क्यारेबियन प्रिमियर लिगका लागि सन्दीप लामिछानेको मूल्य ९० हजार अमेरिकी डलर

काठमाडौं, १० असार । क्यारेबियन प्रमियर लिग (सीपीएल)को ड्राफ्टमा यसपटकको सिजनका लागि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो मुल्य ९० हजार अमेरिकी डलर मूल्य तोकेका छन् । (सीपीएल)ले यो सिजनका लागि खेल्ने खेलाडीहरु छनौंट गर्न आज ड्राफ्ट सार्वजनिक गर्दैछ । सन्दीपले पनि ड्राफ्टमा नाम लेखाउदै आफ्नो मूल्य ९० हजार अमेरिकी डलर अर्थात १ करोड ८ लाख ५७ हजार तोकेका हुन् । सीपीएल ड्राफ्टमा २३ देशका ५ सय ३७ खेलाडीहरुले नाम दर्ता गरेका छन् । जसमा सन्दीप सर्वाधिक चौंथो महंगा खेलाडीमा परेका छन् । ड्राफ्टमा सबैभन्दा महंगा खेलाडीका रुपमा पाकिस्तानका पूर्वकप्तान…

पुरा पढ्नुहोस

क्वारेन्टाइनमा रहेका एक किशोरको मृ’त्यु, छानविन गर्न परिवारजनको माग

जनकपुरधाम, १० असार । क्वारेन्टाइनमा रहेका एक किशोरको प्रादेशिक अस्पताल जनकपुरमा मृ’त्यु भएको छ । मृत्यूपछि उनको मृ’त्युको अनुसन्धानको माग गरिएको छ । भारतबाट आएका एक किशोरलाई धनुषाको हंसपुर नगरपालिकास्थित क्वारेन्टाइनमा भर्ना गरिएको थियो । उनलाई कोरोना भन्दा पनि अन्य रोगकै कारण मृत्युशैय्यामा पुगेपछि अन्तिम अवस्थामा प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो । तर अस्पतालले समेत कोरोनाको आशंका गर्दै बेवास्ता गरेपछि उनको मृत्यु भएको थियो । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित प्रसाही बस्ने १५ बर्षीय राजु सदाको झाडापखालाकै कारण मृत्यु भएको मृतककी आमा निलम देवी सदाले बताइन् । दलित…

पुरा पढ्नुहोस

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ३३५ पुग्यो

कालिकोट, १० असार । कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ३ जना, सुर्खेतका १३ जना, जाजरकोटका १ जना, दाङ्गका १ जना, धनुषाका १ जना र कालिकोटका १ जनामा कोरोना पुिष्ट भएको हो । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ४ जना, रुपन्देहीका १ जना, सप्तरीका १ जना, ताप्लेजुङ्गका १ जना र उदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार नै भगवतीमाई आइसोलेसन सेन्टर दैलेखबाट ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान…

पुरा पढ्नुहोस

नेपालको नयाँ नक्सा जारी गर्दा देखिएको दलहरुबीच एकता अटुट रहनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्सा सर्वसम्मत अनुमोदन गरेकोमा दलहरुलाई बधाई दिनुभएको छ । राष्ट्रपति भवन शीतल निवास पुगेका दलका नेताहरु, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरुलाई धन्यवाद दिदै राष्ट्रपति भण्डारीले दलहरुबीच देखिएको अभूतपूर्व एकता अविष्मरणीय रहेको बताउनुयभो । उहाँले दलहरुबीचको एकताले नै नयाँ नक्सा जारी गर्न, निशान छाप बदल्न संविधान संशोधन गर्न सम्भव र सहज भएको उल्लेख गर्दै कोरोना भाइरस महामारीविरुद्ध दलका कार्यकर्ताहरु प्रतिकार्यमा जुटेर सराहनीय कार्य गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले दलहरुले देखाएको यो एकता…

पुरा पढ्नुहोस

रुकुम जिल्ला अदालतद्वारा सोती घटनामा वडाध्यक्षसहित २३ जनालाई थुनामा राख्न आदेश

काठमाडौं, १० असार । रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जना प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो । त्यस्तै अदालतले एक जनालाई रु एक लाख धरौटीमा रिहा गर्न र तीन जनालाई तारेखमा छाड्न आदेश दिएको छ । मुद्दा पूर्पक्षका लागि थुनामा जानेहरुमा वडाध्यक्ष मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमबहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (१) र परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (३) छन्…

