१५ हजार नेपालीसहित ४ लाख आप्रबासी अमेरिकाबाट निकालिदै

काठमाठौं । अमेरिकाले १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको संघीय अपिल अदालतले आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने निर्णय गरेसँगै अब ट्रम्प सरकारले टेम्पोररी प्रोटेक्सन स्टाटस टीपीएस अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गर्ने बाटो खुलेको हो । संघीय अपिल अदालतले आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने निर्णय सरकारको क्षेत्राधिकारभित्र रहेर गरेको ठहर गरेको छ । यसरी देश निकाला हुनेमा नेपालसहित, एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान र होन्डुराससहितका १० देशका आप्रवासीको संख्या बढी रहेको बताइएको छ । टीपीएस अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीको संख्या करिब…

पुरा पढ्नुहोस

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन्। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जानेछ ।

पुरा पढ्नुहोस

देउवाको सचिवालयका एक जनामा कोरोना पुष्टि

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि देउवाले सबै औपचारिक भेटघाट स्थगित गरेका छन् । संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हुने छलफलका लागि देउवा बालुवाटार जाने भनिए पनि अहिले स्थगित गरिएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भए बोमजिम आज देउवासहितको छलफल…

पुरा पढ्नुहोस

६ जना आलुप्याज व्यवसायीसहित आठलाई १४ लाख ७० हजार जरिवाना

काठमाडौं- सरकारले कालोबजारी गर्ने आलुप्याज व्यवसायीलाई कारबाही गरेको छ। बिहीबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमन गर्दै ८ जना व्यावसायीलाई १४ लाख ७० हजार रुपैयाँ जरिवाना गरेको जनाएको हो। बिहीबार अनुगमनका क्रममा कालोबजारी गर्ने आलुप्याज व्यवसायीसहित खाद्यस्टोर र पानी उद्योगलाई कारबाही गरेको विभागले जनाएको छ । विभागकाअनुसार ६ जना आलुप्याज व्यवसायी कारवाहीमा परेका छन्। उनीहरुलाई ९ लाख ६५ हजार रुपैया जरिवाना गरिएको छ। त्यस्तै, खाद्यस्टोर २ लाख ५५ हजार र पानी उद्योगलाई २ लाख ५० हजार रुपैया जरिवाना गरिएको छ।

पुरा पढ्नुहोस

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १ हजार २४६ कोरोना संक्रमित

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ थियो । पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा…

पुरा पढ्नुहोस

क्रिकेटर ललितको हात र खुट्टाको शल्यक्रिया हुँदै

१ असोज, काठमाडौं । गत आइतबार मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेटर ललित सिंह भण्डारीको बिहीबार शल्यक्रिया गरिने भएको छ । ललितको हाल काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले ललितको शल्यक्रिया आज हुने जानकारी दिएका छन् । सोमबार काठमाडौं ल्याइ ग्राण्डीको आईसीयुमा उपचार सुरु गरिएका ललितको स्वास्थ्यमा क्रमिक सुधार भएकोले आज शल्यक्रिया गर्न लागिएको हो । दुर्घटनामा उनको दायाँ हा र दायाँ खुट्टा भाँचिएको छ । यस्तै कलेजोमा पनि चोट लागेको छ । आइतबार कञ्चनपुरको झलारीमा ट्रकले ठक्कर दिँदा ललित…

पुरा पढ्नुहोस

ग्लोबल आवाज अनलाइनको कार्यालयमा आक्रमण

बुटवल । ग्लोबल आवाजको कार्यालयमा अज्ञात व्यक्तिद्वारा आक्रमण भएको छ । ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाज डटकमको बुटवल-११ अवस्थित कार्यालयमा विहीबार (गएराती) ढुङ्गा प्रहार भएको हो । अनलाइनको समाचार शाखामा ढुङ्गा प्रहार भएको हो । घटना बारे प्रहरीले अनुसन्धान थालेको छ । घटनापछि स्थलगत निरीक्षण गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले घटनाप्रति खेद व्यक्त गरेका छन् । कुनै पनि सञ्चार गृहमाथि भौतिक रुपमा आक्रमण हुनु निन्दनिय भएको उनले बताए । यसैगरी सञ्चार गृहका सञ्चालक तथा प्रवन्धक गौतम भुसालले घटनाप्रति दुःख व्यक्त गर्दै दोषी उपर कारबाहीको माग गरेका…

पुरा पढ्नुहोस

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३ करोड नाघ्यो, मृतक संख्या साढे ९ लाख !

काठमाडौँ, १ असोज । विश्वभर कोरोना भाइरस (कोभिड– १९) द्वारा संक्रमति पुष्टि हुनेको संख्या ३ करोड नाघेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर कुल ३ करोड २५ हजार ४७३ मानिस संक्रमित भएको वर्ल्डोिमिटर्सको तथ्यांकले देखाएको छ । हालसम्म कोरोना संक्रमणका कारण विश्वरभर ज्यान गुमाउनेको संख्या पनि साढे ९ लाखा पुगेको छ । बिहीबार बिहानसम्म विश्वमा ९ लाख ४४ हजार ७०७ जनाको मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी मृत्यु चाहिँ अमेरिकामा देखिएको छ, त्यसपछि भारतमा । अमेरिकामा बुधबार एक दिनमा कोरोनाका कारण १ हजार १५१…

पुरा पढ्नुहोस

बजार अनुगमन हुन थालेपछि प्याजको मूल्य घट्याे

काठमाडाैं, १ असाेज । बजार अनुगमन हुन थालेपछि प्याजको मूल्य घटेको छ । बुधबार प्रतिकेजी औसतमा ४४ रूपैयाँले बढेको प्याजको मूल्य बिहीबार औसतमा ९ रूपैयाँले घटेको हो । बुधबार कालिमाटी थोक बजारमा प्रतिकेजी औसतमा ११९ रूपैयाँमा कारोबार भएको प्याज बिहीबार ११० रूपैयाँमा झरेको छ । मंगलबारकाे तुलनामा बुधबार प्याजकाे थाेक मूल्य प्रतिकेजी ५८.६७ प्रतिशतले बढेको थियाे । मंगलबार प्याजको मूल्य प्रतिकेजी थोकमा १५ रुपैयाँले बढेर ७५ रुपैयाँमा बिक्रीवितरण भएको थियो । प्याजको मूल्य आकाशिएपछि बुधबार काठमाडौं महानगरपालिकाले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बल्खु तरकारी बजारभित्रका २ पसल चुली…

पुरा पढ्नुहोस

ओलीद्वारा मोदीको जन्मदिनमा ‘सुस्वास्थ्य र खुशीको शुभकामना

काठमाडौं, १ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदीलाई जन्मदिनको अवसरमा शुभकामना दिनुभएको छ । आज परेको भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र खुसीको कामना गर्दै ट्विट गर्नुभएको हो । प्रधानमन्त्री ओलीले ट्विटमा मोदीलाई मेन्सन गर्दै लेख्नुभएकाे छ- ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, तपाइँकाे जन्मदिनको सुखद् अवसरमा यहाँलाई न्यानो अभिवादन ! म तपाइँको सु-स्वास्थ्य र खुसीका लागि शुभकामना व्यक्त गर्दछु ।’ उहाँकाे ट्विट अंग्रजी भाषामा लेखिएकाे छ । उहाँले भारतीय समकक्षी मोदीसँग मिलेर काम गर्ने समेत उल्लेख गर्नुभएकाे छ । यसअघि भारतसँगकाे सीमा विवाद र…

पुरा पढ्नुहोस