लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयू बन्द

२३ भदौ, बुटवल । स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताको नवजात शिशुको उपचार गरिने कक्ष ( एनआईसीयू ) बन्द गरिएको छ । एनआईसीयू विभागमा कार्यरत दुई जना स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीमा मंगलबार कोरोना पोजेजिभ रिपोर्ट आएपछि सेवा बन्द गरिएको हो । यसअघि पनि उक्त विभागका पाँजनामा कोरोना देखिएको र अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीमा ज्वरोसहित कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाले जोखिम बढ्न नदिन सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । शंकास्पद सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरी आउने रिपोर्टका आधारमा सेवा कहिले शुरु हुने…

पुरा पढ्नुहोस

चन्द समूहका नेता चैतन्यले गरे आत्मसमर्पण

बागलुङ- नेत्रविक्रम चन्द समूहका बागलुङका जिल्ला सदस्य केशव निउरे ‘चैतन्य’ले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रशाशनको आदेशमा रिहा भएलगत्तै उनले आत्मसमर्पण गरेका हुन । जिल्ला प्रशासन कार्यालय बागलुङबाट साधारण तारेखमा छुटेलगत्तै निउरेले बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने र सुरक्षा निकायसलगायतको उपस्थितिमा पार्टी परित्यागको घोषणासहित आत्मसमर्पण गरेका हुन । ताराखोला गाउँपालिका–५ का निउरेलाई प्रहरीले यही भदौ ११ गते उहाँकै घरबाट पक्राउ गरेको थियो ।

पुरा पढ्नुहोस

जापानमा हुने किक बक्सिङमा ‘हिमाली चितुवा’ अविरल पुनः भिड्दै

काठमाडौं, २३ भदौ । युवा किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानमा अर्को भिडन्तमा सहभागी जनाउने भएका छन् । किक बक्सिङ खेल मार्फत जापानमा नेपाल र नेपालीको शान बनेर नेपाली झण्डा फहराउँदै आएका जुझारु युवा खेलाडी अबिरल घिमिरेका आगामी भिडन्तका लागि तयारी भइसकेको हो । जापानको टोकियो स्थित टोकियो टावरमा हुने चर्चित हिट ४७ खेल आगामी सेप्टेम्बर १३ तारिख अर्थात भदौ २८ गते जापानका चर्चित खेलाडीसंग हुदैछ । ७० केजी तौल समुहको हिट ४३ टाइटल उपाधिका लागि हुने आयोजकले बताएको छ । दर्जनौं पटक नकआउट हान्दै सफलता चुमेका २० बर्षीय घिमिरेले…

पुरा पढ्नुहोस

स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ

डोटी- स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । हिजो बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भूपेन्द्र बोहरालाई भानसिंहले बाटोमा कुटपिट गरेका थिए । कुटपिटको आरोप लागेका बोहरालाई गाँजरी प्रहरी चौकीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । हिजो सिगास गाउँपालिका—३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नं ५ ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिडेका स्वास्थ्यकर्मी भूपेन्द्रमाथि कुटपिट भएको हो । भूमिराज आधारभूत…

पुरा पढ्नुहोस

२४ घण्टामा अहिलेसम्मकै धेरै २२८७ ले ‘जिते’ कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि सोमबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३० हजार ६७७ थियो । मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०० पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

पुरा पढ्नुहोस

सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ

काठमाडौं- सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२१ न्यूरोडमा रहेको नौलो परिवेश बचत तथा सहकारी संस्था लिमिटेडको प्रबन्धक पदमा रहेका बेला ५ करोड ६७ लाख रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं–३१ का ४४ वर्षीय राजकाजी खड्गी पक्राउ परेका हुन्। २०७० असारदेखि गएको जेठ मसान्तसम्म सहकारीको हर हिसाव तथा बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई उनले रकम ठगी गरेको आरोप लागेको छ । रकम ठगी फरार भएका उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले बताए। पक्राउ परेका खड्गीलाई…

पुरा पढ्नुहोस

पछिल्लो २४ घण्टामा थप ९०२ जनामा संक्रमण

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ थियो । पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२ हजार ९६४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको…

पुरा पढ्नुहोस

स्टोरबाट सामान चोरी गरेको आरोपमा ४ जना पक्राउ

राजविराज – सप्तरीको राजविराजको एक स्टोरबाट समान चोरी गरेको आरोपमा ४ जनालाई सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । राजविराज गुदरी बजारस्थित रहेको गणेश स्टोरबाट नगदसहित करीब साढे पाँच लाख मूल्य बराबरको सामान चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । भाद्र २१ गते राति उनीहरुले गणेश स्टोरबाट चोरी गरेपछि उजुरीको आधारमा प्रहरीले सिसीटिभी क्यामेराको फुटेजको माध्यमबाट अनुसन्धान गर्दा राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल, उनकी दिदी राजविराज–४ की ज्योतिकुमारी मण्डल , सोही ठाउँका समिम अन्सारी र सप्तरीको रुपनी गाउँपालिका– ४…

पुरा पढ्नुहोस

अर्घाखाँचीका कोरोना संक्रमितको उपचारका क्रममा कोहोलपुरमा मृत्यु

२३ भदौं, काठमाडौं । अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा मृत्यु भएको छ । सितगंगा नगरपालिका-१२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान ९ : २० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार उनको मृत्यु भएको श्रेष्ठले बताए । मृतक साउन २७ गते टिपर दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका…

पुरा पढ्नुहोस

महावीर पुनकाे आविष्कार केन्द्रले बनायाे संक्रमित बिरामीलाई अस्पताल लगिने बाकस

काठमाडौं, २३ भदाै । महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रले काेराेना संक्रमित बिरामीलाई लक्षित गर्दै बिरामीलाइ राखेर सुरक्षित रूपमा अस्पताल पुर्याउन सकिने बाकस निर्माण गरेकाे छ । नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयास गर्दै आएको केन्द्रले उक्त बाकस बनाएकाे हाे । केन्द्रले यसअघि मास्क र पीपीइ अभाव रहेकाे बेला उत्पादन गर्न थालेकाे थियाे भने स्वाब संकलन गर्ने उपकरण तथा बुथ समेत निर्माण गरेको थियाे । पछिल्लाे पटक कोरोना संक्रमित बिरामीलाई नै अस्पतालसम्म सुरक्षित रुपमा लैजान मिल्ने बाकस निर्माण गरेको हाे । यसरी बनाइएकाे बाकस एम्बुलेन्समा प्रयाेग गर्न मिल्नेछ…

पुरा पढ्नुहोस