सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

८ साउन, काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो । उनको अनुहारमा एसिड प्ररेको छ । र, कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए । एसिड प्रहार गर्नेको खोजी भइरहेको छ ।

पुरा पढ्नुहोस

बेलबारीको जंगलमा झुण्डिएको अवस्थामा भेटियो महिलाको शव

बेलबारी । बेलबारी नगरपालिका १० स्थित श्रीजना सामुदायिक वनमा एक जना महिलाको शव फेला परेको छ। जंगलभित्र रूखमा डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो । मृतक अन्दाजी २०।२२ वर्षीया महिलाको पहिचान हुन सकेको छैन । ईलाका प्रहरी कार्यालय, बेलबारीले कालो भेष्ट, हरियो सुरुवाल लगाएकी र वाया हातमा औठी र घडी लगाएकी मझौला शरीर गोरो वर्ण कि महिला मृत भेटिएको जानकारी दिएको छ ।

पुरा पढ्नुहोस

प्रदेश ५ का एम्बुलेन्समा जीपीएस जडान

८ साउन, बुटवल । सेवाग्राहीलाई आवश्यक परेका बेला तत्काल र सहजरुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश ५ का एम्बुलेन्समा जीपीएस ट्रयाकिङ सिस्टम जडान कार्य सुरु गरिएको छ । सामाजिक विकास मन्त्रालयले एम्वुलेन्स सेवालाई सेवाग्राहीमैत्री र सूचना प्रविधिमैत्री बनाउन पहिलो चरणमा प्रदेशका ६० वटा एम्बुलेन्सहरुमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गरेको हो । जीपीएस ट्रयाकिङ सिस्टम जडान भएका एम्बुलेन्सहरु कुन समयमा कुन ठाउँमा छन् भन्ने एन्ड्रोइड मोबाइलबाट थाहा पाउन सकिन्छ । त्यसका आधारमा नजिकको र खाली बसेको एम्बुलेन्स सेवाग्राहीले प्रयाेग गर्न सक्छन् । बिहीबार सेवाको औपचारिक शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री…

पुरा पढ्नुहोस

स्रोत नखुलेको २० लाखसहित एक जना सशस्त्र प्रहरीको फन्दामा

सिरहा, ८ साउन । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले सिरहाको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सिरहाको अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर घर भएका ३७ वर्षीय सुकदेव ठाकुरलाई स्रोत नखुलेको उक्त अवैध रकमसहित नियन्त्रणमा लिइएको हो । सीमा सुरक्षा सशस्त्र प्रहरी बल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख एसपी प्रविण कँडेलका अनुसार सिरहा नगरपालिका–१९ सोहर्वास्थित सीमावर्ती नाका हुँदै भारततर्फबाट अबैध रकमसहित नेपाल प्रवेश गर्ने क्रममा ठाकुरलाई मंगलवार राति नियन्त्रणमा लिइएको हो । एसपी कँडेलका अनुसार नियन्त्रणमा परेका ठाकुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी…

पुरा पढ्नुहोस

४३ औं व्यक्तिको मृत्यु : समुदायमा कोरोना संक्रमणको संकेत !

८ साउन, वीरगञ्ज । वीरगञ्ज–६ माईस्थानका श्यामनारायण वर्णवाललाई एक साताअघि ज्वरो आयो । ७० वर्षका उनलाई ज्वरो आएपछि परिवारका सदस्यले नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवाए । झन गाह्रो भएपछि सोमबार डा. निरज सिंहको क्लिनिकमा लगे । डा. सिंहले एडभान्स अस्पताल रिफर गरे । वर्णवालका छोरा प्रभाकरप्रसाद भन्छन्, ‘बुबालाई रातभर त्यही अस्पतालमा राख्यौं । मंगलबार बिहान आएर कोरोना चेकजाँचका लागि गण्डक लैजानुपर्छ भन्नुभयो, हामीले गण्डक लग्यौं । त्यही दिन अपरान्ह निधन भयो ।’ सुरुमा श्यामनारायणको उपचार गरेका डा. निरज सिंहका अनुसार स्वासप्रश्वासमा समस्या देखिएकाले अर्को अस्पतालमा रिफर गरिएको थियो । अस्पतालमा…

