बुटवल लुम्बिनी अस्पतालमा, बुधबार २३४ जनाको स्वाव संकलन,

बुटवल । कोरोना भाइरसको महामारी फैलिएदेखि नै सबैभन्दा ठूलो संख्यामा बुटवल उपमहानगरबाट समुदास्तरमा स्वाव संकलन गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले रुपन्देहीलाई समुदाय स्तरमा कोरोना परीक्षण गर्नुपर्ने जिल्लामा वर्गीकरण गरेलगत्तै उपमहानगरबाट ठूलो संख्यामा स्वाव संकलन गरिएको हो । उपमहानगरको लुम्बिनी प्रादेशीक अस्पतालमा गरिएको स्वाव संकलनमा आज २ सय ३४ जनाको स्वाव संकलन गरिएको थियो । समुदायमा परीक्षण गर्ने निर्णय अनुसार आज विविध पेशा व्यवसायका व्यक्तिहरुको स्वाव संकलन गरिएको थियो । बुधबार संकलन गरिएको स्वावको रिपोर्टले रुपन्देही र बुटवलको वुटवलको अवस्थावारे जानकारी हुने विश्वास लिईएको छ । कोरोना समुदायमा छ या…

पुरा पढ्नुहोस

प्रदेश २ मा मन्त्री यादव र सांसद रिना यादवलाइ समेत कोरोना संक्रमण

जनकपुर — प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो । समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारका मन्त्री यादव, प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ । मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् । यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि संक्रमित भएका छन् ।

पुरा पढ्नुहोस

पोखरामा पनि प्रहरी जवानमा कोरोना पुष्टि

पोखरामा पनि प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत पोखरा ३ नदिपुरमा अस्थाई प्रहरी बिटमा खटिएका प्रहरीलाई कोरोना पुष्टि भएको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि फ्रन्टलाइनमा खटिएका प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य फ्रन्टलाइनरहरुको पनि स्वाब जाँच थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवाह हमालले जानकारी दिए । संक्रमित प्रहरी जवानमा कुनै ट्राभल हिस्ट्री भने नरहेको डिएसपी हमालले बताए । ‘एकदमै अनड्युटी फ्रन्टलाइनर हुनुहुन्छ । कहि कतै जानु भएको थिएन,’ उनले भने । संक्रमण पुष्टि भएका प्रहरीलाई उपचारको लागि पोखरा स्वास्थ्य…

पुरा पढ्नुहोस

पोखरामा अस्थाई प्रहरी बिटमा खटिएका प्रहरीलाई कोरोना पुष्टि

पोखरामा पनि प्रहरी जवानमा कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत पोखरा ३ नदिपुरमा अस्थाई प्रहरी बिटमा खटिएका प्रहरीलाई कोरोना पुष्टि भएको हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि फ्रन्टलाइनमा खटिएका प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य फ्रन्टलाइनरहरुको पनि स्वाब जाँच थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवाह हमालले जानकारी दिए । संक्रमित प्रहरी जवानमा कुनै ट्राभल हिस्ट्री भने नरहेको डिएसपी हमालले बताए । ‘एकदमै अनड्युटी फ्रन्टलाइनर हुनुहुन्छ । कहि कतै जानु भएको थिएन,’ उनले भने । संक्रमण पुष्टि भएका प्रहरीलाई उपचारको लागि पोखरा स्वास्थ्य…

पुरा पढ्नुहोस

लोडरको बकेटले लाग्दा ३५ वर्षीय युवकको मृत्यु

पोखरा । पोखरामा बुधबार लोडरको बकेटले लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा घर भई हाल पोखरा–२७ अर्घौचोक बस्ने ३५ वर्षीय दीपेन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ । वडा नं २९ स्थित सैनिक घाटमा बालुवा निकाल्ने क्रममा ग१त ६२०९ नम्बरको ट्याक्टर पानीमा पस्न गई सोही ठाउँमा अवस्थित एक क्रसर उद्योगको ग१क ३८९४ नम्बरको लोडरले बाहिर निकाल्न खोज्दा अचानक ट्र्याक्टर चालक गुरुङलाई लोडरको बकेटले ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन् । ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि चरक…

पुरा पढ्नुहोस

सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

२१ साउन, काठमाडौं । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस ९कोभिड–१९० को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ । सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो…

पुरा पढ्नुहोस

रुपन्देहीमा कोरोना पुष्टि भएका २८ वर्षीय एक पुरुष सम्पर्कविहीन

बुटवल, २१ साउन । रुपन्देहीमा कोरोना भाइरस संक्रमित २८ वर्षीय एक पुरुष सम्पर्कविहीन भएका छन् । बुधबार लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएका सिद्धार्थनगर वडा नम्बर ८ का २८ वर्षीय पुरुष सम्पर्कविहीन भएका हुन् । यस अगाडि पनि सोही अस्पतालमा गरिएको परीक्षणमा बुटवल–६ का ४६ र २७ वर्षीय दुई जना पुरुषमा कोरोना पुष्टि भएसँगै सम्पर्क विहीन भएका थिए । हालसम्म पनि उनीहरु सम्पर्कमा नआएका जानकारी गराइएको छ ।

पुरा पढ्नुहोस

सर्वोच्च अदालतका कार्यरत सवारी चालकमा कोरोना पुष्टि

काठमाडौं : सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोरोना भाइरस कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार आइतबार १८१ जना कर्मचारीमा पिसिआर परीक्षणका गर्न लगिएको थियो। त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो। सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ।

पुरा पढ्नुहोस

स्वयंसेवा गर्न डोल्पा पुगेका डा. केसीलाई स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीको धम्की सहनु परो

रुकुम पश्चिम — हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी दुई दिन पैदल हिँडेर साउन १३ गते डोल्पा पुगे । जुम्ला सदरमुकाम खलंगाबाट पैदल हिँडेर उनी जगदुल्ला गाउँपालिका–६, रिमी पुग्नुको उद्देश्य थियो त्यहाँका बिरामीको निःशुल्क उपचार गर्नु । तर, गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधिले अवरोध गर्दा उनी निराश भएर फर्केका छन् । डा. केसीले जगदुल्ला गाउँपालिका–६ मा रहेको रिम स्वास्थ्यचौकी शिविरस्थल छनौट गरेका थिए । त्यहाँ पुगेपछि स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई उपचारका लागि शिविर हुने भएकाले गाउँलेलाई खबर गरिदिन अनुरोध गरे । डा. केसी आएको थाहा पाएपछि केही गाउँले स्वत:स्फूर्त स्वास्थ्यचौकीसम्म पुगेका थिए । स्वास्थ्यचौकीले…

पुरा पढ्नुहोस

प्रदेश ५ मा बुधबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

२१ साउन, बुटवल । प्रदेश ५ मा बुधबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पाँच जिल्लाका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार कपिलवस्तुका १३, बाँकेका १३, प्युठानका ५, रुपन्देहीका ३ र दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९५ पुगेको छ । प्रदेश ५ मा हालसम्म ४ हजार ८८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्…

पुरा पढ्नुहोस