पुरा पढ्नुहोस

भएका एक संक्रमित निको भएसँगै कोरोना शून्य जिल्ला बन्यो मुगु

मुगु, १० असार । पहिलो कोरोना संक्रमित युवाको दोश्रो परीक्षण नेगेटिभ आएपछि मुगु कोरोना शून्य जिल्ला बनेको छ । गत जेठ २२ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा मुगु जिल्ला खत्याड गाँउपालिका वडा नं २ घर भएका २७ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणको पुष्टिसंगै उनी मुगुको पहिलो संक्रमित बनेका थिए । त्यसपछिका दिनमा मुगुबाट पठाइएका स्वावहरुको परीक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको थियो । जेठ २२ गते देखि गाँउपालिकाको रातापानी आईसोलेसनमा बस्दै आएका उनी र गाँउपालिकाका अन्य क्वारेन्टाइनमा बस्दै आएका १५ जनाको…

पुरा पढ्नुहोस

नुवाकोटमा बावुद्वारा आफ्नै ६ वर्षीया छोरीमाथि करणी, आमाको उजुरीपछि प्रहरीले लियो नियन्त्रणमा

नुवाकोट, १० असार । छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ बाट बाबु प’क्राउ परेका छन् । आफ्नै बाबुद्धारा नुवाकोटमा ६ वर्षीया नावालिका छोरी बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पक्राउ पर्नेमा ३६ वर्षीय रामे गुरुङ (नाम परिवर्तन) रहेका छन् । छोरीलाई करणी गरेको भन्दै बालिकाकी आमा अर्थात् गुरुङकी श्रीमतीले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले अहिले आरोप लागेका बाबुलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ । गुरुङले आफ्नै छोरीलाई करणी गरिरहेको अवस्थामा उनकी श्रीमतिले देखेपछि प्रहरीमा खबर गरेकी थिइन् । जिल्ला प्रहरीको टोलीले…

पुरा पढ्नुहोस

अष्ट्रेलियामा वृद्धालाई ठगेको आरोपमा १९ र २२ वर्षे नेपाली पक्राउ

पश्चिमी सिड्नीमा बस्ने एक वृद्धाको हज्जारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षे आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे पक्राउ गरेको हो । ८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो । तत्पश्चात् ती वृद्धालाई उनकै घरमा आउने कुरियरकर्मीलाई तीन हजार डलर दिन आग्रह गरियो । उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो । तीन हजार डलर रकम…

पुरा पढ्नुहोस

विहेको तयारीमा लाग्दा प्रेमीले तनाव दिएपछि आत्महत्या

विराटनगर : विहे गर्न अस्वीकार गरेका प्रेमीले ‘ब्ल्याकमेल’ गर्दै तनाव दिन थालेपछि विराटनगर महानगरपालिका–३ मा बस्दै आएकी एक युवतीले आत्महत्या गरेको घटना बाहिर आएको छ। उदयपुरको बेलका नगपालिका–२ घर भएकी २४ वर्षीया श्वेता पोखरेलको शव झुण्डिएको अवस्थामा आइबार साँझ फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएपछि घटना आत्महत्या नभइकन आत्महत्या दुरुत्साहन रहेको पत्ता लागेको छ । पारिवारिक स्रोतका अनुसार प्रेमी मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का २५ वर्षीय सविन पराजुलीले विहे गर्न अस्वीकार गरेपछि उनको विराटनगरकै अर्का युवकसँग विहेको निधो भएको थियो। विराटनगरमा डेरा गरेी महेन्द्र मोरङ क्याम्पसमा अध्ययनरत श्वेता,…

पुरा पढ्नुहोस

हेटौँडाका एक युवा व्यवसायी मृत फेला

मकवानपुर, १० असार । हेटौँडाका एक युवा व्यवसायी आज बिहान जङ्गलमा मृतावस्थामा भेटिएका छन् । निजको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको शव आज फेला परेको हो । राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जङ्गलमा उनी मृत भेटिएका हुन् । श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ जग्गासम्बन्धी कारोवार गर्ने व्यक्ति भएको जनाइएको छ । रासस

पुरा पढ्नुहोस