नेपालीले पत्ता लगाए इन्स्टाग्रामको सुरक्षा कमजोरी, पाए ६ हजार डलर

काठमाडौँ — प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज पनि कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएपछि इन्स्टाग्रामले २१ वर्षीय नेपालीलाई ६ हजार अमेरिकी डलर पुरस्कार दिएको छ । साइबर सुरक्षा सम्बन्धी अनुसन्धान गर्ने नेपाली सौगात पोखरेललाई कम्पनीले यो सुरक्षा कमजोरी पत्ता लगाएबापत् पुरस्कार रकम दिएको हो । पोखरेलले इन्स्टाग्राममा रहेको आफ्नो तथ्यांक डाउनलोड गर्ने टूल प्रयोग गरी आफ्नो विवरण हेर्दा आफूले धेरैअघि डिलिट गरेको फोटो र सन्देश पनि इन्स्टाग्रामको सर्भरमै रहेको पत्ता लगाएका थिए । प्रयोगकर्ताले फोटो र सन्देशहरु डिलिट गरेको केही दिनसम्म कम्पनीहरुको सर्भरमै रहनुलाई सामान्य मानिन्छ । इन्स्टाग्रामले…

पुरा पढ्नुहोस

प्रदेश ५ का अस्वाभाविक खर्च छानविन गर्दै लेखा समिति

बुटवल– प्रदेशसभाको गाडी मर्मत र कृषि अनुदानमा अनियमितता भएको आशंकामा प्रदेश ५ को सार्वजनिक लेखा समितिले छानबिन समिति गठन गरेको छ । गाडी मर्मतबारे छानबिन गर्न वैजनाथ जैसवाल कलवारको संयोजकत्वमा र कृषि अनुदानको खर्च छानबिन गर्न बसिउद्धिन खाँको संयोजकत्वमा छुट्टाछुट्टै समिति गठन गरिएका छन् । प्रदेशसभाका ३२ वटा सवारीसाधन मर्मतमा २३ महिनामा ६३ लाख रुपैयाँ खर्च भएपछि अनियमितता भएको आशंकामा छानबिन गर्ने तयारी भएको लेखा समिति सभापति डिल्ली चौधरीले बताए । त्यस्तै, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान अन्तर्गत कोल्ड स्टोर खरिदमा दिएको अनुदानमा पनि अनियमितता भएको…

पुरा पढ्नुहोस

थप १ जनामा देखियो कोरोना सङ्क्रमण:सङ्क्रमितको सङ्ख्या २१ पुग्यो: देवदह नगरपालिका

श्रावन ३१ ,देवदह। रुपन्देहीको देवदह नगरपालिका भित्र हाल कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ। देवदहमा कोरोना सङ्क्रमण समुदायमा पुग्दा त्यहाँको जनजीवन झनै जोखिम बनेको छ, भने पुन: देवदहमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएका देवदह नगरपालिका वडा नं ९ का ५८ वर्षका पुरुष एक हप्ता अगाडि मात्र भारतबाट नेपाल आएका थिए। नेपाल आएपछि उनी देवदह नगरपालिका भित्र रहेको भलुहीमा रहेको क्वारेन्टिनमा बसेका थिए। ५८ वर्षिय पुरुषको कोरोना परीक्षण गर्ने क्रममा उनलाई कोरोना पोजेटिभ देखिएकाे देवदह स्वास्थ्य शाखाले जनाएको छ। यो संगै देवदहमा कोरोना संक्रमितको संख्या २१…

पुरा पढ्नुहोस

बारामा दुई लाख बढी रुपैंयासहित ७ जना जुवाडे पक्राउ

बारा। बाराको जितपुर सिमरा उमहानगपालिका २ स्थित कुमार श्रेष्ठ र प्रधुम्न बैधले संचालन गरेको सगुन होटेलमा प्रहरीले शनिवार सांझ छापामारी गरेको छ । उक्त होटलमा छापामारेपछि लाखौं नगद सहित ७ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा होटेलको तेस्रो तल्लाको कोठा न २०५ मा ईप्रका सिमराका प्रहरी निरीक्षक सुर्य बहादुर राना मगरको नेतृत्वको टोलीले छापा मारेको थियो । उक्त स्थानबाट २ लाख १९ हजार ५०० रुपैया नगद, १६ थान कौडा र ७ जना जुवाड्व पक्राउ परेका बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताए । पक्राउ पर्नेमा जितपुर…

पुरा पढ्नुहोस

आफ्नै श्रीमती हत्या गरेको अभियोगमा एक जना पक्राउ

बारा / आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् । सामान्य विवादमा सुकुलेले निर्मलालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरिले जनाएकाे छ ।

