बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…

तनहुँ, २५ असार । बुधबार अपरान्ह तनहुँको व्यासस्थित रामथुम्कीमा धुमधामकासाथ विवाह चलिरहेको थियो । पुरोहितले मन्त्र उच्चारण गर्दै दुलाहा दुलहीको विवाह गराइरहेका थिए । बेहुलाका जन्ती र आफन्तहरु उल्लासमा थिए । विवाह मण्डपको नजिकै भोजभतेरको व्यवस्था चलिरहेको थियो । हिन्दू संस्कारअनुरुप पुरोहितले मन्त्र पढे । दुलहीलाई सिन्दुर लगाइदिन पुरोहितले दुलाहालाई अह्राए । सिन्दुर हालियो । अब उत्सवको समय थियो । तर, दूभाग्र्य त्यहीं बेला टुप्लुक्क प्रहरी पुग्यो । र, उत्सव बिथोलियो । कारण थियो, बेहुलीको उमेर । विश्वस्त सुत्रमार्फत सूचना पाएपछि एक्सनमा आएको प्रहरी मण्डपमा पुगेपछि स्थिति अचानक फेरियो ।…

पुरा पढ्नुहोस

यस्तो बन्यो कला लम्सालको तीज गीत ‘पातली २’ (भिडियो)

दमौली, २५ असार । गायिका कला लम्सालले तीज गीत ‘पातली २’ सार्वजनिक गरेकी छिन् । शिव हमालको लय–शब्द रहेको ‘पातली २’ गीतको भिडियो विहीबार कला लम्सालको युट्यूव च्यानलमार्फत् सार्वजनिक भएको हो । सार्वजनिक ‘ऐना हेरी हेरी मनको धोको नफेरी’ बोलको गीतमा कला लम्सालसँगै दीपासा बीसीले अभिनय गरेकी छिन् । गत वर्ष ‘पातली गीत’लाई सबैले रुचाएपछि उनले यस वर्ष ‘पातली २’ सार्वजनिक गरेकी हुन् । यो वर्षको तीज पर्वलाई लिक्षत गरी नयाँ र विशेष गीतको रुपमा ‘पातली २’ सार्वजनिक गरिएको गायिका लम्सालको भनाइ छ । शिव हमालले सार्वजनिक गीतमा गाँउमा बोलिने…

पुरा पढ्नुहोस

सरकारले विदेशमा अलपत्र नेपालीको ‘उद्दार उडान’ असार २८ पछि स्थगित गर्ने

काठमाडौं, २५ असार । कोरोना महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार उडानमार्फत् थालिएको स्वादेश फर्काउने अभियान असार २८ गतेपछि स्थगित हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत जेठ ३२ गतेदेखि थालेको यस अभियानको समीक्षा गर्दै असार २८ पछि तत्काल विदेशबाट उद्दार उडान नगर्ने जनाएको हो । पछिल्लोपटक उद्दार उडानमा संलग्न दुई वटा नेपाली वायुसेवा कम्पनीमा १८ जना पाइलट, क्याबिन क्रू लगायत उडानमा संलग्न हुने कर्मचारीमा कोरोना पुष्टि भएपछि सरकारले तत्काल उद्दार उडान रोकेर समीक्षा गर्न लागेको जानकारी गराइएको छ । कोरोना महामारीका कारण…

पुरा पढ्नुहोस

केपी ओलीका समर्थकलाई कोरोनाको जोखिम छैन ?

२५ असार, काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) भाइरसको महामारीलाई कारण देखाउँदै २५ जनाभन्दा बढी भेला हुन पाउने नीति अख्तियार गरेको छ । तर, सरकारी नीतिको अवज्ञा गर्दै बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उपत्यकाका ६ ठाउँसहित विभिन्न जिल्लामा प्रदर्शन भए । प्रधानमन्त्रीको समर्थनमा भएका प्रदर्शनहरुमा सुरु–सुरुमा २५ जनाभन्दा कम मानिसहरु देखिए पनि बुधबार सयाै‌ँको संख्यामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन युवा संघ निकट नेता, कार्यकर्तासमेत जुलुसमा सहभागी भए । लकडाउन कार्यान्वयको मुख्य जिम्मेवारी अहिले नेपाल प्रहरीलाई छ । उसले बुधबारै रोजगारीका लागि दक्षिण कोरिया जाने वातावारण सिर्जना…

