केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो २ हजार रन पुर्‍याउने खेलाडी

इण्डियन प्रिमियर लिग अन्तर्गत किंग्स ११ पञ्जाव र रोयल च्यालेन्जर बेङ्ग्लोरबीच प्रतिस्पर्धा जारी छ। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबका लागि कप्तान केएल राहुलले ब्याटिङमा कीर्तिमान कायम गरेका छन्। उनले सचिन तेन्दुलकरको आईपीएलमा सबैभन्दा छिटो अर्धशतक बनाएको रेकर्ड तोडेका हुन्। तेन्दुल्करले यो रेकर्ड ६३ इन्निङसमा पुरा गरेका थिए भने राहुलले यो ६०औं इन्निङमा पुरा गरे। छिटो २ हजार रन बनाउने खेलाडीको सूचिको तेस्रो स्थानमा गौतम गम्भीर र चौथो स्थानमा सुरेश रैना छन्। उनीहरुले क्रमश ६८ र ६९ इन्निङस्मा २ हजार रन पुरा गरेका थिए। यो सँगै राहुल आईपीएलमा २ हजार रन…

पुरा पढ्नुहोस

श्रीमानले बिदेशमा दु:ख गरेर कमाएको ७ लाख सहित दुइ छोरी लिएर श्रीमती फरार

असोज १ गते दिदी को घर जान्छु भनेर हिंडेकि दुइ छोरी सहित सम्पर्क बिहिन भएकोले देख्नु  हुने सम्पुन मानुभाब हरुले मेरो नम्बर मा सम्पर्क गरिदिनुहोला । बिदेश मा बुढाले कमाएको सात लाख पैसा हिनामिना गरि फर्रार भएको छिन । साबै दाजु भाइ दिदी बहिनी ले जहा देखे पनि  मेरो नम्बर मा सम्पर्क गरि दिनु होला । फोन नम्बर ९८२२९७०६०९, सामाजिक संजाल बाट जस्ताको त्यस्तै  

पुरा पढ्नुहोस

छोराको अनुहार आफ्नो जस्तो नभएपछि श्रीमानले थाले अनुसन्धान, खुल्यो यस्तो अनौठो रहस्य

काठमाडौ । एक दम्पति सन्तानको आवश्यकता महसुस गर्छन् र सन्तान जन्माउने निर्णयमा पुग्छन् । उनीहरु कृतिम गर्भाधानद्धारा सन्तान पाउने योजना बनाउँछन् । महिला गर्भवति हुन्छिन् छोरो पनि जन्मिन्छ तर छोरो जन्मिएपछि भने बवाल हुन्छ । के’स बढ्दै अदालतसम्म जान्छ । ती पुरुषलाई अदालतले न्याय दिन निकै गाह्रो भएको छ । पत्नीले श्रीमानको नभएर प्रेमीको बच्चा जन्माएकी छिन् । खासमा पति र पुरुषको वी’र्य हेरफेर गर्दा त्यस्तो अवस्था आएको हो । एक क्लिनिकले पत्नीसँग मिलेर स्प’र्म हेरफेर गर्दा कडा सजाय भोग्नु परेको छ । क्लिनिकले पनि आफ्नो गल्ती स्विकार गरिसकेको छ…

पुरा पढ्नुहोस

गाडीको ठक्करबाट छोराको जन्मदिन मनाउन हिडेका बुबाको मृत्यु

७ असोज, काठमाडाैँ – छोराको जन्मदिन मनाउन हिडेका बाबुको गाडीको ठक्करबाट मृत्यु भएको छ । असोज ६ गते नयाँ बसपार्कमा बसको ठक्करबाट घाइते भएका शंकर प्रसाद पन्तको टिचिङ अस्पतालमा मृत्यु भएको हो । उनलाई मंगलबार साँझ मयुर यातायातको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका उनलाई विनायक अस्पतालबाट थप उपचारका लागि महाराजगञ्ज स्थित टिचिङ अस्पताल रिफर गरिएको थियो । उनको पसल काठमाडाैँको नयाँ बसपार्कमा छ । उनी कपनमा बस्दै आएका थिए । उनी ६ गते घर जानका लागि सडकमा हिडिरहेका बेला विनायक अस्पताल अगाडि मन्दीर छेउमा बसले ठक्कर…

