तोकिएको समयमैं मल नल्याएपछि कम्पनीलाई क्षतिपूर्ति भराउनुपर्ने माग

भदौ २४/काठमाडौं संबाददाता टेण्डर परेका कम्पनीले सम्झौता गरेअनुसार समयमा मल नल्याएका कारण उक्त ठेकेदारहरुबाट क्षतिपूर्ति भराउनुपर्ने माग गर्दै सामाजिक अभियन्ताहरुले कृषिमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । किसानहरुले समयमै मल नपाउनुको कारण ठेकेदारहरुको लापरवाहीले गर्दा हो, त्यसैले उक्त ठेकेदारहरुलाई कालो सूचीमा राखेर मात्र नभई क्षतिपूर्ति पनि भराउनुपर्ने भन्दै सामाजिक अभियन्ताहरु जगत भुसाल र द्वारिका ढुंगेलले कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् । किसानहरूले अहिले मात्र नभई पहिले देखि नै मल, बीउ समयमा कहिलै पाएनन्। यो किसानहरूका लागि निकै दुःखको कुरा हो, आखिर नेपालमा किन हुँदैन मल उत्पादन? आखिर…

पुरा पढ्नुहोस

प्रचण्डले प्रधानमन्त्रीको ‘अफर’ गर्दा अस्वीकार गरेँ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो संविधानसभाको विघटनको रात पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा गरेका छन्। उनले संविधानमा १० राज्यका पक्षमा सहमति जनाए प्रधानमन्त्रीमा माओवादीले समर्थन गर्ने प्रस्ताव प्रचण्डले आफूलाई गरेको खुलासा गरेका हुन्।तर आफूले जातीय राज्य नमान्ने अडान राखेको पौडेलको भनाइ छ। ‘बालुवाटारमा राति प्रचण्ड, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, माधव नेपाल, झनलाथ खनाल, केपी ओली हुनुहुन्थ्यो, प्रचण्डले रामचन्द्रजी दश वटा राज्यका पक्षमा सहमति जनाउनूस्, तपाईलाई प्रधानमन्त्री बनाउँछु भनेर प्रस्ताव गर्नुभयो,’ बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा आयोजित भर्चुअल कार्यक्रममा पौडेलले भने, ‘तर…

पुरा पढ्नुहोस

प्रहरी उपरीक्षक खड्कासहित ६ जना प्रहरीविरुद्ध जाहेरी दर्ता

रौतहट, २४ भादौ । हिरासतमा चरम यातना दिएर मृत्यु भएको प्रकरणमा तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रहरी रविराज खड्का सहित ६ जनाविरुद्ध जाहेरी दर्ता भएको छ । सच नर्सरीमा कार्यरत २० वर्षिय निरंजन रामको हत्याको आरोपमा पक्राउ परेका १९ वर्षिय विजय रामको इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा चरम यातना पश्चात नेशनल मेडिकल कलेज बीरगञ्जमा मृत्यु भएको थियो । मृतक विजय रामका बुबा पनिलाल महराले प्रहरी उपरीक्षक खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन् । महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसार कारवाहीको माग गर्दै जाहेरी दिएका छन् । जिल्ला…

पुरा पढ्नुहोस

असोज १ बाट सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा

काठमाडौँ- ६ महिनासम्म सरकारले कुनै विकल्प नदिएको भन्दै यातायात व्यवसायीले सबै सार्वजनिक यातायात चलाउने घोषणा गरेका छन् । यसबारे औपचारिक निर्णय बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले जानकारी दिए । बुधबार यातायात व्यवस्था विभागमा भएको छलफलमा महासंघसहित यातायातसँग सम्बद्ध मजदुर संगठनको संयुक्त बैठकले सरकारलाई सार्वजनिक सवारी साधन सञ्चालन गर्न लागिएकोबारे जानकारी दिएको अधिकारीले बताए । ६ महिनासम्म सार्वजनिक सवारीसाधन ग्यारेज र बसपार्कमा थन्किदा पनि सरकारले विकल्प दिएन, अब थेग्ने अवस्था रहेन हामी बिहीबार यसबारे सरकारलाई लिखित जानकारी गराउँछौँ, असोज १ देखि हाम्रा गाडी सडकमा…