पुरा पढ्नुहोस

गोल्डस्टारद्वारा नेपालमै पीपीई र मास्क उत्पादन, ६ हजार पिस मास्क सहयोग

काठमाडौं : नेपालको चर्चित जुत्ता गोल्डस्टार उत्पादन कम्पनीले नेपालमै पीपीई र मास्कको उत्पादन सुरू गरेको छ । गोल्डस्टारले विश्वव्यापि महामारी कोभिड १९ नियन्त्रणमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नेपालमै अन्तर्राष्ट्रिय गुणस्तरको पीपीई र मास्क उत्पादन सुरु गरेको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका अनुसार पीपीई र मास्क उत्पादन भइरहेको कम्पनीका बजार प्रवन्धक इरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार चिकित्सकका लागि सर्जिकल मास्कका साथै एन ९५ मास्क कम्पनीले उत्पादन गरिरहेको छ । मल्टिगार्ड टेक कम्पनी अन्तर्गत विक्री भइरहेको गोल्डस्टारले जानकारी दिएको छ । मल्टिगार्डले पीपीई उत्पादनका लागि त्रिभुवन विश्वविद्यालयको…

पुरा पढ्नुहोस

प्रदर्शन र आरोप–प्रत्यारोप रोक्न ओली–प्रचण्डलाई दोस्रो पुस्ताका नेताहरुको खबदारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरुले शीर्ष नेताहरुलाई सडक प्रदर्शन र आरोपप्रत्यरोप रोक्न माग गरेका छन् । बिहीबार नेताहरु घनश्याम भुषाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, बर्षमान पुन शक्ति बस्नेत र शंकर पोखरेल लगायतको बैठकले पार्टीमा बढेको आन्तरिक विवाद सडक प्रदर्शन र आरोप–प्रत्यारोपले बढ्दै जाने भन्दै त्यस्ता क्रियाकलाप रोक्न नेतृत्वलाई सुझाव दिने निर्णय गरेको हो । बिहीबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा झण्डै तीन घण्टा भएको छलफलमा पार्टी विभाजनबाट बचाउन जस्तोसुकै कदम चाल्नुपरे पनि दोस्रो तहका नेताहरुपछि हट्न नहुने उनीहरुको निष्कर्ष छ । यस्तै उनीहरुले…

पुरा पढ्नुहोस

सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय : ५० प्रतिशत भाडा बढ्यो

काठमाडौं : सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिएका हुन् । सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो जनाकारी दिएका हुन् । सरकारको निर्णय अनुसार काठमाडौंमा उपत्यका भित्र मात्र र अन्य जिल्लाको हकमा जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न पाउने छन् । मन्त्री खतिवडाका अनुसार सार्वजनिक सवारी साधनमा ट्याक्सी तत्काल चल्नेछन् भने…

पुरा पढ्नुहोस

आईओएमको परीक्षा दिन २ हप्ता क्वारेन्टिन, अनिवार्य पीसीआर

२५ असार, काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले परीक्षार्थीलाई क्वारेन्टिनमा राखेर र कोरोना संक्रमण परीक्षण गराएर पोस्ट ग्र्याजुएटको अन्तिम परीक्षा सञ्चालन गर्ने भएको छ । आईओएमको परीक्षा नियन्त्रण महाशाखाले बिहीबार परीक्षामा सहभागी हुने विद्यार्थीका लागि ५ बुँदे निर्देशन जारी गर्दै काठमाडौं उपत्यका प्रवेश गरेपछि अनिवार्य होम क्वारेन्टिन वा आईओएमले तोकेको होटलमा क्वारेन्टिनमा बस्न भनेको छ । होटल क्वारेन्टिनमा बस्नेहरुले दिनको २ हजार रुपैयाँ तिर्नुपर्नेछ । साउन ९ गतेदेखि हुने परीक्षाको एक हप्ताअघि अनिवार्य रुपमा पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नुपर्नेछ । पीसीआर परीक्षणका लागि सरकारले तोकेको कोरोना भाइरसको…

पुरा पढ्नुहोस

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय

२५ असार,काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए । उनले भने ‘भारतीय न्युज च्यानलहरुको नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि हामी वितरकहरुले आफैं सल्लाह गरेर त्यस्ता…

पुरा पढ्नुहोस

हाईड्रो कम्पनीको सामान बोकेको ट्रक ओखलढुंगामा दुर्घटना, चालकको मृत्यु

ओखलढुंगा, २५ असार । निर्माण सामग्री बोकेको ट्रक ओखलढुंगामा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान सिद्धिचरण नगरपालिका- ८ सेतिदेवी भन्ने स्थानमा ट्रक दुर्घटना भएकाे हाे । साे दुर्घटनामा सवारी चालक दोलखाको जिरी नगरपालिका- ४ का अन्दाजी २५ वर्षीय नवराज कार्कीको घट्नास्थलमै मृत्यु भएको हो । काठमाडाैँबाट अप्पर सोलुखोला बेनी हाईड्रो कम्पनीको तारजाली तथा रड बोकेर सोलुखुम्बुतर्फ जाँदै गरेको बा ३ ख ९६ नम्बरको ट्रक सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटनामा परेको ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए । ट्रकमा चालक मात्र सवार रहेको…

पुरा पढ्नुहोस