पुरा पढ्नुहोस

गोठ पुरिँदा बेपत्ता भएका पुरुषको शव फेला

बलेवा – अविरल वर्षापछि गोठ भत्केर काठेखोला गाउँपालिका–२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोठमाथिबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ वर्षीय टेकबहादुर खातीलाई बेपत्ता बनाएको थियो । आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर खोजी गर्दा उहाँको शव फेला परेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताए । ढुङ्गामाटोको गोठ अचानक बुधबार साँझ भत्केको हो । गोठ भत्केको थाहा पाएपछि अक्षेतेस्थित प्रहरी चौकीका सहायक निरीक्षक विनय रेग्मीको नेतृत्व टोली बुधबार साँझनै घटनास्थल पुगेको थियो । आज जिल्लाको उद्धार टोली पुगेपछि…

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशिक अस्पतालका मेसुलाई पनि कोरोना संक्रमण

बुटवल । कोरोना संक्रमणको बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुलाई एकपछि अर्को कोरोना संक्रमण हुने क्रम जारी छ । सोही क्रममा आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनाललाई कोरोना पोजेटिभ पुष्टि भएको छ । आजै गुल्मी जिल्ला अस्पतालका सुपरिटेण्डन डा.उत्तम पाच्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीवार आफुलाई कारोना संक्रमणको रिपोर्ट पोजिटिभ आएको र आफु होम आईसोलेशनमा रहेको डा.पाच्याले बताएका थिए । आज दिउँसो लुम्बिनी प्रदेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले सामाजिक सञ्जाल फेसबुकमा आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिँदै आफुसँग सम्पर्कमा रहेकाहरुलाई शुरक्षित स्थानमा बस्न र…

पुरा पढ्नुहोस

समयमै सम्पत्ति विवरण नबुझाउने १४ हजार बढी कर्मचारीलाई जरिवाना गराउने निर्णय

असोज ०८/काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षको सम्पत्ति विवरण नबुझाएका १४ हजारभन्दा बढी कर्मचारीले जरीवाना भर्नुपर्ने निर्णय गरेको छ। विभिन्न पदमा कार्यरत कर्मचारी, सैनिक, प्रहरी र स्थायी शिक्षकलाई ५ हजार रुपैयाँका दरले जरिवाना गराउने निर्णय आयागले गरेको हो । राष्ट्रिय सतर्कता केन्द्रबाट प्राप्त आर्थिक वर्ष २०७५/०७६ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदनले दिएको सिफारिसअनुसार अख्तियारले समयमै सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जरिवाना गराउने निर्णय गरेको हो । आयोगका अनुसार निजामती कर्मचारी तर्फका २ हजार ५०४ जना, नेपाल प्रहरीतर्फ १११ जना, शिक्षक तर्फ ७६१३ जना तथा यी बाहेक अन्य पदाधिकारी कर्मचारीहरु…

पुरा पढ्नुहोस

२४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४५३ पुग्यो

काठमाडौँ- वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । आज ४५७ संक्रमित निको भएका छन् भने १ हजार ४९७ जनामा संक्रमण देखिएको छ । यसअघि बुधाबार ७ जनाको मृत्यु भएको थियो । १ हजार १७२ नयाँ संक्रमित थपिएका थिए । १ हजार ८९३ जनाले कोरोना जितेका थिए । बुधबारसम्म नेपालमा संक्रमित संख्या ६७ हजार ८०४ पुगेको थियो भने मृतकको संख्या ४३६ पुगेको थियो ।

पुरा पढ्नुहोस

तिनाउमा आएको बाढीले घर बगायो, उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह

बुटवल, ८ असोज । अविरल वर्षाका कारण तिनाउ नदीको बहाव बढेसँगै आएको बाढीले बुटवल–१७ रानीगञ्जमा एक घर बगाएको छ । बाढीले विहीबार दिउसो सवा २ बजेको समयमा प्रेम कुमारी खाँम्चाकी टिनले छाएको १ तले ब्लकको घर बगाएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी खडक बहादुर खत्रीका अनुसार बाढीले घर बगाएपनि मानवीय क्षति भने भएको छैन । त्यस्तै, उक्त क्षेत्रमा रहेको सुकुम्बासी बस्ती पनि बाढीको उच्च जोखिममा रहेको छ । पाल्पाको तिनाउ गाउपालिका, रुपन्देहीको बुटवल उपमहानगर, कन्चन गाउँपालिका, सियारी गाउँपालिका, सुद्धोधन गाउँपालिका, सिद्धार्थनगर नगरपालिकालगायतका स्थानीय तहहरुलाई छुने तिनाउ किनारमा…

पुरा पढ्नुहोस

एक हजार दुई सय १६ थान नक्कली नोट सहित दूई जना पक्राउ

बारा, ८ असोज—सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट १ हजार दरको नक्कली नोट १ हजार २ सय १६ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका(५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिप कुमार रहेका छन् । उक्त स्थानमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले बा।६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको गर्ने क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री…

पुरा पढ्नुहोस