पुरा पढ्नुहोस

आर्थिक चलखेलको आरोपमा इटहरीका डिएसपी सहित तीन प्रहरी संग स्पष्टीकरण माग

इटहरी / इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सहित ३ प्रहरीलाई आर्थिक चलखेलको आरोपमा स्पष्टीकरण माग गरिएको छ । विभिन्न मुद्दामा आर्थिक प्रलोभनमा परी मुद्दा कमजोर बनाउनुको साथै अनावश्यक रकम माग गरेकाे आरोपमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरीका डिएसपी सहितका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला सेलकी इन्चार्ज सई कृष्ण अधिकारीलाई स्पष्टीकरण माग गरेको हो । उनीहरू विरूद्ध एक मन्टेश्वरीका संचालक सन्तोष कटुवालले मन्टेश्वरीमा कार्यरत १९ वर्षिय युवतीलाई जवरजस्ती करणीको प्रयास गरेको घटनाको मुद्द दर्ता नगर्न २३ लाखमा बार्गेनिङ गरी ५ लाख पेश्की नगद लिएको…

पुरा पढ्नुहोस

चर्चित क्रिकेटर एवं सफल कप्तान मानिएका महेन्द्र सिंह धोनीद्वारा सन्यासको घोषणा

काठमाडौं, ३१ साउन । भारतका चर्चित क्रिकेटर एवं सफल कप्तान मानिएका महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । क्रिकेटर धोनीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सन्यासको घोषणा गरेका हुन् । धोनीले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईहरु सबैको सहयोग र मायाको लागि धन्यबाद । साँझ ७ः२९ बजेबाट मलाई रिटायर्ड हुन मन लाग्यो ।’ त्यस्तै, उनले आफ्नो पोष्टमा करियरको उतार चढावलाई ‘मै पल दो पलका शायर हुँ’ गीत भन्दा पनि सुन्दर अन्दाजमा देखाएका छन् । यसरी क्रिकेटर धोनीले सन्यास लिएसँगै विगतका १५/१६ वर्षदेखि भारतीय क्रिकेटमा चल्दै आएको धोनीको चमत्कारिक युग…

पुरा पढ्नुहोस

ॐ उचारण गर्दा निको हुन्छन् यी रोग

कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ॐबाट हुने गर्छ । ॐको उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ । हिन्दु धर्ममा ॐ लाई महामन्त्र मानिन्छ । ॐ उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न सहयोग पुर्याउँछ । यसले धेरै बिरामीहरु ठिक हुने कुरा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ । १. थाइराइड : हरेक दिन ॐको उच्चारण गर्दा थाइराइडको समस्याबाट छुटकारा पाउन सकिन्छ । २. एन्जाइटी : ॐको उच्चारणले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । यसको उच्चारणले तनाव, डरजस्ता समस्याबाट मुक्ति…

पुरा पढ्नुहोस

एक हप्तामा फिर्ता ल्याइदिन्छौं भनेर लगिएका बालबालिका कहाँ छन् ? खुल्यो रहस्य (भिडियो हेर्नुस्)

काठमाडौँ । बुढानिकण्ठ न।पा, कपन–११ स्थित् रहेको केयर बालगृहबाट ११ जना बालिकाहरुलाई केन्द्रिय कल्याण परिषद्का कर्मचारीहरुले ज’बर’जस्ती बिना कुनै लिखित प्रमाणका साथ लगेको भन्दै ती बालिकाहरुको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसमक्ष माग गरिएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर केयर बालगृहले बालिकाहरुको अवस्थालाई तत्काल सार्वजनिक गर्न सरकारसमक्ष माग गरेको हो । गत साउन २१ गतेका दिन केयर बालगृहमा रहेका ११ जना बालिकाहरुलाई केन्दिय बाल कल्याण परिषदका कर्मचारीहरु आई ज’ब’र्जस्ती खुट्टामा चप्पलसमेत लगाउन नदिई उठाएर लगेको र ती बालिकाहरुलाई किन र के कारणले लिएर गएको ?…

पुरा पढ्नुहोस

मदिरामा लठ्ठ इटहरीका प्राध्यापक राजन भट्टराईद्वारा महिला प्राध्यापकमाथि यस्ताे हर्कत (अडियाे सहित)

इटहरी / इटहरीकाे एक क्यम्पसका प्राध्यापक बिच बुधबार भएकाे फोन संवादकाे बिषयले इटहरी चर्चामा छ । एक पुरूष प्रध्यापकले महिला प्राध्यापकलाइ रातकाे समयमा फोन गरेर अश्लील शब्द प्रयोग गरेको घटना मिडियामा बाहिरिएकाे थियाे । प्राध्यापक राजन भट्टराईले मदिरामा लठ्ठ भएर अश्लील शब्द प्रयोग गरी दुव्र्यवहार गरेकाे महिला प्राध्यापक कृष्णकला राईले आराेप लगाएकी छन् । यसभन्दा अगाडि पनि एकपटक मदिरा सेवन गरेर भट्टराईले राती कल गर्ने गरेका थिए । त्यतिबेला आँफूले सामान्य रुपमा लिएको भएपनि अहिले मदिरा सेवन गरेर आँफूमाथि दुव्र्यवहार गरेकाे राईले गुनासो गरेकी छन् । इटहरीका प्राध्यापक बिचकाे अश्लील…

पुरा पढ्नुहोस