पुरा पढ्नुहोस

२४ घण्टामा ९१८ ले ‘जिते’ कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३३ हजार ८८२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि मंगलबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३२ हजार ९६४ हजार ६७७ थियो । मन्त्रालयका अनुसार सोमबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३०६ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार…

पुरा पढ्नुहोस

न्यूरोडका दुई सुन ब्यापारी पक्राउ

काठमाडौँ- कमलादीमा भेटिएको भनिएको साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका लागि प्रहरीले थप दुई सुन व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले भदौ १५ गते न्यूरोडका लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय र अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारलाई अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । तस्करहरूले आधा किलो सुन लक्की ज्वेलर्सका श्रीनिवास उपाध्यायसँग किनेको प्रहरीको दाबी छ । उपाध्यायले भने अष्टमंगल ज्वेलर्सका विजय ताम्राकारसँग किनेकाले अनुसन्धानका लागि पक्राउ गरिएको ज्ञवालीले जानकारी दिए । बैँकबाट खरिद गरिएको सुनको ढिक्का गहना नै नबनाइ विक्री गर्न नपाइनेमा…

पुरा पढ्नुहोस

पछिल्लो २४ घण्टामा थप १ हजार ८१. जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१. जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १३८ थियो । पछिल्लो २४ घण्टामा थप ९१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३३ हजार ८८२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको…

पुरा पढ्नुहोस

भाडामा बस्ने बालिकामाथि दुई वर्षदेखि बलात्कार गरेको आरोपमा सैनिक पक्राउ

विराटनगर : मोरङ घर भएका अवकाश प्राप्त एकजना भारतीय सैनिकले दुई वर्षदेखि बालिकामाथि बलात्कार गर्दै आएको घटना बाहिरिएको छ । आफ्नै घरमा भाडा बस्ने १५ वर्षीया बालिकामाथि बलात्कार गरिरहेको खुलेपछि प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का ५४ वर्षीय उमेश नेपाललाई बुधबार पक्राउ गरेको हो । दुई वर्षदेखि आफूमाथि बलात्कार गरिरहेको कुरा बालिकाले मंगलबार साँझ अभिभावकलाई सुनाएसँगै घटना बाहिरिएको हो । अभिभावकले किटानी जाहेरी दिएपछि प्रहरीले नेपाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ । बालिकाका परिवार चार वर्षदेखि नेपालको घरमा भाडामा बस्दै आएका छन् । बालिकाका बुवा टिपर चालक हुन् ।…

पुरा पढ्नुहोस

कोरोनाले पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ । मन्त्रालयका मंगलबार ६ जनाको कोरोनाले मृत्यु भएको थियो । जसमा काठमाडौंकी ८० वर्षीया एक महिला को मृत्यु भएको थियो भने सुनसरीका ७० वर्षका एक पुरुष, पर्साका ५४ र ६० वर्षका दुई जना पुरुष, काठमाडौंका ८५ वर्षका एक पुरुष र कपिलवस्तुका ६२ वर्षका एक पुरुषको कोरोनाले मृत्यु भएको थियो । यसअघि सोमबार ४ जना महिला र ७ जना पुरुष…

पुरा पढ्नुहोस

१६५ किलो गाँजासहितको कार छाडेर भागेका व्यक्ति पक्राउ

बारा – प्रहरीले बारामा दुई सता अघि १६५ किलो प्रतिबन्धित लागुऔषध गाँजा कारमा छोडेर फरारमा रहेका चालकलाई पक्राउ गरेको छ । गाँजा छाडेर फरार रहेसँगगै खोजीमा जुटेको पईलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले मंगलबार कोल्हवी ५ सोनाभार टोलमा बस्ने २२ वर्षीय शनी भनिने गौरीशंकर चौधरीलाई पक्राउ गरेको हो । बाराका प्रहरी नायब उपरीक्षक गौत्तम मिश्रका अनुसार गत भदौ १५ गते कोल्हवी नगरपालिका ९ श्रीपुरमा बिहान साढे ४ बजे प्रहरीको चेकिङ देखेर उनी गाँजा सहितको कार नै छोडेर भागेका थिए ।

पुरा पढ्नुहोस