लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि

महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो। ल्याब टेक्निसियन नर्सले आफूमा सङ्क्रण देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए। यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए। सो वडामा यसका…

पुरा पढ्नुहोस

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग

काठमाडौँ / पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै आज नेपाल आयल निगम लिमिटेडको कार्यालय अगाडि धर्ना दिइएको छ । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण आम उपभोक्ताको रोजगारी खोसिएको अवस्थामा सरकारले पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा युवाले आज एक घण्टा धर्ना दिएका हुन् । सरकारले शुक्रबारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको थियो । सरकारले त्यसअघि असार १६ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । दश दिनको बीचमा पेट्रोलको मूल्य लिटरमा रु छ र…

पुरा पढ्नुहोस

ऐश्वर्या राय र उनकी सासूलाई पनि कोरोना संक्रमण

नयाँदिल्ली : बलिउड अभिनेत्री ऐश्वर्या राय पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । ऐश्वर्यासँगै उनकी सासू जया बच्चन पनि संक्रमित भएकी छन् । यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै अस्पताल भर्ना भइसकेका छन् । महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जानकारी दिए अनुसार अमिताभको परिवारमा चार जनालाई कोरोना संक्रमण भएको छ । ऐश्वर्या र जयाको कोरोना रिपोर्ट आइतबार आएको हो । स्वास्थ्यमन्त्री राजेशले भिडिओ सन्देश मार्फत यसबारे जानकारी दिएका हुन् । यससँगै बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका पनि चार जनालाई कोरोनाभाइरसको…

पुरा पढ्नुहोस

रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल

२८ असार, काठमाडौं । रुसको सेचेनोभ युनिभर्सिटीले स्वयंसेवकहरुमा सफलतापूर्वक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षण गरेको बताएको छ । इन्स्टिच्युट फ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिक तारासोभले विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोपको सेचेनोभ युनिभर्सिटीले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको दावी गरेका छन् । यो खोप रुसको गामालेई इन्स्टिच्युट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले निर्माण गरेको हो । यसको क्लिनिकल परीक्षण गत जुन १८ देखि शुरु गरिएको थियो । यो परीक्षणमा सहभागी स्वयंसेवकहरुको पहिलो समूहलाई बुधबार डिस्चार्ज गरिनेछ भने दोस्रो समूहले जुलाई २० मा डिस्चार्ज हुनेछन् । सेचेनोभ युनिभर्सिटीका एक वरिष्ठ…

पुरा पढ्नुहोस

बलिउड कलाकार अनुपमकी आमासहित परिवारका चार जना कोरोना संक्रमित

नयाँदिल्ली : बलिउड कलाकार अनुपम खेरकी आमा सहित परिवारका चार जनालाई कोरोनाभाइरस संक्रमण देखिएको छ । अनुपमकी आमा, भाइ, बाइ बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको हो । अनुपमले आमा दुलारी, भाइ राजु, बुहारी रिमा र भतिजी वृन्दाको कोभिड-१९ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको ट्वीटर मार्फत जानकारी दिएका हुन् । अनुपमले ट्वीटरमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।’ भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहँदा बलिउडका बादशाह भनेर चिनिने अमिताभ…

पुरा पढ्नुहोस

देशभरि मनसुनः बाढी र पहिरोले डेढ सय मानिसको मृत्यु

काठमाडौं, २८ असार । नेपालमा यो बर्षको मनसुन शुरु भएसँगै करीव ३ हप्तामा बाढी तथा पहिरोका कारण डेढ सय जनाभन्दा बढी नागरिकले ज्यान गुमाइसेकका छन् । पहिरोले घर वा वस्ती नै पुरिंदा ५० जनाभन्दा बढी बेपत्ता भएका छन् भने एक सय जनाभन्दा बढी घाइते छन् । सिन्धुपाल्चोक, म्याग्दी, बाग्लुङ, बझाङ, जाजरकोट, संखुवासभालगायतका जिल्लाहरुमा पहिरोले बस्ती बगाउँदा कैयौ घर परिवार विस्थापित भएका छन् । मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । देशका १९ जिल्ला धेरै प्रभावित भएको छ । बेपत्ताहरुको खोजी र राहत तथा पुनस्र्थापनको काम…

बिराटनगरका ९५ घर डुबानमा, ४५० जनाको उद्धार

मोरङ / बिराटनगमा डुबानमा परेको ९५ घरका ४५० जनाको उद्धार गरिएकाे छ । बिराटनगर-१६ स्थितमा रहेको दरैया बस्तीमा रहेका ६५ घरमा केशलिया खोलामा आएको बाढी पसेपछि ३०० जना मानिसहरुलाइ उद्वार स्थानिय मिल्स मा.बि.मा राखिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । यसै गरी बिराटनगर-१२ स्थित बखरी एरियामा रहेका ३० घरमा केशलिया खोलामा आएको बाढी पसेपछि १५० जना मानिसहरुलाइ उद्वार गरी बखरी प्रा.वि.मा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पुरा पढ्नुहोस

‘भारतीय न्यूज च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’

काठमाडौं । भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्माओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने सरकारले बताएको हो । मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिँदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताए । सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनुभएका अर्थमन्त्री डा.खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल नखोलिने बताएका हुन् । नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले…