थप १८० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको हो।आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २६४ थप कोरोना जितेर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार निको हुनेको संख्या ६ हजार ८११ जना पुगेको छ।

पुरा पढ्नुहोस

यी हुन् बालिका कञ्चनको जबरजस्ती करणीपछि ज्यान लिने भारतीय नागरिक

जनकपुरधाम, २२ असार । एघार वर्षीया बालिकाको जबरजस्ती करणी गरेर ह’त्या गरेको आरोपमा एक जना भारतीय नागरिक प’क्राउ परेका छन् । अभियुक्त भारतकाे उत्तर प्रदेश राज्यको काकोरी ग्राम पञ्चायत वडा नम्बर ११ बस्ने ३२ वर्षीय दिपु सिंहलाइ साेमबार प्रहरीले सार्वजनिक गरेका हाे । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ बस्ने विनोद पञ्जियारकी ११ वर्षीया छोरी कञ्चन कुमारी पञ्जियारको ब’लात्कारपछि ह’त्या भएको थियाे । गत १७ गते भैँसी चराउन आँपको बगैँचा पुगेकी कञ्चन बेपत्ता बनेकी थिइन् । त्यसको दुई दिनपछि दुधमती नदी छेउमा उनको शव अर्धन’ग्न अवस्थामा फेला परेको थियो । प्रहरी…

पुरा पढ्नुहोस

भिल्लारियलको पोस्टमा बार्सिलोनाको चार गोल

स्पेनिस ला लिगाको दोस्रो स्थानको बार्सिलोनाले भिल्लारियललाई ४-१ गोलले पराजित गरेको छ। आइतबार राति भएको खेलमा जित हात पारेसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल म्याड्सँगको दूरी चारमै कामय राखेको छ। बार्सिलोनाले जित हात पार्नु केहि घन्टाअघि रियलले एथ्लेटिक क्लबलाई पराजित गर्दा अंक दूरी सातमा पुगेको थियो। खेलको तेस्रो मिनेटमा भिल्लारियलका टोरेशले आफ्नै गोल गर्दा बार्सिलोनाले पहिलो गोल उपहारस्वरुप पाएको थियो। तर १४ मिनेटमा भिल्लारियलका मोरोनाले बराबरी गोल फर्काए। २० मिनेटमा लुइस सुआरेजले गोल गर्दै बार्सिलोनाको अग्रता २-१ मा पुर्‍याए। पहिलो हाफको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए।…

पुरा पढ्नुहोस

भारत बन्यो विश्‍वकै तेस्रो उच्च संक्रमित मुलुक

नयाँदिल्ली — भारतको कोरोना भाइरसबाट संक्रमितको संख्या ६ लाख ९० हजार नाघेको छ । योसँगै भारत विश्वका सबैभन्दा बढी संक्रमण हुने मुलुकहरुको सूचीमा रुसलाई पछि पार्दै तेस्रो नम्बरमा उक्लिएको छ । आइतबार साँझसम्ममा भारतमा ६ लाख ९० हजार ३९६ जनामा संक्रमण पुष्टि भएको छ । स‌ंक्रमितको उपचारका लागि मुम्बईमा तयार पारिएको कोरोना अस्थायी अस्पताल फाइल तस्बिर : रोयटर्स रुसमा आइतबार साँझसम्म संक्रमितको संख्या ६ लाख ८० हजार २८३ रहेको छ । विश्वमा सबैभन्दा बढी संक्रमण हुने मुलुकमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् । भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो…

पुरा पढ्नुहोस

बसाइँ सरी आएका परिवारलाई दुहुनो गाई उपहार !

धनकुटा, २२ असार । जिल्लाको छथरजोरपाटी गाउँपालिकाले बसाइँसराई गरी जाने क्रमलाई राेक्न दुहुनाे गाई उपहार दिन शुरू गरेकाे छ । स्थायी रुपमा बसाइँ सरी आउने परिवारलाई दुहुनो गाई उपहार दिन थालिएकाे छथरजाेरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले जानकारी दिनुभयाे । उत्पादनमुलक जमिन बाँझिन गएकाले बाँझो जग्गाकाे सदुपयोग गर्न यस चालु आर्थिक वर्षमा छथरजोरपाटी गाँउपालिकामा स्थायी रुपमा बसाइँ सरी आएका ९ जनाको परिवारलाई दुहुना गाई उपहार कार्यक्रम अनुरूप दिदै वितरण गरेकाे छ । उहाँका अनुसार बसाइँ सरी आएका ९ घर-परिवारलाई निःशुल्क गाई वितरण गरिएको हाे । दुहुना गाई उपहार प्राप्त गर्न कम्तिमा…

पुरा पढ्नुहोस

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’ : निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क

काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री)माथि थ्रेट देखेका छौं। उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं’, सुरक्षा निकायका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने। प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशी÷विदेशी शक्ति हावी भएको बताएका थिए। त्यसको खण्डन गर्दै अर्का…

पुरा पढ्नुहोस

आजको राशिफल : असार २२ गते, सोमबार

वि.सं.२०७७ साल असार २२ गते । सोमबार । ईश्वी सन् २०२० जुलाई ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– प्रतिपदा,१० घडी १० पला,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– उत्तरषाढा,४६ घडी ४९ पला,बेलुकी ११ बजेर ५८ मिनेट उप्रान्त श्रवण । योग– वैधृति,४४ घडी २३ पला,बेलुकी ११ बजेर ०० मिनेट उप्रान्त विष्कुम्भ । करण– कौलव,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त तैतिल,बेलुकी ०९ बजेर ०८ मिनेट उप्रान्त गर । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–धनु ,बिहान ०५…

पुरा पढ्नुहोस