पुरा पढ्नुहोस

छोरा जन्मिएपछि बलात्कार गर्ने पक्राउ

काठमाडौं, ८ साउन । किशोरी बलात्कारका फरार आरोपीलाई छोरा जन्मिएपछि प्रहरीले पक्राउ गरेको छ । पत्रिकाको ग्राहक बनाइदिन्छु भनेर आफ्नै कोठामा लगेर डर, धम्की दिई किशोरी बलात्कार गरी फरार रहेका रामेछाप खाँडादेवी गाउँपालिका–९ का राजेश भन्ने सुरेश भण्डारीलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मध्यपुरथिमि नगरपालिका–४ मा मासु पसल सञ्चालन गर्ने भण्डारीले २०७६ जेठ २७ गते १७ वर्षीया किशोरीलाई पत्रिकाको ग्राहक बनाउने बाहनामा आफ्नै कोठामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले जानकारी दिए । बलात्कारपछि कसैलाई भने ज्यान…

पुरा पढ्नुहोस

पशुपतिनाथलगायतका धार्मिक स्थलको अतिक्रमित जग्गा यकिन गर्न सरकारलाई निर्देशन

काठमाडौं, ८ साउन । देशभरका धार्मिक स्थलको अतिक्रमित जग्गा यकिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरका धार्मिकस्थलको जग्गा अतिक्रमण यकिन गर्न सरकारलाई निर्देशन दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र पुरातत्व विभागका अधिकारीसँग छलफल गरी समितिले पशुपतिनाथ, चाँगुनारायण, लुम्बिनी, जानकी मन्दिर लगायतका धार्मिक स्थलको जग्गा अतिक्रमण भएको वा नभएको यकिन गर्न निर्देशन दिएको हो । अतिक्रमण भएको पाइए सम्बन्धित निकायको जिम्मा लगाउने काम गर्न पनि निर्देशन दिइएको छ । समितिले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणसम्बन्धी गुरुयोजना बनाएर…

पुरा पढ्नुहोस

चोरी मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ

भक्तपुर : भक्तपुर प्रहरीले चोरी तथा बैंकिङ कसुरमा फरार रहेका अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न सफल भएको छ। भक्तपुर प्रहरीले गएको एकसातामा मात्रै तीनजना चोरी मुद्दा र एकजना बैंकिङ कसुर मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले बिहीबारमात्रै दुईजना चोरी मुद्दाका फरार अभियुक्त सुजन दाहाल र मिलन पाण्डेलाई नियन्त्रणमा लिएको छ। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले सञ्जय ठिमीको जाहेरीले चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७५ असार ११ गते एक वर्ष ६ महिना कैद र दुई लाख सत्ताइस हजार एक सय रुपैयाँ जरिवाना फैसला भएका…

पुरा पढ्नुहोस

उपचार नपाएर दुई सुत्केरीको मृत्यु

जाजरकोट, ८ साउन । जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले बताए । यहाँ खानाको अभावमा जटिल अवस्थासमेत आएको छ । बारेकोट गाउँपालिका– ७ सुवाकोटकी २१ वर्षीया मनकुमारी परियारको सुत्केरी भएको पाँच घण्टापछि मृत्यु भएको छ । स्वास्थ्यचौकी सेपुखोलाकी अनमी मीरा शाहीका अनुसार सामान्यावस्थामा सुत्केरी भएको र सुत्केरी भएको केही समयपछि पेट…

पुरा पढ्नुहोस

वडा कार्यालयमा आगजानी, लाखौको क्षती

कञ्चनपुर, ८ साउन । कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको वडा नम्वर ७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।बुधवार राति वडा नम्वर ७ को वडा कार्यालयको झ्यालको सिसा फुटाइ अज्ञात समूहले आगजनी गरेको हो । बिहान स्थानीयले वडा कार्यालयमा आगो लागेको देखेको र सबैलाइ खबर गरेको जनाएको छ ।वडा कार्यालयमा आगजनी भएपछि वडाबाट प्रदान हुने सबै सेवा बन्द भएको छ । बन्द भएपछि स्थानीयलाई सेवा लिन गाह्रो भएको छ । यसरी वडामा आगो लगनाउनेलाई कडा भन्दा कडा कार्वाही गर्न स्थानीले माग गरेका छन । वडा नम्वर ७ का वडा अध्यक्ष…

पुरा पढ्नुहोस