चार्टर उडानको टिकट दर अमेरिकी डलर ५२० अर्थात ६२ हजार ५०० रुपैयाँ बराबर तय…

पुरा पढ्नुहोस

सीमापारी मृत्यु भएका नेपालीमा कोरोना पुष्टि

भैरहवा : स्वदेश फर्किने आशामा बुधबार भारतको सोनौली नाकमा मृत्यु भएका पश्चिम नवलपरासी सुस्ता गाउँपालिका (साविकको कुडिया ७) का ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। मुम्बईबाट नेपालीको एक समूह बसमा सोनौली नाका आइपुगेको थियो। त्यसमध्ये यी युवकको नाकामा मृत्यु भएको थियो। मृत्यु पश्चात गरिएको कोरोना संक्रमण परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको भारतका नौतनवाका एसडिएम जसधिर सिंहले पुष्टि गरे। मृतक युवकको शव व्यस्थापन भारतमै हुनेछ। ‘मृत्यु भएको युवकको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि भारततिरै उनको शव व्यवस्थापन गर्ने कुरा छ’, रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी…

पुरा पढ्नुहोस

लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धि प्रमाण संकलन गर्न विज्ञ समूह गठन

काठमाडौं : सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धि प्रमाण संकलन गर्न समिति गठन गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकले प्रमाण संकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरेको सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए। कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र समेटेर नक्सा प्रकाशित गरी सरकारले नेपालको वास्तविक भूभाग समेटिएको उक्त नक्सा निशानछापमा समावेश गर्न नेपालको संविधान दोस्रो संशोधन विधेयक जेठ ९ गते सङ्घीय संसद्‍मा दर्ता गराएको थियो। विधेयकमाथि भएको…

पुरा पढ्नुहोस

भक्तपुरमा चिप्लिएर ढलभित्र पसेका ट्रक चालकको ललितपुरमा भेटियो शव

भक्तपुरमा चिप्लिएर ढलभित्र पसी बेपत्ता भएका ट्रक चालक ललितपुरमा मृत अवस्थामा फेला परेका छन्। उनको शव बिहीबार बिहान साढे १० बजे बागमती गाउँपालिका १ भुजेल भन्ने ठाउँमा फेला परेको हो। स्थानीयले उनलाई नग्न अवस्थामा मृत देखेपछि प्रहरीलाई खबर गरेको थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरका एसपी तुलबहादुर कार्कीले जानकारी दिए। बुधबार दिउँसो सवा तीन बजे भक्तपुर नगरपलिका १ चुनदेवीमा ट्रक पार्किङ गरेर झरेका हेटौंडा नगरपालिका ९ घर भएका ५० वर्षीय चालक नरबहादुर राउत चिप्लिएर ढल भित्र पसेका थिए। सोही व्यक्ति भएको भन्ने बारेमा महानगरीय प्रहरी परिसरका डिएसपी दिपक…

पुरा पढ्नुहोस

सरकारी कार्यालय दुई सिफ्टमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने

अब सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने भएको छ। बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्दै लैजानेगरी गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थमन्त्री, सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले दुई सिफ्टमा सरकारी कार्यालय सञ्चालन गरिने भएको जानकारी दिए। उनका अनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट सञ्चालन हुनेछ। त्यस्तै १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन हुने भएको छ। कार्यालयमा भीडभाड नहुनेगरी काम सहज रुपमा सञ्चालन गर्नका लागि यस्तो व्यवस्था गरिएको उनले बताए। आगामी असार १ गतेदेखि सम्पूर्ण सरकारी कार्यालयहरु सिफ्टअनुसार नै सञ्चालन हुने भएको खतिवडाले बताए।

पुरा पढ्नुहोस