बारामा १२ लाख १६ हजार नक्कली नोटसहित २ जना पक्राउ

७ असोज, वीरगञ्ज । बाराबाट प्रहरीले १२ लाख १६ हजार रुपैयाँ नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बारागढी गाउँपालिका–५ सिघासनी बस्ने २३ वर्षिय बलिराम चौधरी भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने २७ वर्षका सन्दीप कुमार पक्राउ परेका हुन् । सिम्रौनगढ नगरपालिका वडा नं.९ बसवरिया नहरमा चोरीका मोबाइल खरिद बिक्री भएको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा आएका उनीहरुको शरीर खानतलासी गर्दा सन्दीपले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा…

पुरा पढ्नुहोस

खोलाले विद्युतको गाडी बगाउँदा १ जनाको मृत्य, २ जना बेपत्ता

बुटवल- कपिलवस्तुको कपिलधाम, भलवाडमा कोइली खोलामा रहेको कजवे पुलमा बाढीले विद्युत प्राधिकरण कपिलवस्तुको गाडी बगाउँदा एक जनाको मत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । वाणगङ्गा नगरपालिका वडा-७, कपिलधाम जाँदै गरेको वा१ञ १०८९ नम्बरको को गाडी गाडी कोइली खोलाको कजवे पार गर्ने क्रममा बगेको हो । उक्त घटनामा गाडीका चालक गुल्मीको रेसुङ्गा नगरपालिका-५ का ३५ वर्षीय माधव पाण्डेको ज्यान गएको छ । बाढीले गाडीसँगै बगाएका कार्यालयका शाखा प्रमुख ५३ वर्षीय कृष्ण प्रसाद पौडेल र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-१३ का ६२ वर्षीय जितबहादुर भाट क्षेत्री बेपत्ता छन् । गाडीमा सवार…

पुरा पढ्नुहोस

नेपाल र इजरायलबीच ‘जिटुजी’ श्रम सम्झौता हुने

नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलका लागि नेपाली राजदूत अन्जन शाक्यलाई नेपाल सरकारको तर्फबाट इजरायल सरकारसँग श्रम सम्झौता गर्न अनुमति दिने निर्णय गरेको छ । जि टु जी सम्झौता मार्फत इजरायलमा केयर गिभरका काममा लागि महिला कामदारलाई पठाइने सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । सरकार मार्फत गएका नेपाली कामदारलाई त्यहाँका कामदारले झै समान तलब सुविदा हुने उनले बताए ।

पुरा पढ्नुहोस

सरकारले सार्वजनिक यातायातमा वृद्धि गरेको ५० प्रतिशत भाडादर खारेज गर्न १३ विद्यार्थी संगठनको माग

सरकारले सार्वजनिक यातायातमा वृद्धि गरेको ५० प्रतिशत भाडादर खारेज गर्न १३ विद्यार्थी संगठनले माग गरेका छन्। लामो तथा छोटो दूरीका सवारी साधनमा आधा मात्रै यात्रु राखेर ५० प्रतिशत भाडा वृद्धि गरिएकोमा बढाइएको भाडादर खारेज गर्न उनीहरूले माग गरेका हुन्। संयूक्त विद्यार्थी संगठनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई सात दिने अल्टिमेटमसहित मागपत्र बुझाएको नेविसंघ महामन्त्री दिपक भट्टराईले जानकारी दिए । हवाइजहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिएको तर सार्वजनिक बसहरूमा आधा मात्रै यात्रु चढाउने निर्णय अपरिपक्व र अव्यवहारिक भएको विद्यार्थी संगठनको ठहर छ । विद्यार्थीले ५० प्रतिशत बढेको भाडा तिर्न नसक्ने…

पुरा पढ्नुहोस

कोरोना संक्रमण झनै बढेपछि फेरि १ महिना लकडाउन गर्ने ओली सरकारको तयारी

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको हो । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्। ‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’…

पुरा पढ्नुहोस

कुलमानको पछि लाग्नेहरू पाखे हुन् : प्रम सल्लाहकार सूर्य थापा

असोज ०७/काठमाडौं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले कुलमानको वा.. वा.. भन्नेहरु पाखे भएको बताएका छन। पत्रकार ऋषि धमलाको चर्चित ‘कार्यक्रम जनता जान्न चाहान्छन’मा उनले दिएको अन्तरवार्तामा थापाले भनेका छन्, कुलमानले लोडसेडिङ हटायो भन्दै उनको पक्षमा सडकमा नाराजुलुस गर्नेहरु पाखे हुन भन्दै सारा जनतालाई पाखेको उपनाम दिएका छन्। पत्रकार धमलाले सोधेको प्रश्नको जवाफ दिदै उनले आफू, प्रधानमन्त्री ओली र कुलमानमा केही फरक नभएको र कुलमान पनि आफू जस्तै सामान्य मान्छेभएकोले उनको पछि कुद्नेहरु पाखे भएको बताएका हुन्।

पुरा पढ्नुहोस

बुहारीलाई बलात्कार गर्ने ससुरा पक्राउ

भोजपुर, असोज ७ : भोजपुरमा आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन्। बुहारीलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ का ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो। राईले २० वर्षीया बुहारीलाई पटक–पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका राईले गत साउन १६ गते र भदौ ३१ गते जबर्जस्ती करणी गरेको पीडित महिलाको उजुरीमा उल्लेख छ। प्रहरीले म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ।

पुरा पढ्नुहोस

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि

काठमाडौं, ७ असोज । मुलुकमा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।

पुरा पढ्नुहोस

३७ केजी चरेससहित कृष्णनगरमा दुई महिलालाई नियन्त्रणमा लियो

कपिलवस्तु, ७ असोज । बुधबार दिउसो कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्कबाट शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा सो परिमाणको चरेस सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले शंका लागी निगरानी गर्दै गर्दा कृष्णनगरको भारतको सिमा क्षेत्रमा पुग्न थालेका मकवानपुर जिल्ला मनोहरी गाँउपालिका ९ कि ४० बर्षिय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ बर्षिय बसन्ती घर्तिलाई प्रहरीले चरेस सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले…

पुरा पढ्नुहोस

३७ केजी चरेससहित कृष्णनगरमा दुई महिलालाई नियन्त्रणमा लियो

कपिलवस्तु, ७ असोज । बुधबार दिउसो कृष्णनगर नगरपालिकाको वडा २ स्थित कृष्णनगर बस पार्कबाट शंकास्पद रुपमा भारत तर्फ जादै गरेका अवस्थामा सो परिमाणको चरेस सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको टोलीले शंका लागी निगरानी गर्दै गर्दा कृष्णनगरको भारतको सिमा क्षेत्रमा पुग्न थालेका मकवानपुर जिल्ला मनोहरी गाँउपालिका ९ कि ४० बर्षिय शान्ति तामाङ्ग र साबिक रोल्पा उवा गाबिस ५ घर भई हाल कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ बनियाभार बस्ने ३५ बर्षिय बसन्ती घर्तिलाई प्रहरीले चरेस सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका महिलाले भारत तर्फ लैजादै गरेको हातले…

पुरा पढ्नुहोस